Nepali

King James Version

Ezekiel

21

1यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो,
1And the word of the LORD came unto me, saying,
2“हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन।
2Son of man, set thy face toward Jerusalem, and drop thy word toward the holy places, and prophesy against the land of Israel,
3इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।
3And say to the land of Israel, Thus saith the LORD; Behold, I am against thee, and will draw forth my sword out of his sheath, and will cut off from thee the righteous and the wicked.
4म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु।
4Seeing then that I will cut off from thee the righteous and the wicked, therefore shall my sword go forth out of his sheath against all flesh from the south to the north:
5तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउँनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।”‘
5That all flesh may know that I the LORD have drawn forth my sword out of his sheath: it shall not return any more.
6परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दुखमा परेको मानिसको जस्तो दुखको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ।
6Sigh therefore, thou son of man, with the breaking of thy loins; and with bitterness sigh before their eyes.
7तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दुखको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।
7And it shall be, when they say unto thee, Wherefore sighest thou? that thou shalt answer, For the tidings; because it cometh: and every heart shall melt, and all hands shall be feeble, and every spirit shall faint, and all knees shall be weak as water: behold, it cometh, and shall be brought to pass, saith the Lord GOD.
8परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
8Again the word of the LORD came unto me, saying,
9“हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ “‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ।
9Son of man, prophesy, and say, Thus saith the LORD; Say, A sword, a sword is sharpened, and also furbished:
10तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। “‘मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।
10It is sharpened to make a sore slaughter; it is furbished that it may glitter: should we then make mirth? it contemneth the rod of my son, as every tree.
11यसकारण तरवारलाई टल्काइएको हो। अब यो प्रयोग गर्न सकिन्छ। तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ। अब यो मार्नेको हातमा दिइसकेको छ।
11And he hath given it to be furbished, that it may be handled: this sword is sharpened, and it is furbished, to give it into the hand of the slayer.
12“हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किन? किनकि तरवारको उपयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट।
12Cry and howl, son of man: for it shall be upon my people, it shall be upon all the princes of Israel: terrors by reason of the sword shall be upon my people: smite therefore upon thy thigh.
13किन? किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
13Because it is a trial, and what if the sword contemn even the rod? it shall be no more, saith the Lord GOD.
14परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन, “तरवार दुइ पल्ट आवोस्, तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ!
14Thou therefore, son of man, prophesy, and smite thine hands together. and let the sword be doubled the third time, the sword of the slain: it is the sword of the great men that are slain, which entereth into their privy chambers.
15तिनीहरूको हृदय डरले पग्लिनेछ, अनि धेरै मानिसहरू लड्नेछन्, धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्। तरवार बिजुलि जस्तै चम्कनेछ। यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो।
15I have set the point of the sword against all their gates, that their heart may faint, and their ruins be multiplied: ah! it is made bright, it is wrapped up for the slaughter.
16हे तरवार! धारिलो हो! तरवार दाहिनेपट्टि काट सीधै छेउमा काट देब्रे पट्टि काट, जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ।
16Go thee one way or other, either on the right hand, or on the left, whithersoever thy face is set.
17तब म ताली बजाउनेछु अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु। म परमप्रभुले नै भनेको हुँ।”
17I will also smite mine hands together, and I will cause my fury to rest: I the LORD have said it.
18परमप्रभुको वचन फेरि मकहाँ आयो,
18The word of the LORD came unto me again, saying,
19“हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ।
19Also, thou son of man, appoint thee two ways, that the sword of the king of Babylon may come: both twain shall come forth out of one land: and choose thou a place, choose it at the head of the way to the city.
20जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ।
20Appoint a way, that the sword may come to Rabbath of the Ammonites, and to Judah in Jerusalem the defenced.
21यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको उपयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो।
21For the king of Babylon stood at the parting of the way, at the head of the two ways, to use divination: he made his arrows bright, he consulted with images, he looked in the liver.
22“संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग ध्वंस गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शरू गर्नेछ। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ।
22At his right hand was the divination for Jerusalem, to appoint captains, to open the mouth in the slaughter, to lift up the voice with shouting, to appoint battering rams against the gates, to cast a mount, and to build a fort.
23इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।”
23And it shall be unto them as a false divination in their sight, to them that have sworn oaths: but he will call to remembrance the iniquity, that they may be taken.
24परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ।
24Therefore thus saith the Lord GOD; Because ye have made your iniquity to be remembered, in that your transgressions are discovered, so that in all your doings your sins do appear; because, I say, that ye are come to remembrance, ye shall be taken with the hand.
25अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”
25And thou, profane wicked prince of Israel, whose day is come, when iniquity shall have an end,
26परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्।
26Thus saith the Lord GOD; Remove the diadem, and take off the crown: this shall not be the same: exalt him that is low, and abase him that is high.
27म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।”
27I will overturn, overturn, overturn, it: and it shall be no more, until he come whose right it is; and I will give it him.
28परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ “‘ध्यान देऊ, एउटा तरवार! एउटा तरवार म्यानबाट बाहिर छ। तरवार टल्काइएको छ! तरवार मार्नको निम्ति तयार छ! बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो!
28And thou, son of man, prophesy and say, Thus saith the Lord GOD concerning the Ammonites, and concerning their reproach; even say thou, The sword, the sword is drawn: for the slaughter it is furbished, to consume because of the glittering:
29तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।
29Whiles they see vanity unto thee, whiles they divine a lie unto thee, to bring thee upon the necks of them that are slain, of the wicked, whose day is come, when their iniquity shall have an end.
30“‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ।
30Shall I cause it to return into his sheath? I will judge thee in the place where thou wast created, in the land of thy nativity.
31म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्।
31And I will pour out mine indignation upon thee, I will blow against thee in the fire of my wrath, and deliver thee into the hand of brutish men, and skilful to destroy.
32तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौ। तिम्रो रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।”‘
32Thou shalt be for fuel to the fire; thy blood shall be in the midst of the land; thou shalt be no more remembered: for I the LORD have spoken it.