Nepali

King James Version

1 Chronicles

12

1यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए।
1Now these are they that came to David to Ziklag, while he yet kept himself close because of Saul the son of Kish: and they were among the mighty men, helpers of the war.
2यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुँङ्ग हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए!
2They were armed with bows, and could use both the right hand and the left in hurling stones and shooting arrows out of a bow, even of Saul's brethren of Benjamin.
3अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मावेतका छोराहरू थिए। बराका र येहू अनातोत शहरका थिए।
3The chief was Ahiezer, then Joash, the sons of Shemaah the Gibeathite; and Jeziel, and Pelet, the sons of Azmaveth; and Berachah, and Jehu the Antothite.
4यिश्मायाह गिबोन शहरका थिए। यिश्मायाह तीन वीरहरू मध्य एक थिए अनि तिनी तीन वीरहरूका प्रधान पनि थिए। यिर्मयाह, यहजीएल, योहानान अनि योजाबाद- गदेरा ती मानिसहरूबाट;
4And Ismaiah the Gibeonite, a mighty man among the thirty, and over the thirty; and Jeremiah, and Jahaziel, and Johanan, and Josabad the Gederathite,
5एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी,
5Eluzai, and Jerimoth, and Bealiah, and Shemariah, and Shephatiah the Haruphite,
6एल्काना, यिशियाह अज्रेल, योएजेर अनि याशोबाम, सबै कोरहका परिवार समूहका;
6Elkanah, and Jesiah, and Azareel, and Joezer, and Jashobeam, the Korhites,
7योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।
7And Joelah, and Zebadiah, the sons of Jeroham of Gedor.
8गाद कुल समूहका एक भाग दाऊदसँग मरूभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।
8And of the Gadites there separated themselves unto David into the hold to the wilderness men of might, and men of war fit for the battle, that could handle shield and buckler, whose faces were like the faces of lions, and were as swift as the roes upon the mountains;
9एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए।
9Ezer the first, Obadiah the second, Eliab the third,
10मिश्मन्ना अधिकारमा चौथा दर्जाका थिए। यिर्मयाह अधिकारमा पाँचौं दर्जाका थिए।
10Mishmannah the fourth, Jeremiah the fifth,
11अत्तै अधिकारमा छैटौं दर्जाका थिए। एलीएल अधिकारमा सातौं दर्जाका थिए।
11Attai the sixth, Eliel the seventh,
12योहानान अधिकारमा आठौं दर्जाका थिए। एल्जाबाद अधिकारमा नवौं दर्जाका थिए।
12Johanan the eighth, Elzabad the ninth,
13यिर्मयाह अधिकारमा दशौं दर्जाका थिए। मकबन्नै अधिकारमा एघारौं दर्जाका थिए।
13Jeremiah the tenth, Machbanai the eleventh.
14ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे।
14These were of the sons of Gad, captains of the host: one of the least was over an hundred, and the greatest over a thousand.
15गाद कुल समूहका मानिसहरू सैनिक थिए जो वर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो वर्षाको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेंसीहरूमा बस्ने सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे।
15These are they that went over Jordan in the first month, when it had overflown all his banks; and they put to flight all them of the valleys, both toward the east, and toward the west.
16बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए।
16And there came of the children of Benjamin and Judah to the hold unto David.
17दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
17And David went out to meet them, and answered and said unto them, If ye be come peaceably unto me to help me, mine heart shall be knit unto you: but if ye be come to betray me to mine enemies, seeing there is no wrong in mine hands, the God of our fathers look thereon, and rebuke it.
18अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो। “दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।” यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।
18Then the spirit came upon Amasai, who was chief of the captains, and he said, Thine are we, David, and on thy side, thou son of Jesse: peace, peace be unto thee, and peace be to thine helpers; for thy God helpeth thee. Then David received them, and made them captains of the band.
19मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।”
19And there fell some of Manasseh to David, when he came with the Philistines against Saul to battle: but they helped them not: for the lords of the Philistines upon advisement sent him away, saying, He will fall to his master Saul to the jeopardy of our heads.
20यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लग शहर गएः अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीहू अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए।
20As he went to Ziklag, there fell to him of Manasseh, Adnah, and Jozabad, and Jediael, and Michael, and Jozabad, and Elihu, and Zilthai, captains of the thousands that were of Manasseh.
21तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।
21And they helped David against the band of the rovers: for they were all mighty men of valor, and were captains in the host.
22धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।
22For at that time day by day there came to David to help him, until it was a great host, like the host of God.
23यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः
23And these are the numbers of the bands that were ready armed to the war, and came to David to Hebron, to turn the kingdom of Saul to him, according to the word of the LORD.
24यहूदाका कुल समूहबाट युद्धका निम्ति 6,800 मानिसहरू तयार थिए। तिनीहरूले ढाल र भालाहरू बोक्थे।
24The children of Judah that bare shield and spear were six thousand and eight hundred, ready armed to the war.
25शिमोनका कुल समूहबाट 7,100 मानिसहरू थिए। तिनीहरू युद्धका निम्ति तयार साहासी सैनिकहरू थिए।
25Of the children of Simeon, mighty men of valor for the war, seven thousand and one hundred.
26लेवीका कुल समूहबाट 4,600 मानिसहरू थिए।
26Of the children of Levi four thousand and six hundred.
27यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित 3,700 मानिसहरू थिए।
27And Jehoiada was the leader of the Aaronites, and with him were three thousand and seven hundred;
28सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनकि थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।
28And Zadok, a young man mighty of valor, and of his father's house twenty and two captains.
29बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धेरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विश्वसनीय रहे।
29And of the children of Benjamin, the kindred of Saul, three thousand: for hitherto the greatest part of them had kept the ward of the house of Saul.
30एप्रैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोत्र अनुसार प्रसिद्ध मानिसहरू थिए।
30And of the children of Ephraim twenty thousand and eight hundred, mighty men of valor, famous throughout the house of their fathers.
31मनश्शे कुल समूहका आधाबाट 18,000 मानिसहरू थिए। तिनीहरूलाई नाउँद्वारा आउनु अनि दाऊदलाई राजा बनाउन बोलाइयो।
31And of the half tribe of Manasseh eighteen thousand, which were expressed by name, to come and make David king.
32इस्साकार कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्दथे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।
32And of the children of Issachar, which were men that had understanding of the times, to know what Israel ought to do; the heads of them were two hundred; and all their brethren were at their commandment.
33जबूलून कुल समूहमा 50,000 शिक्षित सैनिकहरू थिए। तिनीहरू सबै किसिमका हतियारहरू चलाउनमा सिपालू थिए। तिनीहरू दाऊद प्रति खुबै बफादारी थिए।
33Of Zebulun, such as went forth to battle, expert in war, with all instruments of war, fifty thousand, which could keep rank: they were not of double heart.
34नप्तली कुल समूहबाट 1,000 अधिकारीहरू थिए। तिनीहरूसित 37,000 मानिसहरू थिए। ती मानिसहरू ढाल अनि भालाहरू बोक्थे।
34And of Naphtali a thousand captains, and with them with shield and spear thirty and seven thousand.
35दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
35And of the Danites expert in war twenty and eight thousand and six hundred.
36आशेर कुल समूहबाट युद्धका निम्ति 40,000 शिक्षित सैनिकहरू तयार थिए।
36And of Asher, such as went forth to battle, expert in war, forty thousand.
37यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए।
37And on the other side of Jordan, of the Reubenites, and the Gadites, and of the half tribe of Manasseh, with all manner of instruments of war for the battle, an hundred and twenty thousand.
38ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए।
38All these men of war, that could keep rank, came with a perfect heart to Hebron, to make David king over all Israel: and all the rest also of Israel were of one heart to make David king.
39ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए।
39And there they were with David three days, eating and drinking: for their brethren had prepared for them.
40तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्साकार, जबूलून अनि नप्तालीका कुल समूहहरू बस्थे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।
40Moreover they that were nigh them, even unto Issachar and Zebulun and Naphtali, brought bread on asses, and on camels, and on mules, and on oxen, and meat, meal, cakes of figs, and bunches of raisins, and wine, and oil, and oxen, and sheep abundantly: for there was joy in Israel.