1तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः
1Furthermore Elihu answered and said,
2“तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ। तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।
2Hear my words, O ye wise men; and give ear unto me, ye that have knowledge.
3जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।
3For the ear trieth words, as the mouth tasteth meat.
4यसकारण यी तर्कहरूको परीक्षण गरौं अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं। हामी आफै हाम्रा निम्ति के असल हो जानौं।
4Let us choose to us judgment: let us know among ourselves what is good.
5अय्यूब भन्छन्, ‘म निर्दोष छु। अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।
5For Job hath said, I am righteous: and God hath taken away my judgment.
6म निर्दोष छु तर मलाई झूटो मानिएकोछ। म निर्दोष छु तर म नराम्रो प्रकारले व्यथित छु।’
6Should I lie against my right? my wound is incurable without transgression.
7के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
7What man is like Job, who drinketh up scorning like water?
8दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ। अय्यूब दुष्टहरूसित रहन चाहन्छ।
8Which goeth in company with the workers of iniquity, and walketh with wicked men.
9म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’
9For he hath said, It profiteth a man nothing that he should delight himself with God.
10तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन। परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैंन। सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।
10Therefore hearken unto me ye men of understanding: far be it from God, that he should do wickedness; and from the Almighty, that he should commit iniquity.
11मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ। परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।
11For the work of a man shall he render unto him, and cause every man to find according to his ways.
12यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुदैन। सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।
12Yea, surely God will not do wickedly, neither will the Almighty pervert judgment.
13कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैं नियन्त्रणमा रहनु भयो।
13Who hath given him a charge over the earth? or who hath disposed the whole world?
14यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा र स्वास लैजान चाहनुहुन्छ भने
14If he set his heart upon man, if he gather unto himself his spirit and his breath;
15तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।
15All flesh shall perish together, and man shall turn again unto dust.
16यदि तिमीहरू बुद्धीमानी छौ भने मैले भनेका कुरामा ध्यान दिएर सुन।
16If now thou hast understanding, hear this: hearken to the voice of my words.
17कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।
17Shall even he that hateth right govern? and wilt thou condemn him that is most just?
18परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’ परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’
18Is it fit to say to a king, Thou art wicked? and to princes, Ye are ungodly?
19परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।
19How much less to him that accepteth not the persons of princes, nor regardeth the rich more than the poor? for they all are the work of his hands.
20मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।
20In a moment shall they die, and the people shall be troubled at midnight, and pass away: and the mighty shall be taken away without hand.
21मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।
21For his eyes are upon the ways of man, and he seeth all his goings.
22अनिष्ट कर्म गर्ने मानिसहरूले परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।
22There is no darkness, nor shadow of death, where the workers of iniquity may hide themselves.
23न्यायको लागि परमेश्वरको सामुन्ने जान मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो।)
23For he will not lay upon man more than right; that he should enter into judgment with God.
24यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यकै छैन। परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।
24He shall break in pieces mighty men without number, and set others in their stead.
25यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।
25Therefore he knoweth their works, and he overturneth them in the night, so that they are destroyed.
26परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन। अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।
26He striketh them as wicked men in the open sight of others;
27किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे। अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।
27Because they turned back from him, and would not consider any of his ways:
28ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।
28So that they cause the cry of the poor to come unto him, and he heareth the cry of the afflicted.
29तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
29When he giveth quietness, who then can make trouble? and when he hideth his face, who then can behold him? whether it be done against a nation, or against a man only:
30अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।
30That the hypocrite reign not, lest the people be ensnared.
31त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन् ‘म दोषी हुँ। म अबोप्रान्त पाप गर्ने छैन।
31Surely it is meet to be said unto God, I have borne chastisement, I will not offend any more:
32परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्। यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’
32That which I see not teach thou me: if I have done iniquity, I will do no more.
33अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्। तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ। अय्यूब, यो तिम्रो निर्णय हो, मेरो होइन। मलाई बताऊ तिमी के सोच्छौ।
33Should it be according to thy mind? he will recompense it, whether thou refuse, or whether thou choose; and not I: therefore speak what thou knowest.
34एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ ज्ञानी मानिसले भन्नेछ
34Let men of understanding tell me, and let a wise man hearken unto me.
35‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ। अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’
35Job hath spoken without knowledge, and his words were without wisdom.
36मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो। किन? किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
36My desire is that Job may be tried unto the end because of his answers for wicked men.
37अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो। अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”
37For he addeth rebellion unto his sin, he clappeth his hands among us, and multiplieth his words against God.