Nepali

King James Version

1 Chronicles

24

1हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
1Now these are the divisions of the sons of Aaron. The sons of Aaron; Nadab, and Abihu, Eleazar, and Ithamar.
2तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे।
2But Nadab and Abihu died before their father, and had no children: therefore Eleazar and Ithamar executed the priest's office.
3दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए।
3And David distributed them, both Zadok of the sons of Eleazar, and Ahimelech of the sons of Ithamar, according to their offices in their service.
4एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।
4And there were more chief men found of the sons of Eleazar than of the sons of Ithamar, and thus were they divided. Among the sons of Eleazar there were sixteen chief men of the house of their fathers, and eight among the sons of Ithamar according to the house of their fathers.
5मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।
5Thus were they divided by lot, one sort with another; for the governors of the sanctuary, and governors of the house of God, were of the sons of Eleazar, and of the sons of Ithamar.
6शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो।
6And Shemaiah the son of Nethaneel the scribe, one of the Levites, wrote them before the king, and the princes, and Zadok the priest, and Ahimelech the son of Abiathar, and before the chief of the fathers of the priests and Levites: one principal household being taken for Eleazar, and one taken for Ithamar.
7पहिलो यहोयारीबको दल थियो। दोस्रो दल यदायाहको थियो।
7Now the first lot came forth to Jehoiarib, the second to Jedaiah,
8तेस्रो हारीमको दल थियो। चौथो दल सोरीमको थियो।
8The third to Harim, the fourth to Seorim,
9पाँचौं मल्कियाहको दल थियो। छैटौं दल मियामीनको थियो।
9The fifth to Malchijah, the sixth to Mijamin,
10सातौं हक्कोसको दल थियो। आठौं दल अबियाको थियो।
10The seventh to Hakkoz, the eighth to Abijah,
11नवौं येशूअको दल थियो। दशौं दल शकन्याहको थियो।
11The ninth to Jeshuah, the tenth to Shecaniah,
12एघारौं एल्यासीबको दल थियो। बाह्रौं दल याकीमको थियो।
12The eleventh to Eliashib, the twelfth to Jakim,
13तेह्रौं हुप्पाको दल थियो। चौधौं दल येशेबाबको थियो।
13The thirteenth to Huppah, the fourteenth to Jeshebeab,
14पन्ध्रौं बिल्गाको दल थियो। सोह्रौं दल इम्मेरको थियो।
14The fifteenth to Bilgah, the sixteenth to Immer,
15सत्रौं हेजीरको दल थियो। अठारौं दल हप्पिसेसको थियो।
15The seventeenth to Hezir, the eighteenth to Aphses,
16उन्नाईसौं पतहियाहको दल थियो। बीसौं दल यहेजकेलको थियो।
16The nineteenth to Pethahiah, the twentieth to Jehezekel,
17एक्काईसौं याकीनको दल थियो। बाईसौं दल गमूरालको थियो।
17The one and twentieth to Jachin, the two and twentieth to Gamul,
18तेईसौं दलायाहको दल थियो। चौबीसौं दल माज्याहको थियो।
18The three and twentieth to Delaiah, the four and twentieth to Maaziah.
19यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो
19These were the orderings of them in their service to come into the house of the LORD, according to their manner, under Aaron their father, as the LORD God of Israel had commanded him.
20बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्; अम्रामका सन्तानबाटः शूबाएल शूबाएलका सन्तानबाट येहदयाह।
20And the rest of the sons of Levi were these: Of the sons of Amram; Shubael: of the sons of Shubael; Jehdeiah.
21रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।
21Concerning Rehabiah: of the sons of Rehabiah, the first was Isshiah.
22यिसहार वंशबाटः शलोमोत। शलोमोतका वंशबाटः यहत।
22Of the Izharites; Shelomoth: of the sons of Shelomoth; Jahath.
23हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए। अमर्याह हेब्रोनका माहिला छोरा थिए। यहजीएल तिनका साँहिला छोरा अनि यक्माम कान्छा छोरा थिए।
23And the sons of Hebron; Jeriah the first, Amariah the second, Jahaziel the third, Jekameam the fourth.
24उज्जीएलका छोरा मीका थिए। मीकाका छोरा शमीर थिए।
24Of the sons of Uzziel; Michah: of the sons of Michah; Shamir.
25यिश्याह मीकाका भाइ थिए। यिश्याहका छोरा जकर्याह थिए।
25The brother of Michah was Isshiah: of the sons of Isshiah; Zechariah.
26मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।
26The sons of Merari were Mahli and Mushi: the sons of Jaaziah; Beno.
27मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए।
27The sons of Merari by Jaaziah; Beno, and Shoham, and Zaccur, and Ibri.
28महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्।
28Of Mahli came Eleazar, who had no sons.
29कीशका कीशबाट छोरा यरहमेल थिए।
29Concerning Kish: the son of Kish was Jerahmeel.
30मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए। ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।
30The sons also of Mushi; Mahli, and Eder, and Jerimoth. These were the sons of the Levites after the house of their fathers.
31तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे। संगीतकारहरू
31These likewise cast lots over against their brethren the sons of Aaron in the presence of David the king, and Zadok, and Ahimelech, and the chief of the fathers of the priests and Levites, even the principal fathers over against their younger brethren.