Nepali

King James Version

Isaiah

23

1सोरको विषयमा शोक सन्देश “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ। जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो जब तिनीहरू कित्तिमहरूको भूमिबाट आफ्नो लक्ष्यतिर गईरहेका थिए।
1The burden of Tyre. Howl, ye ships of Tarshish; for it is laid waste, so that there is no house, no entering in: from the land of Chittim it is revealed to them.
2हे समुद्र नजिकका वासिन्दाहरू हो! तिमीहरू रोकिनु पर्छ र दुखी हुनु पर्छ। सोर “सीदोनका व्यापारी” थियो। त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो र ती मानिसहरू धनी भए।
2Be still, ye inhabitants of the isle; thou whom the merchants of Zidon, that pass over the sea, have replenished.
3ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे। ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन् जुन नील नदी छेउमा उब्जन्थ्यो र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।
3And by great waters the seed of Sihor, the harvest of the river, is her revenue; and she is a mart of nations.
4सीदोन, तिमी अत्यन्त दुखीत हुनुपर्नेछ। किन? किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ, ‘मेरा नानीहरू छैनन्। मसित प्रसव पीडाको अनुभव छैन। मैले नानीहरूलाई जन्म दिएको छैन। मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।’
4Be thou ashamed, O Zidon: for the sea hath spoken, even the strength of the sea, saying, I travail not, nor bring forth children, neither do I nourish up young men, nor bring up virgins.
5मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दुखी पार्नेछ।
5As at the report concerning Egypt, so shall they be sorely pained at the report of Tyre.
6हे जहाजहरू! तर्शीशमा फर्क। हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ।
6Pass ye over to Tarshish; howl, ye inhabitants of the isle.
7अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ। त्यो शहर शुरूदेखि नै बढिरहेकोछ। त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।
7Is this your joyous city, whose antiquity is of ancient days? her own feet shall carry her afar off to sojourn.
8सोर शहरले धैरे अगुवाहरू जन्मायो। त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्। मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो। यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो?
8Who hath taken this counsel against Tyre, the crowning city, whose merchants are princes, whose traffickers are the honourable of the earth?
9उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।
9The LORD of hosts hath purposed it, to stain the pride of all glory, and to bring into contempt all the honourable of the earth.
10हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ। सानो नदी सम्झेर समुद्र पार गर, अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।
10Pass through thy land as a river, O daughter of Tarshish: there is no more strength.
11परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई राज्यहरू भेला गर्नुभयो। परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ ध्वंस पार्नलाई आज्ञा गर्नुभयो।
11He stretched out his hand over the sea, he shook the kingdoms: the LORD hath given a commandment against the merchant city, to destroy the strong holds thereof.
12परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ। तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।” तर सोरका मानिसहरू भन्दछन्, “कित्तिमहरूले हामीलाई साथ दिनेछ!” तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।
12And he said, Thou shalt no more rejoice, O thou oppressed virgin, daughter of Zidon: arise, pass over to Chittim; there also shalt thou have no rest.
13यसैले सोरका मानिसहरू भन्दछन्, “बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!” तर कल्दीहरूको देशलाई हेर! बाबेल अब देश रहेन। अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे। सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए। अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो। तिनीहरूले बाबेललाई एउटा खण्डहरूमा परिणत गरे।
13Behold the land of the Chaldeans; this people was not, till the Assyrian founded it for them that dwell in the wilderness: they set up the towers thereof, they raised up the palaces thereof; and he brought it to ruin.
14यसैले, दुखी बन, तर्शीशबाट - आएका जहाजहरू तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर ध्वंस हुनेछ।
14Howl, ye ships of Tarshish: for your strength is laid waste.
15मानिसहरूले सत्तरी वर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी वर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।
15And it shall come to pass in that day, that Tyre shall be forgotten seventy years, according to the days of one king: after the end of seventy years shall Tyre sing as an harlot.
16हे पुरूषहरूले छोडेका नारीहरू! आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिंड। आफ्नो गीतका धुन उचित ढंगले बजाऊ। आफ्नो गीत गाऊ। तब तिम्रा पुरूषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।
16Take an harp, go about the city, thou harlot that hast been forgotten; make sweet melody, sing many songs, that thou mayest be remembered.
17सत्तरी वर्षपछि, परमप्रभुले सोरको विषयमा पुर्नविचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ।
17And it shall come to pass after the end of seventy years, that the LORD will visit Tyre, and she shall turn to her hire, and shall commit fornication with all the kingdoms of the world upon the face of the earth.
18तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।
18And her merchandise and her hire shall be holiness to the LORD: it shall not be treasured nor laid up; for her merchandise shall be for them that dwell before the LORD, to eat sufficiently, and for durable clothing.