Nepali

King James Version

Ecclesiastes

11

1विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा ल्याउँछ।
1Cast thy bread upon the waters: for thou shalt find it after many days.
2जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घटन सक्छ।
2Give a portion to seven, and also to eight; for thou knowest not what evil shall be upon the earth.
3कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा वर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि दशिण पट्टि, जता ढले पनि त्यही तेर्सिरहन्छ।
3If the clouds be full of rain, they empty themselves upon the earth: and if the tree fall toward the south, or toward the north, in the place where the tree falleth, there it shall be.
4तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिउ छर्न सक्दैन। अनि कोहीले हर बादल र्बषन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।
4He that observeth the wind shall not sow; and he that regardeth the clouds shall not reap.
5तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।
5As thou knowest not what is the way of the spirit, nor how the bones do grow in the womb of her that is with child: even so thou knowest not the works of God who maketh all.
6यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।
6In the morning sow thy seed, and in the evening withhold not thine hand: for thou knowest not whether shall prosper, either this or that, or whether they both shall be alike good.
7उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउँनको लागि असल हो।
7Truly the light is sweet, and a pleasant thing it is for the eyes to behold the sun:
8तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।
8But if a man live many years, and rejoice in them all; yet let him remember the days of darkness; for they shall be many. All that cometh is vanity.
9यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।
9Rejoice, O young man, in thy youth; and let thy heart cheer thee in the days of thy youth, and walk in the ways of thine heart, and in the sight of thine eyes: but know thou, that for all these things God will bring thee into judgment.
10रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।
10Therefore remove sorrow from thy heart, and put away evil from thy flesh: for childhood and youth are vanity.