Nepali

King James Version

Colossians

2

1तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियामा मानिसहरूलाई सहायता गर्न प्रगाच्च् कोशिशमा छु जसले मलाई देखेकै छैन।
1For I would that ye knew what great conflict I have for you, and for them at Laodicea, and for as many as have not seen my face in the flesh;
2म तिमीहरूलाई दृढ र प्रेमले संगठित बनाउन चाहन्छु म तिमीहरुलाई दरिलो विस्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ।
2That their hearts might be comforted, being knit together in love, and unto all riches of the full assurance of understanding, to the acknowledgement of the mystery of God, and of the Father, and of Christ;
3ज्ञान र बुद्धिको सारा भन्डारहरु ख्रीष्टमा गुप्तरूपले राखिएको छ।
3In whom are hid all the treasures of wisdom and knowledge.
4म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण र्तकमा मूर्ख बनाउन नसकुन्।
4And this I say, lest any man should beguile you with enticing words.
5म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शूरू गरेको र ख्रीष्टमा दरिलो विश्वास राखेको देखेर म आनन्दित छु।
5For though I be absent in the flesh, yet am I with you in the spirit, joying and beholding your order, and the stedfastness of your faith in Christ.
6तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस।
6As ye have therefore received Christ Jesus the Lord, so walk ye in him:
7तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।
7Rooted and built up in him, and stablished in the faith, as ye have been taught, abounding therein with thanksgiving.
8सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।
8Beware lest any man spoil you through philosophy and vain deceit, after the tradition of men, after the rudiments of the world, and not after Christ.
9परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ।
9For in him dwelleth all the fulness of the Godhead bodily.
10अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।
10And ye are complete in him, which is the head of all principality and power:
11ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ।
11In whom also ye are circumcised with the circumcision made without hands, in putting off the body of the sins of the flesh by the circumcision of Christ:
12यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले ूविश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।
12Buried with him in baptism, wherein also ye are risen with him through the faith of the operation of God, who hath raised him from the dead.
13तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो।
13And you, being dead in your sins and the uncircumcision of your flesh, hath he quickened together with him, having forgiven you all trespasses;
14हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो।
14Blotting out the handwriting of ordinances that was against us, which was contrary to us, and took it out of the way, nailing it to his cross;
15परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।
15And having spoiled principalities and powers, he made a shew of them openly, triumphing over them in it.
16यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।
16Let no man therefore judge you in meat, or in drink, or in respect of an holyday, or of the new moon, or of the sabbath days:
17पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ।
17Which are a shadow of things to come; but the body is of Christ.
18कसै-कसैले वहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।”
18Let no man beguile you of your reward in a voluntary humility and worshipping of angels, intruding into those things which he hath not seen, vainly puffed up by his fleshly mind,
19ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढछ।
19And not holding the Head, from which all the body by joints and bands having nourishment ministered, and knit together, increaseth with the increase of God.
20तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ?
20Wherefore if ye be dead with Christ from the rudiments of the world, why, as though living in the world, are ye subject to ordinances,
21“यो नखाऊ”, “त्यो नचाख”, “त्यो नछुव” भन्ने!
21(Touch not; taste not; handle not;
22यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्।
22Which all are to perish with the using;) after the commandments and doctrines of men?
23यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अंगहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिदंछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।
23Which things have indeed a shew of wisdom in will worship, and humility, and neglecting of the body: not in any honour to the satisfying of the flesh.