1हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ, “हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”
1Hear this word, ye kine of Bashan, that are in the mountain of Samaria, which oppress the poor, which crush the needy, which say to their masters, Bring, and let us drink.
2परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।
2The Lord GOD hath sworn by his holiness, that, lo, the days shall come upon you, that he will take you away with hooks, and your posterity with fishhooks.
3तिमीहरु सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरु सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।
3And ye shall go out at the breaches, every cow at that which is before her; and ye shall cast them into the palace, saith the LORD.
4“बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ।
4Come to Bethel, and transgress; at Gilgal multiply transgression; and bring your sacrifices every morning, and your tithes after three years:
5धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।”
5And offer a sacrifice of thanksgiving with leaven, and proclaim and publish the free offerings: for this liketh you, O ye children of Israel, saith the Lord GOD.
6“मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।
6And I also have given you cleanness of teeth in all your cities, and want of bread in all your places: yet have ye not returned unto me, saith the LORD.
7मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।
7And also I have withholden the rain from you, when there were yet three months to the harvest: and I caused it to rain upon one city, and caused it not to rain upon another city: one piece was rained upon, and the piece whereupon it rained not withered.
8यसकारण दुई या तीन शहरका मानिसहरु पानीको निम्ति अर्को शहर तिर डुलिहिंडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरु सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरु भन्नुभयो।
8So two or three cities wandered unto one city, to drink water; but they were not satisfied: yet have ye not returned unto me, saith the LORD.
9“मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्ट पारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।
9I have smitten you with blasting and mildew: when your gardens and your vineyards and your fig trees and your olive trees increased, the palmerworm devoured them: yet have ye not returned unto me, saith the LORD.
10“मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरु लगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।
10I have sent among you the pestilence after the manner of Egypt: your young men have I slain with the sword, and have taken away your horses; and I have made the stink of your camps to come up unto your nostrils: yet have ye not returned unto me, saith the LORD.
11“मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरुलाई नष्ट पारें। तिमीहरु आगोबाट निकलेको धुवाँसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।
11I have overthrown some of you, as God overthrew Sodom and Gomorrah, and ye were as a firebrand plucked out of the burning: yet have ye not returned unto me, saith the LORD.
12“यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।
12Therefore thus will I do unto thee, O Israel: and because I will do this unto thee, prepare to meet thy God, O Israel.
13“परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरुलाई आफ्नो बिचार भन्नुहुन्छ। उहाँनै एक हुनुहुन्छ जसले बिहानलाई अँध्यारोमा परिवर्तन गनुहुन्छ। अनि पृथ्वीका पहाडहरुमाथि चढनु हुन्छ। उहाँको नाउँ यहोवा हो परमप्रभु भन्नुहुन्छ।”
13For, lo, he that formeth the mountains, and createth the wind, and declareth unto man what is his thought, that maketh the morning darkness, and treadeth upon the high places of the earth, The LORD, The God of hosts, is his name.