1“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।
1Set the trumpet to thy mouth. He shall come as an eagle against the house of the LORD, because they have transgressed my covenant, and trespassed against my law.
2तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’
2Israel shall cry unto me, My God, we know thee.
3जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ।
3Israel hath cast off the thing that is good: the enemy shall pursue him.
4तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।
4They have set up kings, but not by me: they have made princes, and I knew it not: of their silver and their gold have they made them idols, that they may be cut off.
5ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?
5Thy calf, O Samaria, hath cast thee off; mine anger is kindled against them: how long will it be ere they attain to innocency?
6एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ।
6For from Israel was it also: the workman made it; therefore it is not God: but the calf of Samaria shall be broken in pieces.
7तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।
7For they have sown the wind, and they shall reap the whirlwind: it hath no stalk; the bud shall yield no meal: if so be it yield, the strangers shall swallow it up.
8इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्।
8Israel is swallowed up: now shall they be among the Gentiles as a vessel wherein is no pleasure.
9वन-गधा आफै एक्लै हिँडिरहे झैं तिनीहरू अश्शूरमा गए। एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।
9For they are gone up to Assyria, a wild ass alone by himself: Ephraim hath hired lovers.
10अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु, राजा र भारादारहरूलाई अभिषेक गर्न केही समयका निम्ति तिनीहरू रोकिन्छन्।
10Yea, though they have hired among the nations, now will I gather them, and they shall sorrow a little for the burden of the king of princes.
11एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो। ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।
11Because Ephraim hath made many altars to sin, altars shall be unto him to sin.
12मैले त्यसका निम्ति मेरो व्यवस्थामा लाखौं विधिहरू लेखें तापनि ती कुरा बीराना ठानिनेछन्।
12I have written to him the great things of my law, but they were counted as a strange thing.
13मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।
13They sacrifice flesh for the sacrifices of mine offerings, and eat it; but the LORD accepteth them not; now will he remember their iniquity, and visit their sins: they shall return to Egypt.
14किनभने इस्राएलले आफ्ना सृष्टिकर्त्तालाई बिर्सेर महलहरू बनायो औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो। तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”
14For Israel hath forgotten his Maker, and buildeth temples; and Judah hath multiplied fenced cities: but I will send a fire upon his cities, and it shall devour the palaces thereof.