1परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।
1And David spake unto the LORD the words of this song in the day that the LORD had delivered him out of the hand of all his enemies, and out of the hand of Saul:
2परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।
2And he said, The LORD is my rock, and my fortress, and my deliverer;
3उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु परमेश्वर मेरो सुरक्षा कवच उहाँको परमशक्तिले मलाई बचाउँछ परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ मेरो सुरक्षाको स्थान, मेरो उच्च टाकुरामा निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।
3The God of my rock; in him will I trust: he is my shield, and the horn of my salvation, my high tower, and my refuge, my saviour; thou savest me from violence.
4तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।
4I will call on the LORD, who is worthy to be praised: so shall I be saved from mine enemies.
5मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।
5When the waves of death compassed me, the floods of ungodly men made me afraid;
6चिहानको साङ्गलोले म बेह्रिए मृत्युको पासो मेरो अघिल्तिर पर्यो
6The sorrows of hell compassed me about; the snares of death prevented me;
7हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।
7In my distress I called upon the LORD, and cried to my God: and he did hear my voice out of his temple, and my cry did enter into his ears.
8पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो।
8Then the earth shook and trembled; the foundations of heaven moved and shook, because he was wroth.
9परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।
9There went up a smoke out of his nostrils, and fire out of his mouth devoured: coals were kindled by it.
10परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!
10He bowed the heavens also, and came down; and darkness was under his feet.
11उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो।
11And he rode upon a cherub, and did fly: and he was seen upon the wings of the wind.
12परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।
12And he made darkness pavilions round about him, dark waters, and thick clouds of the skies.
13उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बाल्यो।
13Through the brightness before him were coals of fire kindled.
14परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।
14The LORD thundered from heaven, and the most High uttered his voice.
15परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए।
15And he sent out arrows, and scattered them; lightning, and discomfited them.
16परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो र पानी जति सबै पन्छियो यसैले हामीले समुद्रको फेदलाई देख्न र धर्तीको आधारलाई देख्न सक्ने भयौं।
16And the channels of the sea appeared, the foundations of the world were discovered, at the rebuking of the LORD, at the blast of the breath of his nostrils.
17परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।
17He sent from above, he took me; he drew me out of many waters;
18मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए यसैले परमेश्वरले मलाई बचाउँनुभयो।
18He delivered me from my strong enemy, and from them that hated me: for they were too strong for me.
19म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!
19They prevented me in the day of my calamity: but the LORD was my stay.
20परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।
20He brought me forth also into a large place: he delivered me, because he delighted in me.
21परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।
21The LORD rewarded me according to my righteousness: according to the cleanness of my hands hath he recompensed me.
22के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने। मेरो परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।
22For I have kept the ways of the LORD, and have not wickedly departed from my God.
23म सधै परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्छु
23For all his judgments were before me: and as for his statutes, I did not depart from them.
24उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।
24I was also upright before him, and have kept myself from mine iniquity.
25यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन! उहाँले देख्नुहुन्छ, मेरा राम्रा कार्यहरू यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।
25Therefore the LORD hath recompensed me according to my righteousness; according to my cleanness in his eye sight.
26यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ।
26With the merciful thou wilt show thyself merciful, and with the upright man thou wilt show thyself upright.
27परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर, जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ
27With the pure thou wilt show thyself pure; and with the froward thou wilt show thyself unsavory.
28परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ।
28And the afflicted people thou wilt save: but thine eyes are upon the haughty, that thou mayest bring them down.
29परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।
29For thou art my lamp, O LORD: and the LORD will lighten my darkness.
30तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाघ्नसक्छु।
30For by thee I have run through a troop: by my God have I leaped over a wall.
31परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई पछ्याउँनेे मानिसहरूको रक्षा गर्नुहुन्छ
31As for God, his way is perfect; the word of the LORD is tried: he is a buckler to all them that trust in him.
32परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।
32For who is God, save the LORD? and who is a rock, save our God?
33परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।
33God is my strength and power: and he maketh my way perfect.
34परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।
34He maketh my feet like hinds' feet: and setteth me upon my high places.
35परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँनसक्छु।
35He teacheth my hands to war; so that a bow of steel is broken by mine arms.
36परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ
36Thou hast also given me the shield of thy salvation: and thy gentleness hath made me great.
37मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ
37Thou hast enlarged my steps under me; so that my feet did not slip.
38म मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म फर्केर आउँदिन!
38I have pursued mine enemies, and destroyed them; and turned not again until I had consumed them.
39मैले शत्रु नष्ट पारे। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे।
39And I have consumed them, and wounded them, that they could not arise: yea, they are fallen under my feet.
40परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।
40For thou hast girded me with strength to battle: them that rose up against me hast thou subdued under me.
41तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।
41Thou hast also given me the necks of mine enemies, that I might destroy them that hate me.
42मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन्
42They looked, but there was none to save; even unto the LORD, but he answered them not.
43मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें।
43Then did I beat them as small as the dust of the earth, I did stamp them as the mire of the street, and did spread them abroad.
44तपाईंले मेरो बिरूद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।
44Thou also hast delivered me from the strivings of my people, thou hast kept me to be head of the heathen: a people which I knew not shall serve me.
45विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्।
45Strangers shall submit themselves unto me: as soon as they hear, they shall be obedient unto me.
46विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।
46Strangers shall fade away, and they shall be afraid out of their close places.
47परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।
47The LORD liveth; and blessed be my rock; and exalted be the God of the rock of my salvation.
48उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।
48It is God that avengeth me, and that bringeth down the people under me.
49परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो! जो मेरो बिरूद्धमा उठे, तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो निर्दयीहरूबाट मलाई बचाउनु भयो।
49And that bringeth me forth from mine enemies: thou also hast lifted me up on high above them that rose up against me: thou hast delivered me from the violent man.
50परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।
50Therefore I will give thanks unto thee, O LORD, among the heathen, and I will sing praises unto thy name.
51परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।
51He is the tower of salvation for his king: and sheweth mercy to his anointed, unto David, and to his seed for evermore.