1त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र वर्षका हुँदा यस्तो भयो।
1Then all the people of Judah took Uzziah, who was sixteen years old, and made him king in the room of his father Amaziah.
2उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।
2He built Eloth, and restored it to Judah, after that the king slept with his fathers.
3उज्जियाह सोह्र वर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न वर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्।
3Sixteen years old was Uzziah when he began to reign, and he reigned fifty and two years in Jerusalem. His mother's name also was Jecoliah of Jerusalem.
4उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए।
4And he did that which was right in the sight of the LORD, according to all that his father Amaziah did.
5उज्जियाहले परमेश्वरको अनुसरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।
5And he sought God in the days of Zechariah, who had understanding in the visions of God: and as long as he sought the LORD, God made him to prosper.
6उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए।
6And he went forth and warred against the Philistines, and brake down the wall of Gath, and the wall of Jabneh, and the wall of Ashdod, and built cities about Ashdod, and among the Philistines.
7परमेश्वरले उज्जियाहलाई पलिश्तीहरू अनि गुर-बलमा बस्ने अरबीहरू अनि मूनीहरूको विरूद्धमा युद्ध गर्नमा सहायता दिनुभयो।
7And God helped him against the Philistines, and against the Arabians that dwelt in Gurbaal, and the Mehunims.
8अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।
8And the Ammonites gave gifts to Uzziah: and his name spread abroad even to the entering in of Egypt; for he strengthened himself exceedingly.
9उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए।
9Moreover Uzziah built towers in Jerusalem at the corner gate, and at the valley gate, and at the turning of the wall, and fortified them.
10उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।
10Also he built towers in the desert, and digged many wells: for he had much cattle, both in the low country, and in the plains: husbandmen also, and vine dressers in the mountains, and in Carmel: for he loved husbandry.
11उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए।
11Moreover Uzziah had an host of fighting men, that went out to war by bands, according to the number of their account by the hand of Jeiel the scribe and Maaseiah the ruler, under the hand of Hananiah, one of the king's captains.
12सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए।
12The whole number of the chief of the fathers of the mighty men of valor were two thousand and six hundred.
13ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे।
13And under their hand was an army, three hundred thousand and seven thousand and five hundred, that made war with mighty power, to help the king against the enemy.
14उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए।
14And Uzziah prepared for them throughout all the host shields, and spears, and helmets, and habergeons, and bows, and slings to cast stones.
15यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुँङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।
15And he made in Jerusalem engines, invented by cunning men, to be on the towers and upon the bulwarks, to shoot arrows and great stones withal. And his name spread far abroad; for he was marvelously helped, till he was strong.
16तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।
16But when he was strong, his heart was lifted up to his destruction: for he transgressed against the LORD his God, and went into the temple of the LORD to burn incense upon the altar of incense.
17पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए।
17And Azariah the priest went in after him, and with him fourscore priests of the LORD, that were valiant men:
18तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”
18And they withstood Uzziah the king, and said unto him, It appertaineth not unto thee, Uzziah, to burn incense unto the LORD, but to the priests the sons of Aaron, that are consecrated to burn incense: go out of the sanctuary; for thou hast trespassed; neither shall it be for thine honor from the LORD God.
19तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्यो।
19Then Uzziah was wroth, and had a censer in his hand to burn incense: and while he was wroth with the priests, the leprosy even rose up in his forehead before the priests in the house of the LORD, from beside the incense altar.
20अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।
20And Azariah the chief priest, and all the priests, looked upon him, and, behold, he was leprous in his forehead, and they thrust him out from thence; yea, himself hasted also to go out, because the LORD had smitten him.
21उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।
21And Uzziah the king was a leper unto the day of his death, and dwelt in a several house, being a leper; for he was cut off from the house of the LORD: and Jotham his son was over the king's house, judging the people of the land.
22उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए।
22Now the rest of the acts of Uzziah, first and last, did Isaiah the prophet, the son of Amoz, write.
23उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।
23So Uzziah slept with his fathers, and they buried him with his fathers in the field of the burial which belonged to the kings; for they said, He is a leper: and Jotham his son reigned in his stead.