1हे पुस्तक म्हणजे एल्कोश येथील नहूमला झालेला दृष्टांन्त आहे. निनवे या शहराबद्दलचा हा शैंकसंदेश आहे.
1निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।
2परमेश्वर हा ईर्षावान देव आहे परमेश्वर अपराध्यांना शिक्षा करतो आणि तो खूप रागावतो परमेश्वर त्याच्या शत्रूंना शिक्षा करतो. तो त्याच्या शत्रूंवर रागावलेला असतो.
2परमप्रभु ईर्षलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले दोषीहरुलाई दण्ड दिनुहुन्छ। परमप्रभुले उहाँको बिरोधिलाई दण्ड दिनुहुन्छ र एकदमै क्रोधित हुनुहुन्छ। परमप्रभुले उहाँका शत्रुहरुलाई दण्ड दिनुहुन्छ र उनीहरुसंग एकदमै क्रोधित हुनुहुन्छ।
3परमेश्वर जसा सहनशील आहे, तसाच सामर्थ्यवान आहे परमेश्वर अपराधी लोकांना शिक्षा करील. त्यांना मोकळे सोडणार नाही परमेश्वर वाईट माणसांना शिक्षा करण्यासाठी येत आहे झंझावात आणि वादळ यांच्याद्धारे तो आपली शक्ती दाखवील माणूस जमिनीवर धूळीतून चालतो, तर परमेश्वर ढगांवरून चालतो.
3परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।
4परमेश्वर समुद्राला कठोरपणे बोलेल आणि समुद्र आटेल तो सर्व नद्या कोरड्या पाडेल बाशान व कर्मेल येथील समृध्द प्रदेश सुकून नष्ट होईल लबानोनमधील फुले कोमेजतील.
4परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।
5परमेश्वर येईल तेव्हा पर्वतांचा भीतीने थरकाप होईल टेकड्या वितळून जातील परमेश्वर येईल तेव्हा धरणी भयभीत होऊन थरथर कापेल. एवढेच नाही तर, हे जग आणि त्यातील प्रत्येक माणूस भीतीने कापेल.
5परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।
6परमेश्वराच्या भयंकर क्रोधाला कोणीही तोंड देऊ शकणार नाही त्याचा भयानक राग कोणीही सहन करू शकणार नाही त्याचा क्रोध अग्नीप्रमाणे धगधगणारा असेल. तो येताच खडक हादरतील.
6परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।
7परमेश्वर फार चांगला आहे. संकटसमयी तो सुरक्षित आश्रयस्थान आहे त्याच्यावर विश्वास ठेवणाऱ्यांची तो काळजी घेतो
7परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरुको उहाँले हेरचाह गर्नु हुन्छ।
8पण त्याच्या शत्रूंचा तो पूर्णपर्ण नाश करील पुराच्या लोंढ्याप्रमाणे परमेश्वर त्याना धुवून टाकील अंधारातून तो त्याच्या शत्रूंचा पाठलाग करील.
8तर उहाँले आफ्नो शत्रुहरुलाई पुरै ध्वंश पार्नु हुन्छ। उहाँले शत्रुहरुलाई बाढीको पानीले बगाए जस्तै बगाउँनु हुन्छ। अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरुलाई लखेट्नु हुन्छ।
9यहूदा, तू परमेश्वराविरुध्द कट कारचत आहेस? पण परमेश्वर संपूर्ण विनाश करणार आहे. त्यामुळे तू पुन्हा त्रास देणार नाहीस.
9के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरु धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।
10भांड्याखाली जळणाव्या काटेरी झुडपाप्रमाणे तुझा संपूर्ण नाश होईल सुक्या काटक्या जशा चटकन् जळून जातात, तसा तुझा पटकन् नाश होईल.
10भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।
11अश्शूर, तुझ्याकडून एक माणूस आला. त्याने परमेश्वराविरुध्द कट रचला. त्याने वाईट सल्ला दिला.
11हे अश्शुर! एउटा मानिस तिमीहरुबाट आएकोछ। त्यले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ अनि खराब सल्लाह दिएकोछ।
12परमेश्वराने यहूदाला पुढील गोष्टी सांगितल्या अश्शूरचे लोक चांगले बलवान आहेत. त्यांच्यापाशी मोठे सैन्य आहे. पण ते मारले जातील. त्यांचा अंत होईल माझ्या लोकांनो, मी तुम्हाला त्रास दिला पण यापुढे, कधीही मी तुम्हाला त्रास देणार नाही.
12परमप्रभुले यहूदासंग भन्नु हुन्छ, “अश्शूरका मानिसहरु अत्यन्तै शक्तिशाली छन्। तिनीहरुका सैनिकहरु अनगन्ती छन्, तर तिनीहरु काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरु! मैले तिमीहरुलाई धेरै कष्टहरु दिएँ, तर अब म तिमीहरुलाई अरु बेशी कष्ट पैदा गर्नेछैन।
13आता मी तुमची अश्शूरच्या सत्तेपासून मुक्तता करीन मी तुमच्या मानेवरचे जोखड काढून घेईन तुम्हाला बांधणाव्या साखळ्या मी तोडून टाकीन.
13म अब तिमीहरुलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरुको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चकनाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरु बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।
14अश्शूरचा राजा परमेशवर तुझ्याबद्दल पुढील आज्ञा देतो: तुझे नाव लावायला तुझ्या वंशातील कोणीही उरणार नाही. तुझ्या दैवळातील कोरलेल्या मूर्ती व धातूचे पतळे यांचा मी नाश करीन मी तुझे थडगे तयार करत आहे. कारण तुझा विनाश लवकरच ओढवणार आहे.
14हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।
15यहूदा पाहा! पर्वतांवरून कोण येत आहे, ते पाहा! शुभवार्तीघेऊन दूत येत आहे तो म्हणतो की तेथे शांतता आहे यहूदा तुझे खास सण साजरे कर तू ज्या गोष्टी करण्याचे वचन दिले आहेस त्या गोष्टी कर दुष्ट तुझ्यावर पुन्हा हल्ला करुन तुझा पराभव करणार नाहीत त्या सर्व दुष्टांचा नाश झाला आहे.
15हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।