Nepali

King James Version

Ezekiel

4

1“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।
1Thou also, son of man, take thee a tile, and lay it before thee, and pourtray upon it the city, even Jerusalem:
2अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ।
2And lay siege against it, and build a fort against it, and cast a mount against it; set the camp also against it, and set battering rams against it round about.
3अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।
3Moreover take thou unto thee an iron pan, and set it for a wall of iron between thee and the city: and set thy face against it, and it shall be besieged, and thou shalt lay siege against it. This shall be a sign to the house of Israel.
4“त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति वर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ।
4Lie thou also upon thy left side, and lay the iniquity of the house of Israel upon it: according to the number of the days that thou shalt lie upon it thou shalt bear their iniquity.
5तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदैछु इस्राएल एक दिन एकवर्षको बराबर लामो समयसम्म दण्डीत हुनेछ।
5For I have laid upon thee the years of their iniquity, according to the number of the days, three hundred and ninety days: so shalt thou bear the iniquity of the house of Israel.
6“तब तिमी तिम्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक वर्ष हुन्छ। म तिमीलाई बताउँदैछु कि कहिले सम्म यहूदा दण्डीत हुनेछ।”
6And when thou hast accomplished them, lie again on thy right side, and thou shalt bear the iniquity of the house of Judah forty days: I have appointed thee each day for a year.
7परमेश्वरले फेरि भन्नुभयो। उहाँले भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ।
7Therefore thou shalt set thy face toward the siege of Jerusalem, and thine arm shall be uncovered, and thou shalt prophesy against it.
8हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”
8And, behold, I will lay bands upon thee, and thou shalt not turn thee from one side to another, till thou hast ended the days of thy siege.
9परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहूँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ।
9Take thou also unto thee wheat, and barley, and beans, and lentiles, and millet, and fitches, and put them in one vessel, and make thee bread thereof, according to the number of the days that thou shalt lie upon thy side, three hundred and ninety days shalt thou eat thereof.
10तिमीले तिम्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ।
10And thy meat which thou shalt eat shall be by weight, twenty shekels a day: from time to time shalt thou eat it.
11अनि तिमीले दिनमा एक हिनको छैटौं भाग मात्र पानी पिउन सक्छौ।
11Thou shalt drink also water by measure, the sixth part of an hin: from time to time shalt thou drink.
12प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।”
12And thou shalt eat it as barley cakes, and thou shalt bake it with dung that cometh out of man, in their sight.
13तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”
13And the LORD said, Even thus shall the children of Israel eat their defiled bread among the Gentiles, whither I will drive them.
14त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”
14Then said I, Ah Lord GOD! behold, my soul hath not been polluted: for from my youth up even till now have I not eaten of that which dieth of itself, or is torn in pieces; neither came there abominable flesh into my mouth.
15तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”
15Then he said unto me, Lo, I have given thee cow's dung for man's dung, and thou shalt prepare thy bread therewith.
16तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्।
16Moreover he said unto me, Son of man, behold, I will break the staff of bread in Jerusalem: and they shall eat bread by weight, and with care; and they shall drink water by measure, and with astonishment:
17किनभने मानिसहरूको निम्ति प्रयाप्त भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कालाई हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।
17That they may want bread and water, and be astonied one with another, and consume away for their iniquity.