Nepali

King James Version

Isaiah

15

1यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।
1The burden of Moab. Because in the night Ar of Moab is laid waste, and brought to silence; because in the night Kir of Moab is laid waste, and brought to silence;
2राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
2He is gone up to Bajith, and to Dibon, the high places, to weep: Moab shall howl over Nebo, and over Medeba: on all their heads shall be baldness, and every beard cut off.
3मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर रूँदै कराउँदै हिँडे।
3In their streets they shall gird themselves with sackcloth: on the tops of their houses, and in their streets, every one shall howl, weeping abundantly.
4हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू र्तसिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।
4And Heshbon shall cry, and Elealeh: their voice shall be heard even unto Jahaz: therefore the armed soldiers of Moab shall cry out; his life shall be grievous unto him.
5मेरो हृदय मोआबको निम्ति रून्छ। उसका मानिसहरू सुरक्षाका निम्ति भागे। तिनीहरू सोअर तर्फ भागे। तिनीहरू एग्लत शलीशियाह तर्फ भागे। मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि रूदै चिच्याउँदै चढे। होरोनैमा उक्ँलिदा तिनीहरू चिच्याउँदै गए।
5My heart shall cry out for Moab; his fugitives shall flee unto Zoar, an heifer of three years old: for by the mounting up of Luhith with weeping shall they go it up; for in the way of Horonaim they shall raise up a cry of destruction.
6तर निम्रीम खोला मरूभूमि जस्तो सुक्खा छ। सारा वनस्पति मरे र हरियो भन्ने केही थिएन।
6For the waters of Nimrim shall be desolate: for the hay is withered away, the grass faileth, there is no green thing.
7यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए। तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।
7Therefore the abundance they have gotten, and that which they have laid up, shall they carry away to the brook of the willows.
8मोआबभरि रोएको सुन्न सकिन्छ। अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।
8For the cry is gone round about the borders of Moab; the howling thereof unto Eglaim, and the howling thereof unto Beerelim.
9दीमोनको पानी रगतले भरिएकोछ अनि म अझै दीमोनमा कष्ट ल्याउँछु। मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे। तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।
9For the waters of Dimon shall be full of blood: for I will bring more upon Dimon, lions upon him that escapeth of Moab, and upon the remnant of the land.