Nepali

King James Version

Joel

1

1पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो।
1The word of the LORD that came to Joel the son of Pethuel.
2हे अगुवाहरु हो यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरु हो! तिमीहरु मेरो कुरामा ध्यानदेऊ। के तिमीहरुको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन! के तिमिहरुका पिता-पुर्खाहरुको समयमा कहिले यस्तो घटना घटेको थियो? होइन!
2Hear this, ye old men, and give ear, all ye inhabitants of the land. Hath this been in your days, or even in the days of your fathers?
3तिमीहरुका छोरा-छोरीहरुलाईयो कुरा बताऊ, अनी तिम्रो छोरा-छोरीहरुले उनीहरुका छोरा-छोरीहरुलाई बताउँने छन्। तिमीहरुको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।
3Tell ye your children of it, and let your children tell their children, and their children another generation.
4जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।
4That which the palmerworm hath left hath the locust eaten; and that which the locust hath left hath the cankerworm eaten; and that which the cankerworm hath left hath the caterpiller eaten.
5हे मतवालाहरु! जाग अनि रोऊ! तिमीहरु सबै दाखरस पिउनेहरु हौ, जोडसित रोऊ। किनभने तिमीहरुको मिठो दाखरस अब छैन। अब तिमीहरुले मिठो नयाँ दाखरस पाउने छैनौ।
5Awake, ye drunkards, and weep; and howl, all ye drinkers of wine, because of the new wine; for it is cut off from your mouth.
6एउटा ठुलो अनी शक्तीशाली जातिले मेरो देशलाई आक्रमण गरेका छन्। तिनीहरुका दाँतहरु सिंहका जस्तै छन्। तिनहरुका दाह्राहरु सिंहीनीका जस्तै छन्।
6For a nation is come up upon my land, strong, and without number, whose teeth are the teeth of a lion, and he hath the cheek teeth of a great lion.
7ती मानीसहरुले मेरो दाख बारीहरु नष्ट पारिदिए। दाखको बारी ओइलायो त्यसपछि मर्यौ। ती मनिसहरुले मेरो राम्रो नेभाराका बोटहरु नष्ट पारिदिए। बोटको बोक्रा समेत उप्काई नभएको नाङ्गो पारेर फालिदिए।
7He hath laid my vine waste, and barked my fig tree: he hath made it clean bare, and cast it away; the branches thereof are made white.
8कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्‌रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
8Lament like a virgin girded with sackcloth for the husband of her youth.
9पूजाहारीहरु परमप्रभुका सेवकहरु रोऊ। किनभने अब अन्नबली,र अर्घबली परमप्रभुलाई चढाईनेछ।
9The meat offering and the drink offering is cut off from the house of the LORD; the priests, the LORD's ministers, mourn.
10खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किन? किनभने अन्नहरु सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
10The field is wasted, the land mourneth; for the corn is wasted: the new wine is dried up, the oil languisheth.
11हे किसानहरु! निरास हौ। हे दाखवरीका किसानहरु अच्काली विलाप गर! गहुँ र जौंको निम्ति विलाप गर किनकि खेतको फसलहरु नष्ट भएकोछ।
11Be ye ashamed, O ye husbandmen; howl, O ye vinedressers, for the wheat and for the barley; because the harvest of the field is perished.
12दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरु सुकाइयो। बारिका सबै रुखहरु सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
12The vine is dried up, and the fig tree languisheth; the pomegranate tree, the palm tree also, and the apple tree, even all the trees of the field, are withered: because joy is withered away from the sons of men.
13हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
13Gird yourselves, and lament, ye priests: howl, ye ministers of the altar: come, lie all night in sackcloth, ye ministers of my God: for the meat offering and the drink offering is withholden from the house of your God.
14उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।
14Sanctify ye a fast, call a solemn assembly, gather the elders and all the inhabitants of the land into the house of the LORD your God, and cry unto the LORD,
15त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।
15Alas for the day! for the day of the LORD is at hand, and as a destruction from the Almighty shall it come.
16हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र र्हष हराएर गयो।
16Is not the meat cut off before our eyes, yea, joy and gladness from the house of our God?
17हामीले बिऊहरु त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरु खाली भयो अनि नष्ट भएर गयो।
17The seed is rotten under their clods, the garners are laid desolate, the barns are broken down; for the corn is withered.
18हाम्रा पशुहरु भोकले कराइरहेकाछन्। हाम्रा गाई गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरुले घाँस खान पाउँदैनन्। भेडाहरु पनि मरिरहेका छन्।
18How do the beasts groan! the herds of cattle are perplexed, because they have no pasture; yea, the flocks of sheep are made desolate.
19हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरु आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरु आगोको ज्वालाले जलाई दिए।
19O LORD, to thee will I cry: for the fire hath devoured the pastures of the wilderness, and the flame hath burned all the trees of the field.
20वन पशुहरु पनि तपाईंको सहायता चाहन्छन्। नदीहरु सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।
20The beasts of the field cry also unto thee: for the rivers of waters are dried up, and the fire hath devoured the pastures of the wilderness.