1पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।
1Now Pashur the son of Immer the priest, who was also chief governor in the house of the LORD, heard that Jeremiah prophesied these things.
2यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।
2Then Pashur smote Jeremiah the prophet, and put him in the stocks that were in the high gate of Benjamin, which was by the house of the LORD.
3अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, डरले घेरिएको।
3And it came to pass on the morrow, that Pashur brought forth Jeremiah out of the stocks. Then said Jeremiah unto him, The LORD hath not called thy name Pashur, but Magormissabib.
4यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।
4For thus saith the LORD, Behold, I will make thee a terror to thyself, and to all thy friends: and they shall fall by the sword of their enemies, and thine eyes shall behold it: and I will give all Judah into the hand of the king of Babylon, and he shall carry them captive into Babylon, and shall slay them with the sword.
5शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।
5Moreover I will deliver all the strength of this city, and all the labours thereof, and all the precious things thereof, and all the treasures of the kings of Judah will I give into the hand of their enemies, which shall spoil them, and take them, and carry them to Babylon.
6तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।”‘
6And thou, Pashur, and all that dwell in thine house shall go into captivity: and thou shalt come to Babylon, and there thou shalt die, and shalt be buried there, thou, and all thy friends, to whom thou hast prophesied lies.
7हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।
7O LORD, thou hast deceived me, and I was deceived; thou art stronger than I, and hast prevailed: I am in derision daily, every one mocketh me.
8जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उढाउछन्।
8For since I spake, I cried out, I cried violence and spoil; because the word of the LORD was made a reproach unto me, and a derision, daily.
9कहिले काँही म स्वयंलाई भन्छु, “म परमप्रभु विषयमा सबै भुल्नेछु अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।” तर जब म त्यसो भन्छु, परमप्रभुको वचनहरू मेरो हड्डीभित्र आगो जलिरहे झैं म भित्र बल्छ। यसले मलाई थकाउछ अनि म सहन सक्तिन।
9Then I said, I will not make mention of him, nor speak any more in his name. But his word was in mine heart as a burning fire shut up in my bones, and I was weary with forbearing, and I could not stay.
10म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”
10For I heard the defaming of many, fear on every side. Report, say they, and we will report it. All my familiars watched for my halting, saying, Peradventure he will be enticed, and we shall prevail against him, and we shall take our revenge on him.
11तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू जो मेरो पछि लागेकाछन् तिनीहरू लट्पटिनेछन् अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।
11But the LORD is with me as a mighty terrible one: therefore my persecutors shall stumble, and they shall not prevail: they shall be greatly ashamed; for they shall not prosper: their everlasting confusion shall never be forgotten.
12हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।
12But, O LORD of hosts, that triest the righteous, and seest the reins and the heart, let me see thy vengeance on them: for unto thee have I opened my cause.
13परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।
13Sing unto the LORD, praise ye the LORD: for he hath delivered the soul of the poor from the hand of evildoers.
14म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
14Cursed be the day wherein I was born: let not the day wherein my mother bare me be blessed.
15त्यो मानिस श्रापित होस् जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।” उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।
15Cursed be the man who brought tidings to my father, saying, A man child is born unto thee; making him very glad.
16त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्। ती शहरहरूमाथि परमप्रभुको दया छैन। त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्, अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।
16And let that man be as the cities which the LORD overthrew, and repented not: and let him hear the cry in the morning, and the shouting at noontide;
17किनभने जब म आमाको गर्भमा थिएँ त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए मेरी आमा मेरो चिहान हुने थिइन। तिनी सधैंको लागि गर्भवती रहने थिइन।
17Because he slew me not from the womb; or that my mother might have been my grave, and her womb to be always great with me.
18यी सब शोकहरू र संकटहरू भोग्न अनि लज्जित भएर दिन बिताउन मेरी आमाको गर्भबाट म किन जन्मे?
18Wherefore came I forth out of the womb to see labour and sorrow, that my days should be consumed with shame?