1“मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ।
1These things have I spoken unto you, that ye should not be offended.
2तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्।
2They shall put you out of the synagogues: yea, the time cometh, that whosoever killeth you will think that he doeth God service.
3मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्।
3And these things will they do unto you, because they have not known the Father, nor me.
4यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं। “मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसंगै थिएँ।
4But these things have I told you, that when the time shall come, ye may remember that I told you of them. And these things I said not unto you at the beginning, because I was with you.
5अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’
5But now I go my way to him that sent me; and none of you asketh me, Whither goest thou?
6तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने।
6But because I have said these things unto you, sorrow hath filled your heart.
7तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
7Nevertheless I tell you the truth; It is expedient for you that I go away: for if I go not away, the Comforter will not come unto you; but if I depart, I will send him unto you.
8जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा।
8And when he is come, he will reprove the world of sin, and of righteousness, and of judgment:
9सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्।
9Of sin, because they believe not on me;
10उसले मेरो र्धमिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
10Of righteousness, because I go to my Father, and ye see me no more;
11अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
11Of judgment, because the prince of this world is judged.
12“मलाई अझ तिमीहरूसंग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।
12I have yet many things to say unto you, but ye cannot bear them now.
13तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन् उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।
13Howbeit when he, the Spirit of truth, is come, he will guide you into all truth: for he shall not speak of himself; but whatsoever he shall hear, that shall he speak: and he will shew you things to come.
14सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासंग छन् ती सबै मेरा हुन्।
14He shall glorify me: for he shall receive of mine, and shall shew it unto you.
15त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
15All things that the Father hath are mine: therefore said I, that he shall take of mine, and shall shew it unto you.
16“केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”
16A little while, and ye shall not see me: and again, a little while, and ye shall see me, because I go to the Father.
17कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ ‘त्यसो जब भन्नुहुन्छ म पिताकहाँ जादैछु त्यसको अर्थ के हो?”
17Then said some of his disciples among themselves, What is this that he saith unto us, A little while, and ye shall not see me: and again, a little while, and ye shall see me: and, Because I go to the Father?
18चेलाहरूले सोधे, “केही बेरपछि भन्नुको ‘उहाँको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझेनौ।”
18They said therefore, What is this that he saith, A little while? we cannot tell what he saith.
19येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ?
19Now Jesus knew that they were desirous to ask him, and said unto them, Do ye enquire among yourselves of that I said, A little while, and ye shall not see me: and again, a little while, and ye shall see me?
20म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
20Verily, verily, I say unto you, That ye shall weep and lament, but the world shall rejoice: and ye shall be sorrowful, but your sorrow shall be turned into joy.
21जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।
21A woman when she is in travail hath sorrow, because her hour is come: but as soon as she is delivered of the child, she remembereth no more the anguish, for joy that a man is born into the world.
22तिमीहरूसंग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।
22And ye now therefore have sorrow: but I will see you again, and your heart shall rejoice, and your joy no man taketh from you.
23त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँचो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
23And in that day ye shall ask me nothing. Verily, verily, I say unto you, Whatsoever ye shall ask the Father in my name, he will give it you.
24तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
24Hitherto have ye asked nothing in my name: ask, and ye shall receive, that your joy may be full.
25“यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु।
25These things have I spoken unto you in proverbs: but the time cometh, when I shall no more speak unto you in proverbs, but I shall shew you plainly of the Father.
26त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु।
26At that day ye shall ask in my name: and I say not unto you, that I will pray the Father for you:
27किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ।
27For the Father himself loveth you, because ye have loved me, and have believed that I came out from God.
28म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
28I came forth from the Father, and am come into the world: again, I leave the world, and go to the Father.
29तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो भुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन।
29His disciples said unto him, Lo, now speakest thou plainly, and speakest no proverb.
30हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
30Now are we sure that thou knowest all things, and needest not that any man should ask thee: by this we believe that thou camest forth from God.
31येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ?
31Jesus answered them, Do ye now believe?
32ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।
32Behold, the hour cometh, yea, is now come, that ye shall be scattered, every man to his own, and shall leave me alone: and yet I am not alone, because the Father is with me.
33“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
33These things I have spoken unto you, that in me ye might have peace. In the world ye shall have tribulation: but be of good cheer; I have overcome the world.