1मग वल्हांडण सणापूर्वी येशूने आपण या जगातून निघून पित्याकडे जावे असा समय आला आहे, हे जाणून आपले स्वत:चे लोक जे जगात होते त्यांच्यावर शेवटपर्यंत प्रीति केली.
1यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2मग संध्याकाळचे भोजन होण्याच्या वेळेस सैतानाने शिमोनाचा मुलगा यहूदा इस्कर्योत याच्या मनात त्याला शत्रूंच्या हाती घावे असे आधीच घालून दिले असताना,
2येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो।
3आपल्या हाती पित्याने सर्व काही दिले आहे आणि आपण देवापासून आलो आणि आता देवाकडे जातो हे ओळखून,
3पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै र्फकिरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।
4येशू जेवणावरून उठला, त्याने आपली बाह्यवस्त्रे काढून ठेवली व रुमाल घेऊन आपल्या कमरेस बांधला.
4जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।
5मग तो गंगाळात पाणी ओतून शिष्यांचे पाय धुऊ लागला. आणि कमरेस बांधलेल्या रुमालाने पुसू लागला.
5तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6मग तो शिमोन पेत्राकडे आला; पण पेत्र त्याला म्हणाला, ‘प्रभु, तू माझे पाय धुणार काय?”
6येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7येशूने उत्तर दिले, “मी आता जे करीत आहे, ते तुला आता कळणार नाही, तर पुढे तुला कळेल.” 8पेत्र त्याला म्हणाला, “तू माझे पाय कधीही धुवायचे नाहीत.” येशूने उत्तर दिले, “जर मी तुझे पाय धुतले नाहीत तर तुला माझ्या बरोबर वाटा नाही.”
7येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझने छौं।”
8शिमोन पेत्राने उत्तर दिले,
8पत्रुसले भने, “अहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9“मग प्रभु माझे पायच नव्हे तर हात व डोकेही धुवा.”
9शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु हवस्।”
10येशूने उत्तर दिले, “ज्याची आंघोळ झाली आहे, त्याचे फक्त पाय धुतले तरी चालेल, कारण तो स्वच्छच आहे. तुम्ही स्वच्छ आहात पण सर्वच नाहीत.”
10येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”
11आपल्याला कोण धरून देणार हे येशूला माहीत होते, म्हणून “तुम्ही सर्वच शुद्ध नाहीत” असे तो म्हणाला.
11यशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12जेव्हा त्याने त्याचे पाय धुण्याचे संपविले तेव्हा त्याने आपली बाह्यावस्त्रे घातली व आपल्या जागेवर आला. त्याने त्यांना विचारले, “मी काय केले हे तुम्हांला समजले काय?’
12येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें?”
13तुम्ही मला ‘गुरुजी’ आणि ‘प्रभु’ म्हणता आणि योग्य म्हणता, कारण मी तोच आहे.
13तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ।
14म्हणून मी जो प्रभु आणि गुरु असूनही मी तुमचे पाय धुतले तर तुम्हीही एकमेकांचे पाय धुवावे.
14तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।
15कारण जसे मी केले तसे तुम्हीही करावे म्हणून मी तुम्हांला उदाहरण घालून दिले.
15मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें । र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें।
16मी खरे सांगतो, दास आपल्या मालकापेक्षा श्रेष्ठ नाही आणि पाठविलेला ज्याने पाठविले त्याच्यापेक्षा श्रेष्ठ नाही.
16म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन।
17या गोष्टी जर तुम्ही समजता आणि त्या तुम्ही जर केल्या तर तुम्ही आशीर्वादित आहात.
17यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
18“मी तुम्हां सर्वाविषयी बोलत नाही. ज्यांना मी निवडले ते मला माहीत आहेत.” परंतु पवित्र शास्त्रात जसे लिहिले आहे तसे घडलेच पाहिजे: ‘जो माझी भाकर खातो त्याने माझ्यावर आपली टाच उचलली आहे.’
18“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।
19हे होण्याअगोदरच मी तुम्हांस सांगतो, यासाठी की जेव्हा हे होईल तेव्हा तुम्ही विश्वास धरावा, की मी तो आहे.
19अब योस हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घटनेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।
20मी तुम्हांस खरे सांगतो ज्या कोणाला मी पाठवितो त्याला जो स्वीकारतो तो ज्याने मला पाठविले त्याला स्वीकारतो.”
20यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
21असे बोलल्यावर येशू आपल्या आत्म्यात व्याकुळ झाला आणि उघडपणे म्हणाला, “मी तुम्हांला खरे सांगतो, तुमच्यातील एकजण मला धरून देईल.”
21जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँचो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”
22तेव्हा तो कोणाविषयी बोलतो असा संशय धरून शिष्य एकमेकांकडे पाहू लागले.
22येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो।
23आणि ज्याच्यावर येशू प्रीति करीत असे असा त्याच्या शिष्यातील एकजण येशूच्याजवळ खेटून बसला होता.
23उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो।
24शिमोन पेत्राने त्या शिष्याला खुणावले आणि म्हणाला, “ज्याच्याविषयी तो बोलतो तो कोण आहे हे विचार.”
24शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
25तेव्हा तो तसाच येशूच्या अगदी जवळ असता त्याल म्हणाला, “प्रभु तो कोण आहे?”
25त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”
26येशूने उत्तर दिले, “ज्याला मी भाकरीचा तुकडा ताटात भिजवून देईन तोच तो आहे.” मग त्याने भाकरीचा तुकडा ताटात बुडवून घेतला व तो शिमोनाचा मुलगा यहूदा इस्कर्योत याला दिला.
26येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
27त्याने भाकरीचा तुकडा घेतला आणि सैतानाने त्याचा ताबा घेतला. मग येशूने त्याला म्हटले, “तुला जे करायचे आहे ते लवकर कर.”
27जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!”
28पण त्याने त्याला काय सांगितले हे जेवणास बसलेल्यांपैकी कोणाला कळले नाही.
28भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्।
29कारण यहूदाजवळ पैशाचा व्यवहार होता. काहींना वाटले येशू त्याला भोजनास जे पाहिजे ते आणण्यासाठी सांगत आहे किंवा गरिबाला काही देण्याविषयी सांगत आहे.
29यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
30यहूदाने भाकर घेतल्याबरोबर तो बाहेर गेला कारण ती वेळ रात्रीची होती.
30यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।
31तो गेल्यावर येशू म्हणाला, “आता मनुष्याच्या पुत्राचे गौरव झाले आहे आणि त्याच्याठायी देवाचे गौरव झाले आहे.
31यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।
32देव आपल्याठायी त्याचे गौरव करील. तो त्याचे गौरव लवकर करील.
32यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33“माझ्या मुलांनो, अजून थोडा वेळ मी तुमच्याबरोबर आहे. तुम्ही माझा शोध कराल आणि जसे मी यहूद्यांस सांगितले की, जेथे मी जातो तेथे तुमच्याने येता येणार नाही, तसेच मी तुम्हांलाही आता सांगतो.
33येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसंग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34‘मी तुम्हांला नवी आज्ञा देतो की, तुम्ही एकमेकांवर प्रीति करा. जशी मी तुम्हांवर प्रीति केली आहे तशीच तुम्हीही एकमेकांवर प्रीति करा.
34“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।
35तुमची एकमेकांवर प्रिति असली तर सर्व ओळखतील की तुम्ही माझे शिष्य आहात.”
35यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
36शिमोन पेत्र त्याला म्हणाला, “प्रभु, तुम्ही कोठे जात आहात?” येशूने उत्तर दिले, “जेथे मी जातो तेथे तुझ्याने येता येणार नाही. पण नंतर तू माझ्यामागे येशील.”
36शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?” येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37पेत्र त्याला म्हणाला, “माझ्याने आताच तुमच्या मागे का येता येणार नाही?’ मी तुमच्यासाठी मरायला तयार आहे.”
37पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38मग येशूने उत्तर दिले, “तू खरोखर आपला जीव मजसाठी देशील? मी खरे सांगतो. तू मला तीन वेळा नाकारीपर्यंत कोंबडा आरवणार नाही.”
38येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँचो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”