1देवा, मी अगदी मनापासून तुझी स्तुती करतो. मी सर्व देवांसमोर तुझे गाणे गाईन.
1हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
2देवा, मी तुझ्या पवित्र मंदिरासमोर नतमस्तक होतो. मी तुझ्या नावाची, तुझ्या खऱ्या प्रेमाची आणि तुझ्या इमानदारीची स्तुती करतो. तू तुझ्या शब्द सामर्थ्याबद्दल प्रसिध्द आहेस. आता तर तू ते अधिकच वाढवले आहेस.
2हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!
3देवा, मी तुला मदतीसाठी हाक मारली आणि तू मला होकार दिलीस. तू मला शक्ती दिलीस.
3हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो! मलाई तपाईंले बल दिनुभयो।
4परमेश्वरा, पृथ्वीवरचे सर्व राजे तुझे बोलणे ऐकतील तेव्हा ते तुझी स्तुती करतील.
4हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
5ते परमेश्वराच्या पध्दतीचे गुणगान करतील कारण परमेश्वराची महिमा अगाध आहे.
5तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन् किनभने परमप्रभुको महिमा महान् छ।
6देव फार म्हत्वाचा आहे पण तो दुबळड्यालोकांचा कैवारी आहे गर्विष्ठ लोक काय करतात ते देवाला माहीत आहे परंतु तो त्यांच्यापासून दूर राहातो.
6परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, तर पनि उँहाले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
7देवा, मी जर संकटात सापडलो तर मला जिवंत ठेव. जर माझे शत्रू माझ्यावर रागावले तर त्यांच्यापासून माझे रक्षण कर.
7परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्।
8परमेश्वरा, तू कबूल केलेल्या वस्तू मला दे. परमेश्वरा, तुझे खरे प्रेम सदैव असते. परमेश्वरा, तू आमची निर्मिती केलीस, आता आम्हाला सोडू नकोस.
8परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!