Nepali

King James Version

Joshua

15

1त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।
1This then was the lot of the tribe of the children of Judah by their families; even to the border of Edom the wilderness of Zin southward was the uttermost part of the south coast.
2यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।
2And their south border was from the shore of the salt sea, from the bay that looketh southward:
3सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरूभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो।
3And it went out to the south side to Maalehacrabbim, and passed along to Zin, and ascended up on the south side unto Kadeshbarnea, and passed along to Hezron, and went up to Adar, and fetched a compass to Karkaa:
4यो सीमाना मिश्रको खोला अज्मोन तिर बडेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।
4From thence it passed toward Azmon, and went out unto the river of Egypt; and the goings out of that coast were at the sea: this shall be your south coast.
5तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो। तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो।
5And the east border was the salt sea, even unto the end of Jordan. And their border in the north quarter was from the bay of the sea at the uttermost part of Jordan:
6बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)
6And the border went up to Bethhogla, and passed along by the north of Betharabah; and the border went up to the stone of Bohan the son of Reuben:
7उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो।
7And the border went up toward Debir from the valley of Achor, and so northward, looking toward Gilgal, that is before the going up to Adummim, which is on the south side of the river: and the border passed toward the waters of Enshemesh, and the goings out thereof were at Enrogel:
8त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।
8And the border went up by the valley of the son of Hinnom unto the south side of the Jebusite; the same is Jerusalem: and the border went up to the top of the mountain that lieth before the valley of Hinnom westward, which is at the end of the valley of the giants northward:
9त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। बालालाई किर्यत्यारी पनि भनिन्छ।
9And the border was drawn from the top of the hill unto the fountain of the water of Nephtoah, and went out to the cities of mount Ephron; and the border was drawn to Baalah, which is Kirjathjearim:
10बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।
10And the border compassed from Baalah westward unto mount Seir, and passed along unto the side of mount Jearim, which is Chesalon, on the north side, and went down to Bethshemesh, and passed on to Timnah:
11सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
11And the border went out unto the side of Ekron northward: and the border was drawn to Shicron, and passed along to mount Baalah, and went out unto Jabneel; and the goings out of the border were at the sea.
12भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।
12And the west border was to the great sea, and the coast thereof. This is the coast of the children of Judah round about according to their families.
13यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।
13And unto Caleb the son of Jephunneh he gave a part among the children of Judah, according to the commandment of the LORD to Joshua, even the city of Arba the father of Anak, which city is Hebron.
14कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।
14And Caleb drove thence the three sons of Anak, Sheshai, and Ahiman, and Talmai, the children of Anak.
15त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।)
15And he went up thence to the inhabitants of Debir: and the name of Debir before was Kirjathsepher.
16कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”
16And Caleb said, He that smiteth Kirjathsepher, and taketh it, to him will I give Achsah my daughter to wife.
17ओत्निएल कालेबका भाई कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
17And Othniel the son of Kenaz, the brother of Caleb, took it: and he gave him Achsah his daughter to wife.
18जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”
18And it came to pass, as she came unto him, that she moved him to ask of her father a field: and she lighted off her ass; and Caleb said unto her, What wouldest thou?
19अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।
19Who answered, Give me a blessing; for thou hast given me a south land; give me also springs of water. And he gave her the upper springs, and the nether springs.
20यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।
20This is the inheritance of the tribe of the children of Judah according to their families.
21यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः कब्सेल, एदेर, यागूर,
21And the uttermost cities of the tribe of the children of Judah toward the coast of Edom southward were Kabzeel, and Eder, and Jagur,
22कीना, दीमोना, अदादा,
22And Kinah, and Dimonah, and Adadah,
23केदेश, हासोर, यित्नान,
23And Kedesh, and Hazor, and Ithnan,
24जीप, तेलेम, बालोत,
24Ziph, and Telem, and Bealoth,
25हासोरादत्ता, किरय्योथ-हेस्रोन (हासोर),
25And Hazor, Hadattah, and Kerioth, and Hezron, which is Hazor,
26अमान, शर्मा, मोलादा,
26Amam, and Shema, and Moladah,
27हसगद्दा, हेशमोन, बेत्पालेत,
27And Hazargaddah, and Heshmon, and Bethpalet,
28हसर्शूआल, बेशेर्बा, बिज्योत्या,
28And Hazarshual, and Beersheba, and Bizjothjah,
29बाला, ईम, एसेम,
29Baalah, and Iim, and Azem,
30एल्तोलद, कसील, होर्मा,
30And Eltolad, and Chesil, and Hormah,
31सिक्लग, मदूमन्ना, सन्सन्ना,
31And Ziklag, and Madmannah, and Sansannah,
32लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।
32And Lebaoth, and Shilhim, and Ain, and Rimmon: all the cities are twenty and nine, with their villages:
33यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः एश्तोल, सारा, अश्ना,
33And in the valley, Eshtaol, and Zoreah, and Ashnah,
34जानोह, एन्गन्नीम, तपूह, एनाम,
34And Zanoah, and Engannim, Tappuah, and Enam,
35यर्मूत, अदुल्लाम, सोको, अजेका,
35Jarmuth, and Adullam, Socoh, and Azekah,
36शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।
36And Sharaim, and Adithaim, and Gederah, and Gederothaim; fourteen cities with their villages:
37यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः सनान, हदाशा, मिग्दलाद,
37Zenan, and Hadashah, and Migdalgad,
38दिलान, मिस्पे, योक्तेल,
38And Dilean, and Mizpeh, and Joktheel,
39लाकीश, बोस्कत, एग्लोन,
39Lachish, and Bozkath, and Eglon,
40कोब्बन, लहमाम, कितलीश,
40And Cabbon, and Lahmam, and Kithlish,
41गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।
41And Gederoth, Bethdagon, and Naamah, and Makkedah; sixteen cities with their villages:
42यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः लिब्ना, एतेर, आशान,
42Libnah, and Ether, and Ashan,
43यिप्ताह, अश्ना, नसीब,
43And Jiphtah, and Ashnah, and Nezib,
44कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।
44And Keilah, and Achzib, and Mareshah; nine cities with their villages:
45यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।
45Ekron, with her towns and her villages:
46तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।
46From Ekron even unto the sea, all that lay near Ashdod, with their villages:
47अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।
47Ashdod with her towns and her villages, Gaza with her towns and her villages, unto the river of Egypt, and the great sea, and the border thereof:
48यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः शामीर, यत्तीर, सोको,
48And in the mountains, Shamir, and Jattir, and Socoh,
49दन्ना, किर्यत्सन्ना (दबीर),
49And Dannah, and Kirjathsannah, which is Debir,
50अनाब, एश्तमो, अनीम,
50And Anab, and Eshtemoh, and Anim,
51गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
51And Goshen, and Holon, and Giloh; eleven cities with their villages:
52यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः अरब, दुमा, एशान,
52Arab, and Dumah, and Eshean,
53यार्नूम, बेत्तप्पूह, अपेका,
53And Janum, and Bethtappuah, and Aphekah,
54हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।
54And Humtah, and Kirjatharba, which is Hebron, and Zior; nine cities with their villages:
55यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः माओन, कर्मेल, जीप, यूता,
55Maon, Carmel, and Ziph, and Juttah,
56यिज्रेल, योक्दाम, जानोह,
56And Jezreel, and Jokdeam, and Zanoah,
57कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवोटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
57Cain, Gibeah, and Timnah; ten cities with their villages:
58यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः हल्हूल, बेत्सर, गदोर,
58Halhul, Bethzur, and Gedor,
59मारात, बेतनोत, एल्तकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
59And Maarath, and Bethanoth, and Eltekon; six cities with their villages:
60यहूदाका मानिसहरूलाई रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम यी दुइ शहरहरू पनि दिइए।
60Kirjathbaal, which is Kirjathjearim, and Rabbah; two cities with their villages:
61यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः बेतराबा, मिद्दीन, सकाका,
61In the wilderness, Betharabah, Middin, and Secacah,
62निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
62And Nibshan, and the city of Salt, and Engedi; six cities with their villages.
63यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।
63As for the Jebusites the inhabitants of Jerusalem, the children of Judah could not drive them out; but the Jebusites dwell with the children of Judah at Jerusalem unto this day.