1यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौ। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।
1And when it was determined that we should sail into Italy, they delivered Paul and certain other prisoners unto one named Julius, a centurion of Augustus' band.
2हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढयौ जुन जानु तयार थियो। हामीसंग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।
2And entering into a ship of Adramyttium, we launched, meaning to sail by the coasts of Asia; one Aristarchus, a Macedonian of Thessalonica, being with us.
3अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसंग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।
3And the next day we touched at Sidon. And Julius courteously entreated Paul, and gave him liberty to go unto his friends to refresh himself.
4हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो।
4And when we had launched from thence, we sailed under Cyprus, because the winds were contrary.
5हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ।
5And when we had sailed over the sea of Cilicia and Pamphylia, we came to Myra, a city of Lycia.
6माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।
6And there the centurion found a ship of Alexandria sailing into Italy; and he put us therein.
7हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ।
7And when we had sailed slowly many days, and scarce were come over against Cnidus, the wind not suffering us, we sailed under Crete, over against Salmone;
8खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नगीचै थियो।
8And, hardly passing it, came unto a place which is called The fair havens; nigh whereunto was the city of Lasea.
9तर हामीले निकै समय नष्ट गरेका थियौ। यो समुद्र यात्रा गर्नु भयंकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने,
9Now when much time was spent, and when sailing was now dangerous, because the fast was now already past, Paul admonished them,
10“हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”
10And said unto them, Sirs, I perceive that this voyage will be with hurt and much damage, not only of the lading and ship, but also of our lives.
11तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने।
11Nevertheless the centurion believed the master and the owner of the ship, more than those things which were spoken by Paul.
12अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो।
12And because the haven was not commodious to winter in, the more part advised to depart thence also, if by any means they might attain to Phenice, and there to winter; which is an haven of Crete, and lieth toward the south west and north west.
13त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे।
13And when the south wind blew softly, supposing that they had obtained their purpose, loosing thence, they sailed close by Crete.
14तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो।
14But not long after there arose against it a tempestuous wind, called Euroclydon.
15त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाडायौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।
15And when the ship was caught, and could not bear up into the wind, we let her drive.
16हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं।
16And running under a certain island which is called Clauda, we had much work to come by the boat:
17जीवन रक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावोस् भनेर पाल मुनी झारे।
17Which when they had taken up, they used helps, undergirding the ship; and, fearing lest they should fall into the quicksands, strake sail, and so were driven.
18अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके।
18And we being exceedingly tossed with a tempest, the next day they lightened the ship;
19एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए।
19And the third day we cast out with our own hands the tackling of the ship.
20धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्यागयौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।
20And when neither sun nor stars in many days appeared, and no small tempest lay on us, all hope that we should be saved was then taken away.
21धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोडनु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन।
21But after long abstinence Paul stood forth in the midst of them, and said, Sirs, ye should have hearkened unto me, and not have loosed from Crete, and to have gained this harm and loss.
22तर अब म भनिरहेछु सहासी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ।
22And now I exhort you to be of good cheer: for there shall be no loss of any man's life among you, but of the ship.
23हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु।
23For there stood by me this night the angel of God, whose I am, and whom I serve,
24उहाँले भन्नुभयो, पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसंग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’
24Saying, Fear not, Paul; thou must be brought before Caesar: and, lo, God hath given thee all them that sail with thee.
25मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ।
25Wherefore, sirs, be of good cheer: for I believe God, that it shall be even as it was told me.
26तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”
26Howbeit we must be cast upon a certain island.
27चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे।
27But when the fourteenth night was come, as we were driven up and down in Adria, about midnight the shipmen deemed that they drew near to some country;
28तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए।
28And sounded, and found it twenty fathoms: and when they had gone a little further, they sounded again, and found it fifteen fathoms.
29तिनीहरू जाहज चट्टानसंग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आवोस भनी प्रार्थना गरे।
29Then fearing lest we should have fallen upon rocks, they cast four anchors out of the stern, and wished for the day.
30कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्।
30And as the shipmen were about to flee out of the ship, when they had let down the boat into the sea, under colour as though they would have cast anchors out of the foreship,
31तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!”
31Paul said to the centurion and to the soldiers, Except these abide in the ship, ye cannot be saved.
32तब त्यो जीवन रक्षक डुंङ्गा पानी भित्रै जावोस् भनेर सिपाहीहरूले डोरी काटिदिए।
32Then the soldiers cut off the ropes of the boat, and let her fall off.
33प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू र्पखिरहछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ।
33And while the day was coming on, Paul besought them all to take meat, saying, This day is the fourteenth day that ye have tarried and continued fasting, having taken nothing.
34अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।”
34Wherefore I pray you to take some meat: for this is for your health: for there shall not an hair fall from the head of any of you.
35पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले।
35And when he had thus spoken, he took bread, and gave thanks to God in presence of them all: and when he had broken it, he began to eat.
36तिनीहरू सबैले सहास बटुले अनि खान थाले।
36Then were they all of good cheer, and they also took some meat.
37हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं।
37And we were in all in the ship two hundred threescore and sixteen souls.
38जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरु समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।
38And when they had eaten enough, they lightened the ship, and cast out the wheat into the sea.
39जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे।
39And when it was day, they knew not the land: but they discovered a certain creek with a shore, into the which they were minded, if it were possible, to thrust in the ship.
40यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो।
40And when they had taken up the anchors, they committed themselves unto the sea, and loosed the rudder bands, and hoised up the mainsail to the wind, and made toward shore.
41तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।
41And falling into a place where two seas met, they ran the ship aground; and the forepart stuck fast, and remained unmoveable, but the hinder part was broken with the violence of the waves.
42सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरिनु नपाउन् अनि भाग्न नसकुन्।
42And the soldiers' counsel was to kill the prisoners, lest any of them should swim out, and escape.
43तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।
43But the centurion, willing to save Paul, kept them from their purpose; and commanded that they which could swim should cast themselves first into the sea, and get to land:
44अन्य मानिसहरूले तक्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।
44And the rest, some on boards, and some on broken pieces of the ship. And so it came to pass, that they escaped all safe to land.