1एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”
1And the men of Ephraim said unto him, Why hast thou served us thus, that thou calledst us not, when thou wentest to fight with the Midianites? And they did chide with him sharply.
2तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र?
2And he said unto them, What have I done now in comparison of you? Is not the gleaning of the grapes of Ephraim better than the vintage of Abiezer?
3यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्वोधित भएनन्।
3God hath delivered into your hands the princes of Midian, Oreb and Zeeb: and what was I able to do in comparison of you? Then their anger was abated toward him, when he had said that.
4जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए।
4And Gideon came to Jordan, and passed over, he, and the three hundred men that were with him, faint, yet pursuing them.
5गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”
5And he said unto the men of Succoth, Give, I pray you, loaves of bread unto the people that follow me; for they be faint, and I am pursuing after Zebah and Zalmunna, kings of Midian.
6तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”
6And the princes of Succoth said, Are the hands of Zebah and Zalmunna now in thine hand, that we should give bread unto thine army?
7तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरूभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”
7And Gideon said, Therefore when the LORD hath delivered Zebah and Zalmunna into mine hand, then I will tear your flesh with the thorns of the wilderness and with briers.
8गिदोन सुक्कोत शहर छोडेर पन्एल शहर तिर गए। गिदोनले पन्एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए।
8And he went up thence to Penuel, and spake unto them likewise: and the men of Penuel answered him as the men of Succoth had answered him.
9यसर्थ गिदोनले पन्एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”
9And he spake also unto the men of Penuel, saying, When I come again in peace, I will break down this tower.
10जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 सशस्र सैनिकहरू मारिएका थिए।
10Now Zebah and Zalmunna were in Karkor, and their hosts with them, about fifteen thousand men, all that were left of all the hosts of the children of the east: for there fell an hundred and twenty thousand men that drew sword.
11गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्वमण गरे। शत्रुका सेनाले आक्वमण हुन्छ भन्ने ठानेका थिएनन्।
11And Gideon went up by the way of them that dwelt in tents on the east of Nobah and Jogbehah, and smote the host; for the host was secure.
12जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।
12And when Zebah and Zalmunna fled, he pursued after them, and took the two kings of Midian, Zebah and Zalmunna, and discomfited all the host.
13तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए।
13And Gideon the son of Joash returned from battle before the sun was up,
14गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।
14And caught a young man of the men of Succoth, and inquired of him: and he described unto him the princes of Succoth, and the elders thereof, even threescore and seventeen men.
15त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्।” तिमीहरूले, “तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ” भनेर मेरो खिल्ली उडाएका थियौ।”
15And he came unto the men of Succoth, and said, Behold Zebah and Zalmunna, with whom ye did upbraid me, saying, Are the hands of Zebah and Zalmunna now in thine hand, that we should give bread unto thy men that are weary?
16गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरूभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे।
16And he took the elders of the city, and thorns of the wilderness and briers, and with them he taught the men of Succoth.
17गिदोनले पन्एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।
17And he beat down the tower of Penuel, and slew the men of the city.
18तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?” जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”
18Then said he unto Zebah and Zalmunna, What manner of men were they whom ye slew at Tabor? And they answered, As thou art, so were they; each one resembled the children of a king.
19गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”
19And he said, They were my brethren, even the sons of my mother: as the LORD liveth, if ye had saved them alive, I would not slay you.
20त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।
20And he said unto Jether his firstborn, Up, and slay them. But the youth drew not his sword: for he feared, because he was yet a youth.
21तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।
21Then Zebah and Zalmunna said, Rise thou, and fall upon us: for as the man is, so is his strength. And Gideon arose, and slew Zebah and Zalmunna, and took away the ornaments that were on their camels' necks.
22इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”
22Then the men of Israel said unto Gideon, Rule thou over us, both thou, and thy son, and thy son's son also: for thou hast delivered us from the hand of Midian.
23तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।”
23And Gideon said unto them, I will not rule over you, neither shall my son rule over you: the LORD shall rule over you.
24इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”
24And Gideon said unto them, I would desire a request of you, that ye would give me every man the earrings of his prey. (For they had golden earrings, because they were Ishmaelites.)
25यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले।
25And they answered, We will willingly give them. And they spread a garment, and did cast therein every man the earrings of his prey.
26जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700शेकेल भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्वी पनि दिए।
26And the weight of the golden earrings that he requested was a thousand and seven hundred shekels of gold; beside ornaments, and collars, and purple raiment that was on the kings of Midian, and beside the chains that were about their camels' necks.
27गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।
27And Gideon made an ephod thereof, and put it in his city, even in Ophrah: and all Israel went thither a whoring after it: which thing became a snare unto Gideon, and to his house.
28मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस वर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।
28Thus was Midian subdued before the children of Israel, so that they lifted up their heads no more. And the country was in quietness forty years in the days of Gideon.
29त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे।
29And Jerubbaal the son of Joash went and dwelt in his own house.
30गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए।
30And Gideon had threescore and ten sons of his body begotten: for he had many wives.
31गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।
31And his concubine that was in Shechem, she also bare him a son, whose name he called Abimelech.
32यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे।
32And Gideon the son of Joash died in a good old age, and was buried in the sepulchre of Joash his father, in Ophrah of the Abiezrites.
33गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।
33And it came to pass, as soon as Gideon was dead, that the children of Israel turned again, and went a whoring after Baalim, and made Baalberith their god.
34इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्।
34And the children of Israel remembered not the LORD their God, who had delivered them out of the hands of all their enemies on every side:
35इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।
35Neither showed they kindness to the house of Jerubbaal, namely, Gideon, according to all the goodness which he had showed unto Israel.