Marathi

Nepali

Jude

1

1येशू ख्रिस्ताचा सेवक आणि याकोबाचा भाऊ असलेल्या यहूदाकडून, देवाने ज्या तुम्हांला पाचारण केले आहे त्यांस, देवपिता तुमच्यावर प्रीती करतो व येशू ख्रिस्ताद्वारे तुम्ही सुरक्षित ठेवले जात आहात.
1येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट। ती सबै मानिसहरु प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्. पिता परमेश्वरले तिमीहरुलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरु येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।
2देवाची करुणा, शांति आणि प्रीती तुम्हांला अधिकाधिक लाभो.
2सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरुमा रहोस्। खराब काम गर्ने मानिसहरुलाई परमेश्वरले दण्ड दिनु हुनेछ
3प्रिय मित्रांनो, जरी मली तुम्हांला आपल्या समाईक तारणाविषयी लिहिण्याची आतुरतेने तयारी करीत होतो तरी एका गोष्टीविषयी मला लिहावेसे वाटते. ते म्हणजे देवाने आपल्या संतांना, एकदा दिलेला विश्वास टिकविण्यासाठी लढत राहा.
3प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।
4याचे कारण ज्यांच्याविषयी पवित्र शास्त्रात फार पूर्वीच लिहिले आहे की अशी माणसे तुमच्यात चोरुन शिरली आहेत, ते अधार्मिक लोक आहेत. अनीतीने वागण्यासाठी देवाची दया हे निमित आहे असे ते मानतात. आणि आमचा प्रभु व एकमेव धनी अशा प्रभु येशू ख्रिस्ताला ते मानत नाहीत. जी शिक्षेसाठी यापूर्वीच नेमलेली होती, अशी ही माणसे आहेत.
4कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।
5जरी तुम्हांला या गोष्टी माहीत असल्या तरी मला तुम्हांला आठवण करुन द्यावीशी वाटते की, ज्या प्रभूने आपल्या लोकांना एकदा इजिप्त देशातून सोडवून आणल्यानंतर ज्यांनी त्याच्यावर विश्वास ठेवण्याचे नाकारले; अशांचा त्याने नंतर नाश केला
5तिमीहरुले जानिसकेको कुराहरु तिमीहरुलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरुलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरुको संहार गर्नु भयो जसले विश्वास गरेनन्।
6तसेच ज्या देवदूतांनी आपली सार्वभौम सत्ता टिकवली नाही, परंतु आपली रहाण्याची जागा सोडून दिली, त्यांची देखील तुम्हाला आठवण करुन द्यायला पाहिजे. देवाने त्यांना सर्वकालच्या बंधनांनी जखडून काळोखात ठेवले यासाठी की शेवटच्या महान दिवशी त्यांचा न्याय करता यावा.
6अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।
7त्याचप्रमाणे, या देवदूतांसारखीच सदोम व गमोरा आणि त्या शहराच्या आसपासच्या नगरांनी लैंगिक अनीतीचे आचरण केले आणि अस्वभाविक लैंगिक संबधाच्या मागे ती लागली. अनंतकाळच्या अग्निच्या शिक्षेसाठी ती राखून ठेवली आहेत. एक उदाहरण म्हणून ती आपल्यासमोर ठेवली आहेत.
7सदोम अनि गमोरा शहरहरु अनि वरिपरिका अन्य शहरहरुलाई स्मरण गर। तिनीहरु पनि ती स्वर्गदूतहरु जस्तै हुन्। ती शहरहरु व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरुले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरुको दण्ड हाम्रो निम्ति उदाहरण हो।
8अगदी तशाच प्रकारे, हे लोक जे तुमच्या गटात आले ते स्वप्नांनी बहकले व त्यांनी आपली शरीरे विटाळली आहेत. ते प्रभूचा अधिकार बाजूला ठेवतात व ते गौरवी थोरामोठ्यांविरुद्ध (देवदूतांविरुद्ध) निंदानालस्तीची भाषा वापरतात.
8ती तिमीहरुका दलमा पस्ने मानिसहरु पनि त्यही अनुसरण गर्छन्। तिनीहरुलाई तिनीहरुको सपनाले डोर्याएको छ अनि तिनीहरुले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरु आफैलाई अनैतिक बनाउँछन्। तिनीहरु परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरुको निन्दा गर्छन्।
9[This verse may not be a part of this translation]
9[This verse may not be a part of this translation]
10पण हे लोक, ज्या गोष्टी त्यांना समजत नाहीत त्यांची हे निंदा करतात. आणि जनावरासारखे केवळ मूळ स्वभावाला अनुसरुन जे काही त्यांना समजते. अगदी त्याच गोष्टीमुळे ते नाश पावतात.
10तर यी मानिसहरु जुन कुराहरु आफैले बुझेंका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरु प्रयोग गर्छन्। अनि तिनीहरुले जे बुइछन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुइछन्। अनि यी कुराहरुद्वारा तिनीहरु ध्वंश हुन्छन्।
11या लोकांसाठी हे फार वाइट आहे! काईनाने जो मार्ग धरला तोच यांनी धरलेला आहे. आपला फायदा व्हावा म्हणून ते बलामाप्रमाणे गोंधळून मोकाट धावत सुटले आहेत आणि कोरहाच्या बंडाळीत भाग घेणाऱ्या लोकांचा नाश झाला तसाच या लोकांचा देखील नाश होत आहे.
11यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
12हे लोक तुमच्या भातामध्ये दडलेले धोकादायक खडे, असल्यासारखे आहेत. ते खुशाल तुमच्याबरोबर जेवणखाणे करतात, ते फक्त स्वत:च चरत राहाणारे असे मेंढपाळ आहेत, ते पाणी नसलेल्या ढगांसारखे असून ते वाऱ्यामुळे वाहवत जातात. ते लोक म्हणजे हिवाळ्यातील फळहीन व समूळ उपटली गेलेली आणि दोनदा मेलेली झाडे आहेत.
12यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।
13ते लोक आपल्या लज्जास्पद कामामुळे फेसाळणाऱ्या समुद्राच्या लाटांप्रमाणे आहेत, ते जणू काळ्याकुटृ अंधारात दडलेले तारे असे आहेत.
13तिनीहरु समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरुले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरु गर्छन्। यी मानिसहरु ती ताराहरु जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरुको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।
14हनोख, आदामापासूनचा सातवा मनुष्य यानेसुद्धा या लोकांविषयी असेच भाकीत केले आहे: “पाहा हजारो पवित्र देवदूतांसह प्रभु येत आहे.
14आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।
15तो अखिल जगातील लोकांचा न्याय करील आणि सर्व लोकांना त्यांनी केलेल्या अधर्माच्या कामासाठी आणि देवाची चाड न बाळगणाऱ्या पापी लोकांनी त्याच्याविरुद्ध जे कठोर, वाईट शब्द आपल्या तोंडावाटे काढले त्याकरीता तो त्यांना दोषी ठरवील.”
15प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरुको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरुलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरुले गरेको परमेश्वर विरोधी जम्मै कुराहरुको निम्ति तिनीहरु सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरुलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”
16हे लोक कुरकुर करणारे व दोष दाखविणारे आहेत, ते आपल्या वासनांप्रमाणे चालणारे आणि आपल्या तोंडाने बढाया मारणारे लोक आहेत, ते आपल्या फायद्यासाठी इतरंचा तोंडपूजेपणा करतात.
16यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।
17पण, तुम्ही प्रियजनहो, आपल्या प्रभु येशू ख्रिस्ताच्या प्रेषितांनी पूर्वी सांगितलेले शब्द आठवा.
17प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
18त्यांनी सांगितले, “काळाच्या शेवटी देवाविषयी थट्टेने बोलणारे लोक असतील, ते त्यांच्या स्वत:च्याच अधार्मिक इच्छांच्या मागे जातील.”
18प्रेरितले तिमीहरुलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरु हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरुले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरु गर्नेछन्।”
19असे लोक फूट पाडतात. ते त्यांच्या मूळ स्वभावाप्रमाणे चालतात. त्यांना आत्मा नाही.
19यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।
20पण तुम्ही प्रिय मित्रांनो, आपल्यापवित्र शिकविण्यात आलेल्या विश्वासात परस्परांना आध्यात्मिक रीतीने बळकट करा. पवित्र आत्म्याने युक्त होऊन प्रार्थना करा.
20तर प्रिय मित्रहरु, तिमीहरु स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरुका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।
21आणि तुम्हांला अनंतकाळच्या जीवनात घेऊन जाणाऱ्या आपल्या प्रभु येशू ख्रिस्ताच्या कृपेची वाट पाहत, देवाच्या प्रीतीत स्वत:ला राखा.
21तिमीहरु स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरुलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
22विश्वासात डळमळीत असलेल्या लोकांवर दया करा.
22जो मानिसहरु सन्देह गर्छन् तिनीहरुलाई दया देखाऊ। तिमीहरुले कोही मानिसहरुलाई बचाँउनु आवश्यक छ।
23त्यांना अग्नीतून ओढून काढून वाचवा. पण दया दाखविण्याच्या वेळी काळजी घ्या. आणि त्यांच्या दैहिक पापामुळे मळीन झालेल्या कपड्यांचा तिरस्कार करा.
23तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।
24आता, तुम्ही पडू नये म्हणून तुम्हाला राखावयास जो समर्थ आहे आणि तुम्हाला आपल्या गौरवी समक्षतेत शुद्ध असे सादर करायला जो मोठ्या आनंदाने तयार आहे, त्याला आणि आपले तारण करणारा जो
24परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरुलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ।
25एकच देव आहे, त्याला आपला प्रभु येशू ख्रिस्त याच्याद्वारे गौरव, मान, पराक्रम आणि अधिकार काल, आज आणि अनंतकाळ असो. आमेन.
25उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन। आमिन।