1परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो,
1And the LORD spake unto Moses in mount Sinai, saying,
2“इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ।
2Speak unto the children of Israel, and say unto them, When ye come into the land which I give you, then shall the land keep a sabbath unto the LORD.
3छ वर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ वर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ।
3Six years thou shalt sow thy field, and six years thou shalt prune thy vineyard, and gather in the fruit thereof;
4तर सातौं वर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ।
4But in the seventh year shall be a sabbath of rest unto the land, a sabbath for the LORD: thou shalt neither sow thy field, nor prune thy vineyard.
5उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक वर्ष विश्राम पाउनेछ।
5That which groweth of its own accord of thy harvest thou shalt not reap, neither gather the grapes of thy vine undressed: for it is a year of rest unto the land.
6“यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसंग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ।
6And the sabbath of the land shall be meat for you; for thee, and for thy servant, and for thy maid, and for thy hired servant, and for thy stranger that sojourneth with thee.
7तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ।
7And for thy cattle, and for the beast that are in thy land, shall all the increase thereof be meat.
8“तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।
8And thou shalt number seven sabbaths of years unto thee, seven times seven years; and the space of the seven sabbaths of years shall be unto thee forty and nine years.
9सासौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेडाको सींगको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ।
9Then shalt thou cause the trumpet of the jubilee to sound on the tenth day of the seventh month, in the day of atonement shall ye make the trumpet sound throughout all your land.
10तिमीहरूले पचासौं वर्षलाई विशेष वर्ष रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ।
10And ye shall hallow the fiftieth year, and proclaim liberty throughout all the land unto all the inhabitants thereof: it shall be a jubilee unto you; and ye shall return every man unto his possession, and ye shall return every man unto his family.
11तिमीहरूको निम्ति यो पचासौ वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।
11A jubilee shall that fiftieth year be unto you: ye shall not sow, neither reap that which groweth of itself in it, nor gather the grapes in it of thy vine undressed.
12यो वर्ष तिमीहरूको निम्ति महोत्सवको वर्ष हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु।
12For it is the jubilee; it shall be holy unto you: ye shall eat the increase thereof out of the field.
13जयन्ती वर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।
13In the year of this jubilee ye shall return every man unto his possession.
14“जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ।
14And if thou sell ought unto thy neighbor, or buyest ought of thy neighbor's hand, ye shall not oppress one another:
15जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत वर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किन? किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ।
15According to the number of years after the jubilee thou shalt buy of thy neighbor, and according unto the number of years of the fruits he shall sell unto thee:
16तिमीले वर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै वर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि वर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्।
16According to the multitude of years thou shalt increase the price thereof, and according to the fewness of years thou shalt diminish the price of it: for according to the number of the years of the fruits doth he sell unto thee.
17एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
17Ye shall not therefore oppress one another; but thou shalt fear thy God: for I am the LORD your God.
18“मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ।
18Wherefore ye shall do my statutes, and keep my judgments, and do them; and ye shall dwell in the land in safety.
19अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।
19And the land shall yield her fruit, and ye shall eat your fill, and dwell therein in safety.
20“तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं वर्षमा खाने हामी सित केही रहँदैन।’
20And if ye shall say, What shall we eat the seventh year? behold, we shall not sow, nor gather in our increase:
21चिन्ता नगर! छैटौं वर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन वर्षको निम्ति बाली उब्जाउनेछ।
21Then I will command my blessing upon you in the sixth year, and it shall bring forth fruit for three years.
22जब तिमीहरू आठौं वर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंवर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।
22And ye shall sow the eighth year, and eat yet of old fruit until the ninth year; until her fruits come in ye shall eat of the old store.
23“भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।
23The land shall not be sold for ever: for the land is mine, for ye are strangers and sojourners with me.
24मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ।
24And in all the land of your possession ye shall grant a redemption for the land.
25तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।
25If thy brother be waxen poor, and hath sold away some of his possession, and if any of his kin come to redeem it, then shall he redeem that which his brother sold.
26कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ।
26And if the man have none to redeem it, and himself be able to redeem it;
27त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको वर्षबाट किन्ने समयसम्म कति वर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको वर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।
27Then let him count the years of the sale thereof, and restore the overplus unto the man to whom he sold it; that he may return unto his possession.
28तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिर्न नसके महोत्सव वर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ।
28But if he be not able to restore it to him, then that which is sold shall remain in the hand of him that hath bought it until the year of jubilee: and in the jubilee it shall go out, and he shall return unto his possession.
29“यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक वर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।
29And if a man sell a dwelling house in a walled city, then he may redeem it within a whole year after it is sold; within a full year may he redeem it.
30तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक वर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन।
30And if it be not redeemed within the space of a full year, then the house that is in the walled city shall be established for ever to him that bought it throughout his generations: it shall not go out in the jubilee.
31तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ।
31But the houses of the villages which have no wall round about them shall be counted as the fields of the country: they may be redeemed, and they shall go out in the jubilee.
32“तर लेवीहरूको शहर विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ।
32Notwithstanding the cities of the Levites, and the houses of the cities of their possession, may the Levites redeem at any time.
33लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेकी भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किन? किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्।
33And if a man purchase of the Levites, then the house that was sold, and the city of his possession, shall go out in the year of jubilee: for the houses of the cities of the Levites are their possession among the children of Israel.
34लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।
34But the field of the suburbs of their cities may not be sold; for it is their perpetual possession.
35“तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।
35And if thy brother be waxen poor, and fallen in decay with thee; then thou shalt relieve him: yea, though he be a stranger, or a sojourner; that he may live with thee.
36तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ।
36Take thou no usury of him, or increase: but fear thy God; that thy brother may live with thee.
37उसलाई ऋण दिए सूद नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख।
37Thou shalt not give him thy money upon usury, nor lend him thy victuals for increase.
38म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।
38I am the LORD your God, which brought you forth out of the land of Egypt, to give you the land of Canaan, and to be your God.
39“तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ।
39And if thy brother that dwelleth by thee be waxen poor, and be sold unto thee; thou shalt not compel him to serve as a bondservant:
40महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर।
40But as an hired servant, and as a sojourner, he shall be with thee, and shall serve thee unto the year of jubilee.
41तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौली सम्पत्तिमा फर्केर आउनु सक्छ।
41And then shall he depart from thee, both he and his children with him, and shall return unto his own family, and unto the possession of his fathers shall he return.
42किन? किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन।
42For they are my servants, which I brought forth out of the land of Egypt: they shall not be sold as bondmen.
43तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।
43Thou shalt not rule over him with rigor; but shalt fear thy God.
44“तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमाः आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ।
44Both thy bondmen, and thy bondmaids, which thou shalt have, shall be of the heathen that are round about you; of them shall ye buy bondmen and bondmaids.
45तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्।
45Moreover of the children of the strangers that do sojourn among you, of them shall ye buy, and of their families that are with you, which they begat in your land: and they shall be your possession.
46तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैंको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इस्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठूर मालिक बनिनु हुँदैन।
46And ye shall take them as an inheritance for your children after you, to inherit them for a possession; they shall be your bondmen for ever: but over your brethren the children of Israel, ye shall not rule one over another with rigor.
47“तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्।
47And if a sojourner or stranger wax rich by thee, and thy brother that dwelleth by him wax poor, and sell himself unto the stranger or sojourner by thee, or to the stock of the stranger's family:
48यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ।
48After that he is sold he may be redeemed again; one of his brethren may redeem him:
49अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।
49Either his uncle, or his uncle's son, may redeem him, or any that is nigh of kin unto him of his family may redeem him; or if he be able, he may redeem himself.
50“तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती वर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि वर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किन? किनभने उसले सही रूपमा केही वर्षको निम्ति मात्र किनेको थियो।
50And he shall reckon with him that bought him from the year that he was sold to him unto the year of jubilee: and the price of his sale shall be according unto the number of years, according to the time of an hired servant shall it be with him.
51यदि अर्को जयन्ती वर्षको समय आउन अझै निकै वर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम वर्षको संख्यामा भर पर्छ।
51If there be yet many years behind, according unto them he shall give again the price of his redemption out of the money that he was bought for.
52अनि फेरि यदि अर्को महोत्सव वर्ष आउँन केही वर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कम्ती रकम तिर्नुपर्छ।
52And if there remain but few years unto the year of jubilee, then he shall count with him, and according unto his years shall he give him again the price of his redemption.
53त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसंग दुष्ट व्यवहार नगरोस्।
53And as a yearly hired servant shall he be with him: and the other shall not rule with rigor over him in thy sight.
54“यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव वर्षमा स्वतन्त्र उस्कनु सक्छ महोत्सवको वर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्।
54And if he be not redeemed in these years, then he shall go out in the year of jubilee, both he, and his children with him.
55किन? किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
55For unto me the children of Israel are servants; they are my servants whom I brought forth out of the land of Egypt: I am the LORD your God.