1त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।
1And it came to pass in those days, when there was no king in Israel, that there was a certain Levite sojourning on the side of mount Ephraim, who took to him a concubine out of Bethlehemjudah.
2तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहूदाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्।
2And his concubine played the whore against him, and went away from him unto her father's house to Bethlehemjudah, and was there four whole months.
3तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए।
3And her husband arose, and went after her, to speak friendly unto her, and to bring her again, having his servant with him, and a couple of asses: and she brought him into her father's house: and when the father of the damsel saw him, he rejoiced to meet him.
4त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।
4And his father in law, the damsel's father, retained him; and he abode with him three days: so they did eat and drink, and lodged there.
5चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना जुवाइँलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।”
5And it came to pass on the fourth day, when they arose early in the morning, that he rose up to depart: and the damsel's father said unto his son in law, Comfort thine heart with a morsel of bread, and afterward go your way.
6यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस। र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए।
6And they sat down, and did eat and drink both of them together: for the damsel's father had said unto the man, Be content, I pray thee, and tarry all night, and let thine heart be merry.
7ती लेवी हिंडनलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।
7And when the man rose up to depart, his father in law urged him: therefore he lodged there again.
8तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिंडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना जुवाईंलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।
8And he arose early in the morning on the fifth day to depart; and the damsel's father said, Comfort thine heart, I pray thee. And they tarried until afternoon, and they did eat both of them.
9त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”
9And when the man rose up to depart, he, and his concubine, and his servant, his father in law, the damsel's father, said unto him, Behold, now the day draweth toward evening, I pray you tarry all night: behold, the day groweth to an end, lodge here, that thine heart may be merry; and to morrow get you early on your way, that thou mayest go home.
10तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे।
10But the man would not tarry that night, but he rose up and departed, and came over against Jebus, which is Jerusalem; and there were with him two asses saddled, his concubine also was with him.
11दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन्, “हामी यो यबूसी शहरमा बसौं। आजको रात यहाँ बसौं।”
11And when they were by Jebus, the day was far spent; and the servant said unto his master, Come, I pray thee, and let us turn in into this city of the Jebusites, and lodge in it.
12तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौंठो शहरभित्र जानेछैनौं। ती मानिसहरू इस्राएली मानिसहरू होइनन्। हामी गिबा शहरमा जानेछौं।”
12And his master said unto him, We will not turn aside hither into the city of a stranger, that is not of the children of Israel; we will pass over to Gibeah.
13लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौ। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”
13And he said unto his servant, Come, and let us draw near to one of these places to lodge all night, in Gibeah, or in Ramah.
14यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ।
14And they passed on and went their way; and the sun went down upon them when they were by Gibeah, which belongeth to Benjamin.
15यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।
15And they turned aside thither, to go in and to lodge in Gibeah: and when he went in, he sat him down in a street of the city: for there was no man that took them into his house to lodging.
16त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।)
16And, behold, there came an old man from his work out of the field at even, which was also of mount Ephraim; and he sojourned in Gibeah: but the men of the place were Benjamites.
17ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”
17And when he had lifted up his eyes, he saw a wayfaring man in the street of the city: and the old man said, Whither goest thou? and whence comest thou?
18त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्।
18And he said unto him, We are passing from Bethlehemjudah toward the side of mount Ephraim; from thence am I: and I went to Bethlehemjudah, but I am now going to the house of the LORD; and there is no man that receiveth me to house.
19तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”
19Yet there is both straw and provender for our asses; and there is bread and wine also for me, and for thy handmaid, and for the young man which is with thy servants: there is no want of any thing.
20ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।”
20And the old man said, Peace be with thee; howsoever let all thy wants lie upon me; only lodge not in the street.
21तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।
21So he brought him into his house, and gave provender unto the asses: and they washed their feet, and did eat and drink.
22त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”
22Now as they were making their hearts merry, behold, the men of the city, certain sons of Belial, beset the house round about, and beat at the door, and spake to the master of the house, the old man, saying, Bring forth the man that came into thine house, that we may know him.
23त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।
23And the man, the master of the house, went out unto them, and said unto them, Nay, my brethren, nay, I pray you, do not so wickedly; seeing that this man is come into mine house, do not this folly.
24हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”
24Behold, here is my daughter a maiden, and his concubine; them I will bring out now, and humble ye them, and do with them what seemeth good unto you: but unto this man do not so vile a thing.
25तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए।
25But the men would not hearken to him: so the man took his concubine, and brought her forth unto them; and they knew her, and abused her all the night until the morning: and when the day began to spring, they let her go.
26बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लडिन्। ती उज्यालो नहुञ्जेल त्यहाँ लडिरहीन्।
26Then came the woman in the dawning of the day, and fell down at the door of the man's house where her lord was, till it was light.
27त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झर्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्।
27And her lord rose up in the morning, and opened the doors of the house, and went out to go his way: and, behold, the woman his concubine was fallen down at the door of the house, and her hands were upon the threshold.
28त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइनन् तिनी मरिसकेकी थिइन्। त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिंडे।
28And he said unto her, Up, and let us be going. But none answered. Then the man took her up upon an ass, and the man rose up, and gat him unto his place.
29जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्वा-टुक्वा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्वा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्राएलका मानिसहरू बस्थे।
29And when he was come into his house, he took a knife, and laid hold on his concubine, and divided her, together with her bones, into twelve pieces, and sent her into all the coasts of Israel.
30त्यसलाई देख्ने हरेकले यसो भने, “इस्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”
30And it was so, that all that saw it said, There was no such deed done nor seen from the day that the children of Israel came up out of the land of Egypt unto this day: consider of it, take advice, and speak your minds.