Nepali

King James Version

Leviticus

15

1परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो,
1And the LORD spake unto Moses and to Aaron, saying,
2“इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः ‘यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो।
2Speak unto the children of Israel, and say unto them, When any man hath a running issue out of his flesh, because of his issue he is unclean.
3यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।
3And this shall be his uncleanness in his issue: whether his flesh run with his issue, or his flesh be stopped from his issue, it is his uncleanness.
4“ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहुन्छ।
4Every bed, whereon he lieth that hath the issue, is unclean: and every thing, whereon he sitteth, shall be unclean.
5यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
5And whosoever toucheth his bed shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
6यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
6And he that sitteth on any thing whereon he sat that hath the issue shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
7यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।
7And he that toucheth the flesh of him that hath the issue shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
8“यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।
8And if he that hath the issue spit upon him that is clean; then he shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
9त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।
9And what saddle soever he rideth upon that hath the issue shall be unclean.
10कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।
10And whosoever toucheth any thing that was under him shall be unclean until the even: and he that beareth any of those things shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
11“यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
11And whomsoever he toucheth that hath the issue, and hath not rinsed his hands in water, he shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
12“यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।
12And the vessel of earth, that he toucheth which hath the issue, shall be broken: and every vessel of wood shall be rinsed in water.
13“जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ।
13And when he that hath an issue is cleansed of his issue; then he shall number to himself seven days for his cleansing, and wash his clothes, and bathe his flesh in running water, and shall be clean.
14आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।
14And on the eighth day he shall take to him two turtledoves, or two young pigeons, and come before the LORD unto the door of the tabernacle of the congregation, and give them unto the priest:
15पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।
15And the priest shall offer them, the one for a sin offering, and the other for a burnt offering; and the priest shall make an atonement for him before the LORD for his issue.
16“यदि कुनै पुरूषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।
16And if any man's seed of copulation go out from him, then he shall wash all his flesh in water, and be unclean until the even.
17लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।
17And every garment, and every skin, whereon is the seed of copulation, shall be washed with water, and be unclean until the even.
18यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।
18The woman also with whom man shall lie with seed of copulation, they shall both bathe themselves in water, and be unclean until the even.
19“यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।
19And if a woman have an issue, and her issue in her flesh be blood, she shall be put apart seven days: and whosoever toucheth her shall be unclean until the even.
20एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।
20And every thing that she lieth upon in her separation shall be unclean: every thing also that she sitteth upon shall be unclean.
21कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
21And whosoever toucheth her bed shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
22यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
22And whosoever toucheth any thing that she sat upon shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
23कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।
23And if it be on her bed, or on any thing whereon she sitteth, when he toucheth it, he shall be unclean until the even.
24“कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।
24And if any man lie with her at all, and her flowers be upon him, he shall be unclean seven days; and all the bed whereon he lieth shall be unclean.
25“कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिञ्जेलसम्म अशुद्ध रहनेछिन्।
25And if a woman have an issue of her blood many days out of the time of her separation, or if it run beyond the time of her separation; all the days of the issue of her uncleanness shall be as the days of her separation: she shall be unclean.
26मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिञ्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ।
26Every bed whereon she lieth all the days of her issue shall be unto her as the bed of her separation: and whatsoever she sitteth upon shall be unclean, as the uncleanness of her separation.
27मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।
27And whosoever toucheth those things shall be unclean, and shall wash his clothes, and bathe himself in water, and be unclean until the even.
28त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।
28But if she be cleansed of her issue, then she shall number to herself seven days, and after that she shall be clean.
29तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ।
29And on the eighth day she shall take unto her two turtles, or two young pigeons, and bring them unto the priest, to the door of the tabernacle of the congregation.
30तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।
30And the priest shall offer the one for a sin offering, and the other for a burnt offering; and the priest shall make an atonement for her before the LORD for the issue of her uncleanness.
31“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
31Thus shall ye separate the children of Israel from their uncleanness; that they die not in their uncleanness, when they defile my tabernacle that is among them.
32वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्।
32This is the law of him that hath an issue, and of him whose seed goeth from him, and is defiled therewith;
33अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।
33And of her that is sick of her flowers, and of him that hath an issue, of the man, and of the woman, and of him that lieth with her that is unclean.