Nepali

King James Version

Isaiah

58

1तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।
1Cry aloud, spare not, lift up thy voice like a trumpet, and shew my people their transgression, and the house of Jacob their sins.
2तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफै प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुसरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।
2Yet they seek me daily, and delight to know my ways, as a nation that did righteousness, and forsook not the ordinance of their God: they ask of me the ordinances of justice; they take delight in approaching to God.
3अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?” तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ।
3Wherefore have we fasted, say they, and thou seest not? wherefore have we afflicted our soul, and thou takest no knowledge? Behold, in the day of your fast ye find pleasure, and exact all your labours.
4तिमीहरू भोको छौ, तर भोजनको लागि होइन्। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छौ। जब तिमीहरूले भोजन खान छोडयौ त्यो मेरो लागि होइन्। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउन उपयोग गरेनौ।
4Behold, ye fast for strife and debate, and to smite with the fist of wickedness: ye shall not fast as ye do this day, to make your voice to be heard on high.
5के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?
5Is it such a fast that I have chosen? a day for a man to afflict his soul? is it to bow down his head as a bulrush, and to spread sackcloth and ashes under him? wilt thou call this a fast, and an acceptable day to the LORD?
6“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।
6Is not this the fast that I have chosen? to loose the bands of wickedness, to undo the heavy burdens, and to let the oppressed go free, and that ye break every yoke?
7म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”
7Is it not to deal thy bread to the hungry, and that thou bring the poor that are cast out to thy house? when thou seest the naked, that thou cover him; and that thou hide not thyself from thine own flesh?
8यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ!
8Then shall thy light break forth as the morning, and thine health shall spring forth speedily: and thy righteousness shall go before thee; the glory of the LORD shall be thy rereward.
9त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।” तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।
9Then shalt thou call, and the LORD shall answer; thou shalt cry, and he shall say, Here I am. If thou take away from the midst of thee the yoke, the putting forth of the finger, and speaking vanity;
10तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।
10And if thou draw out thy soul to the hungry, and satisfy the afflicted soul; then shall thy light rise in obscurity, and thy darkness be as the noon day:
11परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।
11And the LORD shall guide thee continually, and satisfy thy soul in drought, and make fat thy bones: and thou shalt be like a watered garden, and like a spring of water, whose waters fail not.
12तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”
12And they that shall be of thee shall build the old waste places: thou shalt raise up the foundations of many generations; and thou shalt be called, The repairer of the breach, The restorer of paths to dwell in.
13त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।
13If thou turn away thy foot from the sabbath, from doing thy pleasure on my holy day; and call the sabbath a delight, the holy of the LORD, honourable; and shalt honour him, not doing thine own ways, nor finding thine own pleasure, nor speaking thine own words:
14त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए। परमप्रभु आफैले ती कुराहरू भन्नुभयो।
14Then shalt thou delight thyself in the LORD; and I will cause thee to ride upon the high places of the earth, and feed thee with the heritage of Jacob thy father: for the mouth of the LORD hath spoken it.