Nepali

King James Version

Mark

11

1येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो।
1And when they came nigh to Jerusalem, unto Bethphage and Bethany, at the mount of Olives, he sendeth forth two of his disciples,
2यशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई सांग्लोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ।
2And saith unto them, Go your way into the village over against you: and as soon as ye be entered into it, ye shall find a colt tied, whereon never man sat; loose him, and bring him.
3यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।”‘
3And if any man say unto you, Why do ye this? say ye that the Lord hath need of him; and straightway he will send him hither.
4चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले।
4And they went their way, and found the colt tied by the door without in a place where two ways met; and they loose him.
5त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?”
5And certain of them that stood there said unto them, What do ye, loosing the colt?
6चेलाहरूलाई येशूले भन्नु भए झैं उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।
6And they said unto them even as Jesus had commanded: and they let them go.
7त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो।
7And they brought the colt to Jesus, and cast their garments on him; and he sat upon him.
8अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए।
8And many spread their garments in the way: and others cut down branches off the trees, and strawed them in the way.
9केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँडदै थिए। सबै मानिसहरू कराउँदै थिए, “उहाँको प्रशंसा गर स्वागत गर परमेश्वरले उहाँलाई आशीर्वाद गरून जो परमप्रभुको नाउँमा आउनु हुँदैछ! भजनसंग्रह 118:25-26
9And they that went before, and they that followed, cried, saying, Hosanna; Blessed is he that cometh in the name of the Lord:
10हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्। जून राज्य आउनेछ। स्वर्गको परमेश्वरलाई प्रशंसा!”
10Blessed be the kingdom of our father David, that cometh in the name of the Lord: Hosanna in the highest.
11येशू यरूशलेममा जानूभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।
11And Jesus entered into Jerusalem, and into the temple: and when he had looked round about upon all things, and now the eventide was come, he went out unto Bethany with the twelve.
12अर्को दिन, तिनीहरूले बेथानि छोडनुभयो। येशू भोकाउनु भएको थियो।
12And on the morrow, when they were come from Bethany, he was hungry:
13येशूले टाढामा एउटा अञ्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अञ्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अञ्जीरको फल फल्ने समय थिएन।
13And seeing a fig tree afar off having leaves, he came, if haply he might find any thing thereon: and when he came to it, he found nothing but leaves; for the time of figs was not yet.
14अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।
14And Jesus answered and said unto it, No man eat fruit of thee hereafter for ever. And his disciples heard it.
15तिमीहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो।
15And they come to Jerusalem: and Jesus went into the temple, and began to cast out them that sold and bought in the temple, and overthrew the tables of the moneychangers, and the seats of them that sold doves;
16येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन।
16And would not suffer that any man should carry any vessel through the temple.
17तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रहरूमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”
17And he taught, saying unto them, Is it not written, My house shall be called of all nations the house of prayer? but ye have made it a den of thieves.
18मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसंग डराएका थिए।
18And the scribes and chief priests heard it, and sought how they might destroy him: for they feared him, because all the people was astonished at his doctrine.
19त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोडनुभयो। (मत्ती 21:20-22)
19And when even was come, he went out of the city.
20अर्को बिहान, येशू आफ्ना चेलाहरूसंग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अञ्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अञ्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो।
20And in the morning, as they passed by, they saw the fig tree dried up from the roots.
21पत्रुसले येशूलाई भने, “हे रब्बी, अञ्जीरको रूखलाई हेर्नुहवस जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”
21And Peter calling to remembrance saith unto him, Master, behold, the fig tree which thou cursedst is withered away.
22यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
22And Jesus answering saith unto them, Have faith in God.
23म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खणडमा तिमीले भनेको कुरा घटने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ।
23For verily I say unto you, That whosoever shall say unto this mountain, Be thou removed, and be thou cast into the sea; and shall not doubt in his heart, but shall believe that those things which he saith shall come to pass; he shall have whatsoever he saith.
24यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछै। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।
24Therefore I say unto you, What things soever ye desire, when ye pray, believe that ye receive them, and ye shall have them.
25जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”
25And when ye stand praying, forgive, if ye have ought against any: that your Father also which is in heaven may forgive you your trespasses.
26: 23-27; लूका 20:1-8)
26But if ye do not forgive, neither will your Father which is in heaven forgive your trespasses.
27येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए।
27And they come again to Jerusalem: and as he was walking in the temple, there come to him the chief priests, and the scribes, and the elders,
28तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसंग कुन चाहिं त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन्।”
28And say unto him, By what authority doest thou these things? and who gave thee this authority to do these things?
29येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ।
29And Jesus answered and said unto them, I will also ask of you one question, and answer me, and I will tell you by what authority I do these things.
30यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?
30The baptism of John, was it from heaven, or of men? answer me.
31ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो, येशूले भन्नु हुनेछ, त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’
31And they reasoned with themselves, saying, If we shall say, From heaven; he will say, Why then did ye not believe him?
32तर यदि हामीले भन्यौ, यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो, मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसंग भयभीत थिए। सबैलाई यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो)।
32But if we shall say, Of men; they feared the people: for all men counted John, that he was a prophet indeed.
33तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।” तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”
33And they answered and said unto Jesus, We cannot tell. And Jesus answering saith unto them, Neither do I tell you by what authority I do these things.