Nepali

King James Version

Hosea

6

1“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
1Come, and let us return unto the LORD: for he hath torn, and he will heal us; he hath smitten, and he will bind us up.
2दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं।
2After two days will he revive us: in the third day he will raise us up, and we shall live in his sight.
3आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”
3Then shall we know, if we follow on to know the LORD: his going forth is prepared as the morning; and he shall come unto us as the rain, as the latter and former rain unto the earth.
4“ए एप्रैम, म तिमीलाई के गरूँ? ए यहूदा म तिमीलाई के गरूँ? किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै र बिलिने शीत जस्तै छ।
4O Ephraim, what shall I do unto thee? O Judah, what shall I do unto thee? for your goodness is as a morning cloud, and as the early dew it goeth away.
5यसैकारण मैले तिनीहरूमाथि अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
5Therefore have I hewed them by the prophets; I have slain them by the words of my mouth: and thy judgments are as the light that goeth forth.
6किनभने म अमर प्रेम चाहन्छु बलिदान होइन अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा परमेश्वरलाई बेशी जानुन्।
6For I desired mercy, and not sacrifice; and the knowledge of God more than burnt offerings.
7तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।
7But they like men have transgressed the covenant: there have they dealt treacherously against me.
8गिलाद अधर्मीहरूको शहर हो। त्यो रगतले भरिएको छ।
8Gilead is a city of them that work iniquity, and is polluted with blood.
9जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
9And as troops of robbers wait for a man, so the company of priests murder in the way by consent: for they commit lewdness.
10इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु, एप्रैमको वेश्यावृत्ति त्यहाँ छ। इस्राएल अशुद्ध भएको छ।
10I have seen an horrible thing in the house of Israel: there is the whoredom of Ephraim, Israel is defiled.
11ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ। त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”
11Also, O Judah, he hath set an harvest for thee, when I returned the captivity of my people.