1परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यइदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।
1The word of the LORD that came unto Hosea, the son of Beeri, in the days of Uzziah, Jotham, Ahaz, and Hezekiah, kings of Judah, and in the days of Jeroboam the son of Joash, king of Israel.
2परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ किन? किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
2The beginning of the word of the LORD by Hosea. And the LORD said to Hosea, Go, take unto thee a wife of whoredoms and children of whoredoms: for the land hath committed great whoredom, departing from the LORD.
3यसकारण होशेले दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई।
3So he went and took Gomer the daughter of Diblaim; which conceived, and bare him a son.
4परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किन? किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु।
4And the LORD said unto him, Call his name Jezreel; for yet a little while, and I will avenge the blood of Jezreel upon the house of Jehu, and will cause to cease the kingdom of the house of Israel.
5त्यस समय यिज्रेलको बेंसीमा म इस्राएलको धनु भाँचिदिनेछु।”
5And it shall come to pass at that day, that I will break the bow of Israel, in the valley of Jezreel.
6तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किन? किनभने म अब इस्राएलको जाति प्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु।
6And she conceived again, and bare a daughter. And God said unto him, Call her name Loruhamah: for I will no more have mercy upon the house of Israel; but I will utterly take them away.
7बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै उपयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।
7But I will have mercy upon the house of Judah, and will save them by the LORD their God, and will not save them by bow, nor by sword, nor by battle, by horses, nor by horsemen.
8गोमेरले लो-रूहामलाई दूध छोडाएकी मात्र थिई फेरि गर्भवती भएर एउटा अर्को छोरा जन्माई।
8Now when she had weaned Loruhamah, she conceived, and bare a son.
9तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”
9Then said God, Call his name Loammi: for ye are not my people, and I will not be your God.
10“भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’
10Yet the number of the children of Israel shall be as the sand of the sea, which cannot be measured nor numbered; and it shall come to pass, that in the place where it was said unto them, Ye are not my people, there it shall be said unto them, Ye are the sons of the living God.
11तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”
11Then shall the children of Judah and the children of Israel be gathered together, and appoint themselves one head, and they shall come up out of the land: for great shall be the day of Jezreel.