Nepali

King James Version

2 Samuel

8

1पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियमन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भाग माथि अधिकार जमाए।
1And after this it came to pass that David smote the Philistines, and subdued them: and David took Methegammah out of the hand of the Philistines.
2दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।
2And he smote Moab, and measured them with a line, casting them down to the ground; even with two lines measured he to put to death, and with one full line to keep alive. And so the Moabites became David's servants, and brought gifts.
3रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे।
3David smote also Hadadezer, the son of Rehob, king of Zobah, as he went to recover his border at the river Euphrates.
4दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए।
4And David took from him a thousand chariots, and seven hundred horsemen, and twenty thousand footmen: and David houghed all the chariot horses, but reserved of them for an hundred chariots.
5दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे।
5And when the Syrians of Damascus came to succor Hadadezer king of Zobah, David slew of the Syrians two and twenty thousand men.
6त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।
6Then David put garrisons in Syria of Damascus: and the Syrians became servants to David, and brought gifts. And the LORD preserved David whithersoever he went.
7दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए।
7And David took the shields of gold that were on the servants of Hadadezer, and brought them to Jerusalem.
8दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवहर बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।)
8And from Betah, and from Berothai, cities of Hadadezer, king David took exceeding much brass.
9हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने।
9When Toi king of Hamath heard that David had smitten all the host of Hadadezer,
10यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए।
10Then Toi sent Joram his son unto king David, to salute him, and to bless him, because he had fought against Hadadezer, and smitten him: for Hadadezer had wars with Toi. And Joram brought with him vessels of silver, and vessels of gold, and vessels of brass:
11दाऊदले ती सम्पूर्ण सामानहरू परमप्रभुमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपर्णगरेका सामानहरूसँगै ती सामानहरूराखे।
11Which also king David did dedicate unto the LORD, with the silver and gold that he had dedicated of all nations which he subdued;
12दाऊदले अराम, मोआब, अम्मोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए।
12Of Syria, and of Moab, and of the children of Ammon, and of the Philistines, and of Amalek, and of the spoil of Hadadezer, son of Rehob, king of Zobah.
13दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कदा साह्रै ख्याती कमाए।
13And David gat him a name when he returned from smiting of the Syrians in the valley of salt, being eighteen thousand men.
14दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता ततै विजय दिलाउनु भयो।
14And he put garrisons in Edom; throughout all Edom put he garrisons, and all they of Edom became David's servants. And the LORD preserved David whithersoever he went.
15दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे।
15And David reigned over all Israel; and David executed judgment and justice unto all his people.
16सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए।
16And Joab the son of Zeruiah was over the host; and Jehoshaphat the son of Ahilud was recorder;
17अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।
17And Zadok the son of Ahitub, and Ahimelech the son of Abiathar, were the priests; and Seraiah was the scribe;
18यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाहि प्रमुख थिए।
18And Benaiah the son of Jehoiada was over both the Cherethites and the Pelethites; and David's sons were chief rulers.