1त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
1And it came to pass the same year, in the beginning of the reign of Zedekiah king of Judah, in the fourth year, and in the fifth month, that Hananiah the son of Azur the prophet, which was of Gibeon, spake unto me in the house of the LORD, in the presence of the priests and of all the people, saying,
2“सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाच्नेछु।
2Thus speaketh the LORD of hosts, the God of Israel, saying, I have broken the yoke of the king of Babylon.
3दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।
3Within two full years will I bring again into this place all the vessels of the LORD's house, that Nebuchadnezzar king of Babylon took away from this place, and carried them to Babylon:
4म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘
4And I will bring again to this place Jeconiah the son of Jehoiakim king of Judah, with all the captives of Judah, that went into Babylon, saith the LORD: for I will break the yoke of the king of Babylon.
5तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए।
5Then the prophet Jeremiah said unto the prophet Hananiah in the presence of the priests, and in the presence of all the people that stood in the house of the LORD,
6अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।
6Even the prophet Jeremiah said, Amen: the LORD do so: the LORD perform thy words which thou hast prophesied, to bring again the vessels of the LORD's house, and all that is carried away captive, from Babylon into this place.
7“हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन।
7Nevertheless hear thou now this word that I speak in thine ears, and in the ears of all the people;
8हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए।
8The prophets that have been before me and before thee of old prophesied both against many countries, and against great kingdoms, of war, and of evil, and of pestilence.
9तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”
9The prophet which prophesieth of peace, when the word of the prophet shall come to pass, then shall the prophet be known, that the LORD hath truly sent him.
10यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए।
10Then Hananiah the prophet took the yoke from off the prophet Jeremiah's neck, and brake it.
11तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जूवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भाँचि दिन्छु।”‘ त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।
11And Hananiah spake in the presence of all the people, saying, Thus saith the LORD; Even so will I break the yoke of Nebuchadnezzar king of Babylon from the neck of all nations within the space of two full years. And the prophet Jeremiah went his way.
12जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो।
12Then the word of the LORD came unto Jeremiah the prophet, after that Hananiah the prophet had broken the yoke from off the neck of the prophet Jeremiah, saying,
13परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।’
13Go and tell Hananiah, saying, Thus saith the LORD; Thou hast broken the yokes of wood; but thou shalt make for them yokes of iron.
14सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘म सारा जातिहरूका काँघमा फलामको जूवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जानवर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।”‘
14For thus saith the LORD of hosts, the God of Israel; I have put a yoke of iron upon the neck of all these nations, that they may serve Nebuchadnezzar king of Babylon; and they shall serve him: and I have given him the beasts of the field also.
15तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।
15Then said the prophet Jeremiah unto Hananiah the prophet, Hear now, Hananiah; The LORD hath not sent thee; but thou makest this people to trust in a lie.
16यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही वर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भडकायौ।”‘
16Therefore thus saith the LORD; Behold, I will cast thee from off the face of the earth: this year thou shalt die, because thou hast taught rebellion against the LORD.
17अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।
17So Hananiah the prophet died the same year in the seventh month.