Nepali

King James Version

Luke

14

1एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।
1And it came to pass, as he went into the house of one of the chief Pharisees to eat bread on the sabbath day, that they watched him.
2एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो।
2And, behold, there was a certain man before him which had the dropsy.
3येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?”
3And Jesus answering spake unto the lawyers and Pharisees, saying, Is it lawful to heal on the sabbath day?
4तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो।
4And they held their peace. And he took him, and healed him, and let him go;
5येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?”
5And answered them, saying, Which of you shall have an ass or an ox fallen into a pit, and will not straightway pull him out on the sabbath day?
6ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।
6And they could not answer him again to these things.
7तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः
7And he put forth a parable to those which were bidden, when he marked how they chose out the chief rooms; saying unto them.
8“जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन दखल नगर। ती मानिसले तिमीहरुभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ।
8When thou art bidden of any man to a wedding, sit not down in the highest room; lest a more honourable man than thou be bidden of him;
9अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ।
9And he that bade thee and him come and say to thee, Give this man place; and thou begin with shame to take the lowest room.
10यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।
10But when thou art bidden, go and sit down in the lowest room; that when he that bade thee cometh, he may say unto thee, Friend, go up higher: then shalt thou have worship in the presence of them that sit at meat with thee.
11किनभने जसले आफैलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।
11For whosoever exalteth himself shall be abased; and he that humbleth himself shall be exalted.
12त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यु भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरुले पनि तिमीहरुलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ।
12Then said he also to him that bade him, When thou makest a dinner or a supper, call not thy friends, nor thy brethren, neither thy kinsmen, nor thy rich neighbours; lest they also bid thee again, and a recompence be made thee.
13यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ।
13But when thou makest a feast, call the poor, the maimed, the lame, the blind:
14त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
14And thou shalt be blessed; for they cannot recompense thee: for thou shalt be recompensed at the resurrection of the just.
15येशूसंग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
15And when one of them that sat at meat with him heard these things, he said unto him, Blessed is he that shall eat bread in the kingdom of God.
16येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो।
16Then said he unto him, A certain man made a great supper, and bade many:
17जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, आउनुहोस् प्रत्येक चीज तयारी छ।
17And sent his servant at supper time to say to them that were bidden, Come; for all things are now ready.
18तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।
18And they all with one consent began to make excuse. The first said unto him, I have bought a piece of ground, and I must needs go and see it: I pray thee have me excused.
19अर्को मानिसले भन्यो, ‘ मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरुलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्। ‘
19And another said, I have bought five yoke of oxen, and I go to prove them: I pray thee have me excused.
20तेस्रो मानीसले भन्यो, ‘ मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ। ‘
20And another said, I have married a wife, and therefore I cannot come.
21त्यसपछि त्यो नोकर र्फकियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।
21So that servant came, and shewed his lord these things. Then the master of the house being angry said to his servant, Go out quickly into the streets and lanes of the city, and bring in hither the poor, and the maimed, and the halt, and the blind.
22तब त्यस नोकरले मालिकलाई भन्यो, मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।
22And the servant said, Lord, it is done as thou hast commanded, and yet there is room.
23मालिकले नोकरलाई भने, मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु।
23And the lord said unto the servant, Go out into the highways and hedges, and compel them to come in, that my house may be filled.
24मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसंग भोज चाख्न पाउने छैन।”‘
24For I say unto you, That none of those men which were bidden shall taste of my supper.
25धरै मानिसहरूले येशूसंग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि र्फकनु भयो अनि भन्नुयो,
25And there went great multitudes with him: and he turned, and said unto them,
26“यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यु भाई तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ।
26If any man come to me, and hate not his father, and mother, and wife, and children, and brethren, and sisters, yea, and his own life also, he cannot be my disciple.
27यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।
27And whosoever doth not bear his cross, and come after me, cannot be my disciple.
28यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ।
28For which of you, intending to build a tower, sitteth not down first, and counteth the cost, whether he have sufficient to finish it?
29यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्।
29Lest haply, after he hath laid the foundation, and is not able to finish it, all that behold it begin to mock him,
30तिनीहरूले भन्ने छन्, यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
30Saying, This man began to build, and was not able to finish.
31“यदि कुनै राज अर्को राजासंग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन।
31Or what king, going to make war against another king, sitteth not down first, and consulteth whether he be able with ten thousand to meet him that cometh against him with twenty thousand?
32यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
32Or else, while the other is yet a great way off, he sendeth an ambassage, and desireth conditions of peace.
33त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।
33So likewise, whosoever he be of you that forsaketh not all that he hath, he cannot be my disciple.
34“नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन।
34Salt is good: but if the salt have lost his savour, wherewith shall it be seasoned?
35त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्। “जसले मेरो कुरा सुनिरहेका छौ सुन।”
35It is neither fit for the land, nor yet for the dunghill; but men cast it out. He that hath ears to hear, let him hear.