Nepali

King James Version

1 Peter

4

1जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरुले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।
1Forasmuch then as Christ hath suffered for us in the flesh, arm yourselves likewise with the same mind: for he that hath suffered in the flesh hath ceased from sin;
2तिमीहरु स्वयंलाई तयार पार जसद्वारा तिमीहरु परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरुको विचार अनुसार होइन।
2That he no longer should live the rest of his time in the flesh to the lusts of men, but to the will of God.
3बितेको समयमा तिमीहरुले ती कुराहरु गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरुले गर्छन्। तिमीहरु व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
3For the time past of our life may suffice us to have wrought the will of the Gentiles, when we walked in lasciviousness, lusts, excess of wine, revellings, banquetings, and abominable idolatries:
4तिमीहरु त्यस्ता असभ्य वस्तुहरुमा भाग नलिँदा तिनीहरु आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरु निन्दनीय कुरा गर्छन्।
4Wherein they think it strange that ye run not with them to the same excess of riot, speaking evil of you:
5तर ती मानिसहरुले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरुको न्याय गर्न तयार हुनुहुन्छ।
5Who shall give account to him that is ready to judge the quick and the dead.
6ती मानिसहरुलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरुले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरु सबैलाई गरिए जस्तै तिनीहरुलाई न्याय गरिनेछ। तर तीनीहरु प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरु परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
6For for this cause was the gospel preached also to them that are dead, that they might be judged according to men in the flesh, but live according to God in the spirit.
7समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरुलाई प्रार्थना गर्नमा सहायता दिनेछ।
7But the end of all things is at hand: be ye therefore sober, and watch unto prayer.
8सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरु ढाक्छ।
8And above all things have fervent charity among yourselves: for charity shall cover the multitude of sins.
9विना विरोध एक अर्कामा अतिथि सत्कार गर।
9Use hospitality one to another without grudging.
10तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
10As every man hath received the gift, even so minister the same one to another, as good stewards of the manifold grace of God.
11मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।
11If any man speak, let him speak as the oracles of God; if any man minister, let him do it as of the ability which God giveth: that God in all things may be glorified through Jesus Christ, to whom be praise and dominion for ever and ever. Amen.
12मेरा मित्रहरु, तिमीहरुले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरुको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।
12Beloved, think it not strange concerning the fiery trial which is to try you, as though some strange thing happened unto you:
13तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।
13But rejoice, inasmuch as ye are partakers of Christ's sufferings; that, when his glory shall be revealed, ye may be glad also with exceeding joy.
14तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।
14If ye be reproached for the name of Christ, happy are ye; for the spirit of glory and of God resteth upon you: on their part he is evil spoken of, but on your part he is glorified.
15तिमीहरु कसैले पनि हत्यारा, चोर अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरु जस्तो यातना भोग्न नपरोस्।
15But let none of you suffer as a murderer, or as a thief, or as an evildoer, or as a busybody in other men's matters.
16तर आफू ख्रीष्टियान भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरुले परमेश्वरको प्रशंसा गर्नु पर्छ।
16Yet if any man suffer as a Christian, let him not be ashamed; but let him glorify God on this behalf.
17न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?
17For the time is come that judgment must begin at the house of God: and if it first begin at us, what shall the end be of them that obey not the gospel of God?
18“यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महापापी छ, उमाथि के आउने हो?” हितोपदेश 11:31
18And if the righteous scarcely be saved, where shall the ungodly and the sinner appear?
19यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।
19Wherefore let them that suffer according to the will of God commit the keeping of their souls to him in well doing, as unto a faithful Creator.