1तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, “परमप्रभु भन्नुहुन्छ, मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस्।
1And the LORD spake unto Moses, Go unto Pharaoh, and say unto him, Thus saith the LORD, Let my people go, that they may serve me.
2यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुताहरूले भरिदिनेछु।
2And if thou refuse to let them go, behold, I will smite all thy borders with frogs:
3नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।
3And the river shall bring forth frogs abundantly, which shall go up and come into thine house, and into thy bedchamber, and upon thy bed, and into the house of thy servants, and upon thy people, and into thine ovens, and into thy kneadingtroughs:
4भ्यागुता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन।”‘
4And the frogs shall come up both on thee, and upon thy people, and upon all thy servants.
5तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुताहरू बाहिर जमीनमा निस्कनेछन्।”
5And the LORD spake unto Moses, Say unto Aaron, Stretch forth thine hand with thy rod over the streams, over the rivers, and over the ponds, and cause frogs to come up upon the land of Egypt.
6यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।
6And Aaron stretched out his hand over the waters of Egypt; and the frogs came up, and covered the land of Egypt.
7जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुताहरू ल्याए।
7And the magicians did so with their enchantments, and brought up frogs upon the land of Egypt.
8फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”
8Then Pharaoh called for Moses and Aaron, and said, Entreat the LORD, that he may take away the frogs from me, and from my people; and I will let the people go, that they may do sacrifice unto the LORD.
9मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुताहरूले तपाईंहरू र तपाईंका घर छोडने छन् र नदीमा मात्र रहनेछन्।”
9And Moses said unto Pharaoh, Glory over me: when shall I entreat for thee, and for thy servants, and for thy people, to destroy the frogs from thee and thy houses, that they may remain in the river only?
10फिरऊनले भने, “भोलिसम्म।” मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,
10And he said, To morrow. And he said, Be it according to thy word: that thou mayest know that there is none like unto the LORD our God.
11भ्यागुताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन, र भ्यागुताहरू नदीमा मात्र रहनेछन्।”
11And the frogs shall depart from thee, and from thy houses, and from thy servants, and from thy people; they shall remain in the river only.
12मोशा र हारून फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभुलाई परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुताको विषयमा चिच्याए र भने।
12And Moses and Aaron went out from Pharaoh: and Moses cried unto the LORD because of the frogs which he had brought against Pharaoh.
13अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुताहरू घर, आँगन र खेतमा मरे।
13And the LORD did according to the word of Moses; and the frogs died out of the houses, out of the villages, and out of the fields.
14मरेका भ्यागुताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चल्न शुरू भयो।
14And they gathered them together upon heaps: and the land stank.
15फिरऊनले देखे तिनीहरू भ्यागुताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भने। जुम्राहरू
15But when Pharaoh saw that there was respite, he hardened his heart, and hearkened not unto them; as the LORD had said.
16तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भुँईको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”
16And the LORD said unto Moses, Say unto Aaron, Stretch out thy rod, and smite the dust of the land, that it may become lice throughout all the land of Egypt.
17तिनीहरूले त्यसै गरे। हारूनले जमीनको धूलोमाथि आफ्नो लहुरोले हिर्काए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।
17And they did so; for Aaron stretched out his hand with his rod, and smote the dust of the earth, and it became lice in man, and in beast; all the dust of the land became lice throughout all the land of Egypt.
18यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।
18And the magicians did so with their enchantments to bring forth lice, but they could not: so there were lice upon man, and upon beast.
19यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।
19Then the magicians said unto Pharaoh, This is the finger of God: and Pharaoh's heart was hardened, and he hearkened not unto them; as the LORD had said.
20परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ।
20And the LORD said unto Moses, Rise up early in the morning, and stand before Pharaoh; lo, he cometh forth to the water; and say unto him, Thus saith the LORD, Let my people go, that they may serve me.
21यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झीगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झीगाले भरिनेछ।
21Else, if thou wilt not let my people go, behold, I will send swarms of flies upon thee, and upon thy servants, and upon thy people, and into thy houses: and the houses of the Egyptians shall be full of swarms of flies, and also the ground whereon they are.
22तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।
22And I will sever in that day the land of Goshen, in which my people dwell, that no swarms of flies shall be there; to the end thou mayest know that I am the LORD in the midst of the earth.
23यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।”‘
23And I will put a division between my people and thy people: to morrow shall this sign be.
24त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झीगाहरूले देश नै नष्ट पारिरहेका थिए।
24And the LORD did so; and there came a grievous swarm of flies into the house of Pharaoh, and into his servants' houses, and into all the land of Egypt: the land was corrupted by reason of the swarm of flies.
25त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”
25And Pharaoh called for Moses and for Aaron, and said, Go ye, sacrifice to your God in the land.
26तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौ भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्।
26And Moses said, It is not meet so to do; for we shall sacrifice the abomination of the Egyptians to the LORD our God: lo, shall we sacrifice the abomination of the Egyptians before their eyes, and will they not stone us?
27हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरूभूमिमा यात्रा गर्नु दिनुहोस्।”
27We will go three days' journey into the wilderness, and sacrifice to the LORD our God, as he shall command us.
28यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरूभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”
28And Pharaoh said, I will let you go, that ye may sacrifice to the LORD your God in the wilderness; only ye shall not go very far away: entreat for me.
29मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”
29And Moses said, Behold, I go out from thee, and I will entreat the LORD that the swarms of flies may depart from Pharaoh, from his servants, and from his people, to morrow: but let not Pharaoh deal deceitfully any more in not letting the people go to sacrifice to the LORD.
30त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे।
30And Moses went out from Pharaoh, and entreated the LORD.
31मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झीगाहरू हटाइदिनु भयो। झोंगा एउटा रहेन।
31And the LORD did according to the word of Moses; and he removed the swarms of flies from Pharaoh, from his servants, and from his people; there remained not one.
32तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।
32And Pharaoh hardened his heart at this time also, neither would he let the people go.