1केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए।
1And it came to pass after these things, that one told Joseph, Behold, thy father is sick: and he took with him his two sons, Manasseh and Ephraim.
2जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे।
2And one told Jacob, and said, Behold, thy son Joseph cometh unto thee: and Israel strengthened himself, and sat upon the bed.
3तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो।
3And Jacob said unto Joseph, God Almighty appeared unto me at Luz in the land of Canaan, and blessed me,
4परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा संधैको निम्ति अधिकार जमाउनेछन्।’
4And said unto me, Behold, I will make thee fruitful, and multiply thee, and I will make of thee a multitude of people; and will give this land to thy seed after thee for an everlasting possession.
5अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्।
5And now thy two sons, Ephraim and Manasseh, which were born unto thee in the land of Egypt before I came unto thee into Egypt, are mine; as Reuben and Simeon, they shall be mine.
6यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्।
6And thy issue, which thou begettest after them, shall be thine, and shall be called after the name of their brethren in their inheritance.
7पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”
7And as for me, when I came from Padan, Rachel died by me in the land of Canaan in the way, when yet there was but a little way to come unto Ephrath: and I buried her there in the way of Ephrath; the same is Bethlehem.
8तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”
8And Israel beheld Joseph's sons, and said, Who are these?
9यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।” इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”
9And Joseph said unto his father, They are my sons, whom God hath given me in this place. And he said, Bring them, I pray thee, unto me, and I will bless them.
10इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन दिंदै अङ्गालो हाले। मनश्शे अनि एप्रैमको लागि आशीर्वाद
10Now the eyes of Israel were dim for age, so that he could not see. And he brought them near unto him; and he kissed them, and embraced them.
11तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरूसमेत मलाई भेटगराउँनु भयो।”
11And Israel said unto Joseph, I had not thought to see thy face: and, lo, God hath showed me also thy seed.
12यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए।
12And Joseph brought them out from between his knees, and he bowed himself with his face to the earth.
13यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।)
13And Joseph took them both, Ephraim in his right hand toward Israel's left hand, and Manasseh in his left hand toward Israel's right hand, and brought them near unto him.
14तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।
14And Israel stretched out his right hand, and laid it upon Ephraim's head, who was the younger, and his left hand upon Manasseh's head, guiding his hands wittingly; for Manasseh was the firstborn.
15अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवन भरि डोर्याउँनु भयो।
15And he blessed Joseph, and said, God, before whom my fathers Abraham and Isaac did walk, the God which fed me all my life long unto this day,
16उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
16The Angel which redeemed me from all evil, bless the lads; and let my name be named on them, and the name of my fathers Abraham and Isaac; and let them grow into a multitude in the midst of the earth.
17यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते।
17And when Joseph saw that his father laid his right hand upon the head of Ephraim, it displeased him: and he held up his father's hand, to remove it from Ephraim's head unto Manasseh's head.
18यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”
18And Joseph said unto his father, Not so, my father: for this is the firstborn; put thy right hand upon his head.
19तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”
19And his father refused, and said, I know it, my son, I know it: he also shall become a people, and he also shall be great: but truly his younger brother shall be greater than he, and his seed shall become a multitude of nations.
20यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने, “जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा, तिमीहरूको नाउँ उच्चारण गर्नेछन्। तिनीहरूले भन्नेछन्, परमेश्वरले तिमीहरूलाई पनि एप्रैम र मनश्शे झैं महान बनाउन्।” यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।
20And he blessed them that day, saying, In thee shall Israel bless, saying, God make thee as Ephraim and as Manasseh: and he set Ephraim before Manasseh.
21तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो आन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैं सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ। 22जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जिते।”
21And Israel said unto Joseph, Behold, I die: but God shall be with you, and bring you again unto the land of your fathers.
22[This verse may not be a part of this translation]
22Moreover I have given to thee one portion above thy brethren, which I took out of the hand of the Amorite with my sword and with my bow.