1परमप्रभु भन्नुहुन्छ, “म एक शक्तिशाली हावा बाबेल र ‘लेब कामीका’ बासिन्दाहरू माथि बहाउनेछु।
1Thus saith the LORD; Behold, I will raise up against Babylon, and against them that dwell in the midst of them that rise up against me, a destroying wind;
2म बाबेलमा विदेशीहरू पठाउनेछु अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ र उसको जमीन ध्वंस पार्नेछ। तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।
2And will send unto Babylon fanners, that shall fan her, and shall empty her land: for in the day of trouble they shall be against her round about.
3बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका तन्हेदेहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।
3Against him that bendeth let the archer bend his bow, and against him that lifteth himself up in his brigandine: and spare ye not her young men; destroy ye utterly all her host.
4बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन् तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”
4Thus the slain shall fall in the land of the Chaldeans, and they that are thrust through in her streets.
5इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोडनु हुन्न।
5For Israel hath not been forsaken, nor Judah of his God, of the LORD of hosts; though their land was filled with sin against the Holy One of Israel.
6बाबेलदेखि भाग। प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
6Flee out of the midst of Babylon, and deliver every man his soul: be not cut off in her iniquity; for this is the time of the LORD's vengeance; he will render unto her a recompence.
7बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।
7Babylon hath been a golden cup in the LORD's hand, that made all the earth drunken: the nations have drunken of her wine; therefore the nations are mad.
8तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।
8Babylon is suddenly fallen and destroyed: howl for her; take balm for her pain, if so be she may be healed.
9हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ, तर त्यो निको हुन सकेन यसकारण हामीले त्यसलाई छोडौ अनि हामी आफ्नै देशमा जाऊ। किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ अनि बादलसम्म पुग्नेछ।
9We would have healed Babylon, but she is not healed: forsake her, and let us go every one into his own country: for her judgment reacheth unto heaven, and is lifted up even to the skies.
10परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो। आऊ, हामी सियोन जाऊ र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।
10The LORD hath brought forth our righteousness: come, and let us declare in Zion the work of the LORD our God.
11काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
11Make bright the arrows; gather the shields: the LORD hath raised up the spirit of the kings of the Medes: for his device is against Babylon, to destroy it; because it is the vengeance of the LORD, the vengeance of his temple.
12बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ।
12Set up the standard upon the walls of Babylon, make the watch strong, set up the watchmen, prepare the ambushes: for the LORD hath both devised and done that which he spake against the inhabitants of Babylon.
13बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ। तर तिम्रो अन्त आएको छ। यो तिम्रो ध्वंस हुने बेला हो।
13O thou that dwellest upon many waters, abundant in treasures, thine end is come, and the measure of thy covetousness.
14सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो “बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु। तिनीहरू सलहहरू जतिकै हुनेछन्। तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन् र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”
14The LORD of hosts hath sworn by himself, saying, Surely I will fill thee with men, as with caterpillers; and they shall lift up a shout against thee.
15परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो। उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो र उहाँले आफ्नो सुझ बुद्धिले आकाशलाई फैलाउनु भयो।
15He hath made the earth by his power, he hath established the world by his wisdom, and hath stretched out the heaven by his understanding.
16जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले वर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।
16When he uttereth his voice, there is a multitude of waters in the heavens; and he causeth the vapours to ascend from the ends of the earth: he maketh lightnings with rain, and bringeth forth the wind out of his treasures.
17तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन, हरेक मानिस जसले मूर्ति बनाउछ उसलाई लज्जित पारिन्छ किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्। तिनीहरूमा जीवन छैन।
17Every man is brutish by his knowledge; every founder is confounded by the graven image: for his molten image is falsehood, and there is no breath in them.
18तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्।
18They are vanity, the work of errors: in the time of their visitation they shall perish.
19याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
19The portion of Jacob is not like them; for he is the former of all things: and Israel is the rod of his inheritance: the LORD of hosts is his name.
20परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
20Thou art my battle axe and weapons of war: for with thee will I break in pieces the nations, and with thee will I destroy kingdoms;
21मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ। मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें।
21And with thee will I break in pieces the horse and his rider; and with thee will I break in pieces the chariot and his rider;
22मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।
22With thee also will I break in pieces man and woman; and with thee will I break in pieces old and young; and with thee will I break in pieces the young man and the maid;
23मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।
23I will also break in pieces with thee the shepherd and his flock; and with thee will I break in pieces the husbandman and his yoke of oxen; and with thee will I break in pieces captains and rulers.
24तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ।
24And I will render unto Babylon and to all the inhabitants of Chaldea all their evil that they have done in Zion in your sight, saith the LORD.
25परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।
25Behold, I am against thee, O destroying mountain, saith the LORD, which destroyest all the earth: and I will stretch out mine hand upon thee, and roll thee down from the rocks, and will make thee a burnt mountain.
26आफ्नो मन्दिरको लागि कुने ढुङ्गा अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैंका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो।
26And they shall not take of thee a stone for a corner, nor a stone for foundations; but thou shalt be desolate for ever, saith the LORD.
27“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
27Set ye up a standard in the land, blow the trumpet among the nations, prepare the nations against her, call together against her the kingdoms of Ararat, Minni, and Ashchenaz; appoint a captain against her; cause the horses to come up as the rough caterpillers.
28उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार।
28Prepare against her the nations with the kings of the Medes, the captains thereof, and all the rulers thereof, and all the land of his dominion.
29जब बाबेललाई जुन शून्य उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ।
29And the land shall tremble and sorrow: for every purpose of the LORD shall be performed against Babylon, to make the land of Babylon a desolation without an inhabitant.
30बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
30The mighty men of Babylon have forborn to fight, they have remained in their holds: their might hath failed; they became as women: they have burned her dwellingplaces; her bars are broken.
31एक सन्देशवाहकको पछि अर्को सन्देशवाहक जान्छ अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ।
31One post shall run to meet another, and one messenger to meet another, to shew the king of Babylon that his city is taken at one end,
32चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”
32And that the passages are stopped, and the reeds they have burned with fire, and the men of war are affrighted.
33सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”
33For thus saith the LORD of hosts, the God of Israel; The daughter of Babylon is like a threshingfloor, it is time to thresh her: yet a little while, and the time of her harvest shall come.
34सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।
34Nebuchadrezzar the king of Babylon hath devoured me, he hath crushed me, he hath made me an empty vessel, he hath swallowed me up like a dragon, he hath filled his belly with my delicates, he hath cast me out.
35बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो। अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौ।” यरूशलेमका मानिसहरू भन्छन्, “हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्।”
35The violence done to me and to my flesh be upon Babylon, shall the inhabitant of Zion say; and my blood upon the inhabitants of Chaldea, shall Jerusalem say.
36यसकारण परमप्रभु भन्नुहुन्छ “यहूदा! म तिमीहरूको मामला लिनेछु र प्रतिशोध गर्नेछु। म बाबेलको समुद्र सुकाइदिनेछु अनि झरनाहरू सुकाइदिनेछु।
36Therefore thus saith the LORD; Behold, I will plead thy cause, and take vengeance for thee; and I will dry up her sea, and make her springs dry.
37बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।
37And Babylon shall become heaps, a dwellingplace for dragons, an astonishment, and an hissing, without an inhabitant.
38बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डमरूहरूझै र्गजिन्छन्।
38They shall roar together like lions: they shall yell as lions' whelps.
39जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
39In their heat I will make their feasts, and I will make them drunken, that they may rejoice, and sleep a perpetual sleep, and not wake, saith the LORD.
40“बाबेल भेडा-भेडी र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछन्। तिनीहरूलाई म कसाइखानमा डोर्याउनेछु।
40I will bring them down like lambs to the slaughter, like rams with he goats.
41‘शीशक’ परास्त हुनेछ। सारा पृथ्वीको गौरवको र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
41How is Sheshach taken! and how is the praise of the whole earth surprised! how is Babylon become an astonishment among the nations!
42समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
42The sea is come up upon Babylon: she is covered with the multitude of the waves thereof.
43बाबेलका शहरहरू ध्वंश पारिनेछन। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरूभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैन्।
43Her cities are a desolation, a dry land, and a wilderness, a land wherein no man dwelleth, neither doth any son of man pass thereby.
44म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ।
44And I will punish Bel in Babylon, and I will bring forth out of his mouth that which he hath swallowed up: and the nations shall not flow together any more unto him: yea, the wall of Babylon shall fall.
45हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।
45My people, go ye out of the midst of her, and deliver ye every man his soul from the fierce anger of the LORD.
46हे मेरा मानिसहरू हो, नडराऊ। उडान्त कुराहरू फैलिनेछ तर नडराऊ। यो वर्षमा एउटा उडान्त कुरा आउनेछ; अनि अर्को वर्षमा अर्को आउनेछ, यस भूमिमा हिंसाको उडन्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
46And lest your heart faint, and ye fear for the rumour that shall be heard in the land; a rumour shall both come one year, and after that in another year shall come a rumour, and violence in the land, ruler against ruler.
47निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्।
47Therefore, behold, the days come, that I will do judgment upon the graven images of Babylon: and her whole land shall be confounded, and all her slain shall fall in the midst of her.
48तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
48Then the heaven and the earth, and all that is therein, shall sing for Babylon: for the spoilers shall come unto her from the north, saith the LORD.
49“बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे। बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे। यसकारण बाबेलको पतन हुनै पर्छ।
49As Babylon hath caused the slain of Israel to fall, so at Babylon shall fall the slain of all the earth.
50तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ।
50Ye that have escaped the sword, go away, stand not still: remember the LORD afar off, and let Jerusalem come into your mind.
51हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं। हामी अपमानित भएकाछौं र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”
51We are confounded, because we have heard reproach: shame hath covered our faces: for strangers are come into the sanctuaries of the LORD's house.
52परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।
52Wherefore, behold, the days come, saith the LORD, that I will do judgment upon her graven images: and through all her land the wounded shall groan.
53स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो।
53Though Babylon should mount up to heaven, and though she should fortify the height of her strength, yet from me shall spoilers come unto her, saith the LORD.
54“हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।
54A sound of a cry cometh from Babylon, and great destruction from the land of the Chaldeans:
55परमप्रभुले बाबेललाई ध्वंस गरिदिनु हुन्छ उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ, शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्। पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्।
55Because the LORD hath spoiled Babylon, and destroyed out of her the great voice; when her waves do roar like great waters, a noise of their voice is uttered:
56सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।
56Because the spoiler is come upon her, even upon Babylon, and her mighty men are taken, every one of their bows is broken: for the LORD God of recompences shall surely requite.
57म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
57And I will make drunk her princes, and her wise men, her captains, and her rulers, and her mighty men: and they shall sleep a perpetual sleep, and not wake, saith the King, whose name is the LORD of hosts.
58सेनाहरूका परमप्रभु भन्नुहुन्छ “बाबेलको बाक्लो, बलियो पर्खाल तल झारिनेछ। उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ। बाबेलका मानिसहरू व्यर्थमा कठोर परिश्रम गर्दछन्। जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”
58Thus saith the LORD of hosts; The broad walls of Babylon shall be utterly broken, and her high gates shall be burned with fire; and the people shall labour in vain, and the folk in the fire, and they shall be weary.
59यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।
59The word which Jeremiah the prophet commanded Seraiah the son of Neriah, the son of Maaseiah, when he went with Zedekiah the king of Judah into Babylon in the fourth year of his reign. And this Seraiah was a quiet prince.
60यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।
60So Jeremiah wrote in a book all the evil that should come upon Babylon, even all these words that are written against Babylon.
61यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।
61And Jeremiah said to Seraiah, When thou comest to Babylon, and shalt see, and shalt read all these words;
62तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’
62Then shalt thou say, O LORD, thou hast spoken against this place, to cut it off, that none shall remain in it, neither man nor beast, but that it shall be desolate for ever.
63यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ।
63And it shall be, when thou hast made an end of reading this book, that thou shalt bind a stone to it, and cast it into the midst of Euphrates:
64त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।”‘ यर्मीयाका सन्देश यहाँ समाप्त हुन्छन्।
64And thou shalt say, Thus shall Babylon sink, and shall not rise from the evil that I will bring upon her: and they shall be weary. Thus far are the words of Jeremiah.