1जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।
1And Jesus went out, and departed from the temple: and his disciples came to him for to shew him the buildings of the temple.
2येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँचो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
2And Jesus said unto them, See ye not all these things? verily I say unto you, There shall not be left here one stone upon another, that shall not be thrown down.
3त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घटना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
3And as he sat upon the mount of Olives, the disciples came unto him privately, saying, Tell us, when shall these things be? and what shall be the sign of thy coming, and of the end of the world?
4येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्।
4And Jesus answered and said unto them, Take heed that no man deceive you.
5धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्।
5For many shall come in my name, saying, I am Christ; and shall deceive many.
6तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घटनाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन।
6And ye shall hear of wars and rumours of wars: see that ye be not troubled: for all these things must come to pass, but the end is not yet.
7किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।
7For nation shall rise against nation, and kingdom against kingdom: and there shall be famines, and pestilences, and earthquakes, in divers places.
8यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।
8All these are the beginning of sorrows.
9त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
9Then shall they deliver you up to be afflicted, and shall kill you: and ye shall be hated of all nations for my name's sake.
10त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।
10And then shall many be offended, and shall betray one another, and shall hate one another.
11अनेकौं झूटा अगमवक्ताहरू घृणा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई झुटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्।
11And many false prophets shall rise, and shall deceive many.
12संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्।
12And because iniquity shall abound, the love of many shall wax cold.
13तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ।
13But he that shall endure unto the end, the same shall be saved.
14संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
14And this gospel of the kingdom shall be preached in all the world for a witness unto all nations; and then shall the end come.
15“दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएर देख्नेछौ।” यी कुरा पढने मानिसले यसको अर्थ बुझ्नुपर्छ।
15When ye therefore shall see the abomination of desolation, spoken of by Daniel the prophet, stand in the holy place, (whoso readeth, let him understand:)
16“त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।
16Then let them which be in Judaea flee into the mountains:
17मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन।
17Let him which is on the housetop not come down to take any thing out of his house:
18यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
18Neither let him which is in the field return back to take his clothes.
19त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दुध चुसाउने आमाहरूका निम्ति खुबै दुखपूर्ण हुनेछ।
19And woe unto them that are with child, and to them that give suck in those days!
20विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर।
20But pray ye that your flight be not in the winter, neither on the sabbath day:
21किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।
21For then shall be great tribulation, such as was not since the beginning of the world to this time, no, nor ever shall be.
22परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
22And except those days should be shortened, there should no flesh be saved: but for the elect's sake those days shall be shortened.
23त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।
23Then if any man shall say unto you, Lo, here is Christ, or there; believe it not.
24झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।
24For there shall arise false Christs, and false prophets, and shall shew great signs and wonders; insomuch that, if it were possible, they shall deceive the very elect.
25हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।
25Behold, I have told you before.
26“कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर।
26Wherefore if they shall say unto you, Behold, he is in the desert; go not forth: behold, he is in the secret chambers; believe it not.
27जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
27For as the lightning cometh out of the east, and shineth even unto the west; so shall also the coming of the Son of man be.
28गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगंमन त्यस्तै प्रत्यक्ष हुनेछ।
28For wheresoever the carcase is, there will the eagles be gathered together.
29“ती दिनका संकटहरूपछि तुरन्तै। ‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’ यशैया 13:10; 34:4
29Immediately after the tribulation of those days shall the sun be darkened, and the moon shall not give her light, and the stars shall fall from heaven, and the powers of the heavens shall be shaken:
30“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।
30And then shall appear the sign of the Son of man in heaven: and then shall all the tribes of the earth mourn, and they shall see the Son of man coming in the clouds of heaven with power and great glory.
31चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।
31And he shall send his angels with a great sound of a trumpet, and they shall gather together his elect from the four winds, from one end of heaven to the other.
32“नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ।
32Now learn a parable of the fig tree; When his branch is yet tender, and putteth forth leaves, ye know that summer is nigh:
33तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ।
33So likewise ye, when ye shall see all these things, know that it is near, even at the doors.
34म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।
34Verily I say unto you, This generation shall not pass, till all these things be fulfilled.
35आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्। : 32-37; लूका 17:26-30, 34-36)
35Heaven and earth shall pass away, but my words shall not pass away.
36“त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफै र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।
36But of that day and hour knoweth no man, no, not the angels of heaven, but my Father only.
37मानिसको पुत्र आउदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।
37But as the days of Noe were, so shall also the coming of the Son of man be.
38त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचडुञ्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए।
38For as in the days that were before the flood they were eating and drinking, marrying and giving in marriage, until the day that Noe entered into the ark,
39मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।
39And knew not until the flood came, and took them all away; so shall also the coming of the Son of man be.
40दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।
40Then shall two be in the field; the one shall be taken, and the other left.
41दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।
41Two women shall be grinding at the mill; the one shall be taken, and the other left.
42“यसकारण सधै तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन।
42Watch therefore: for ye know not what hour your Lord doth come.
43याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो।
43But know this, that if the goodman of the house had known in what watch the thief would come, he would have watched, and would not have suffered his house to be broken up.
44यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।
44Therefore be ye also ready: for in such an hour as ye think not the Son of man cometh.
45“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
45Who then is a faithful and wise servant, whom his lord hath made ruler over his household, to give them meat in due season?
46जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्दछ, भने त्यो नोकर धन्य को हो।
46Blessed is that servant, whom his lord when he cometh shall find so doing.
47म तिमीहरूलाई साँचो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।
47Verily I say unto you, That he shall make him ruler over all his goods.
48तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ?
48But and if that evil servant shall say in his heart, My lord delayeth his coming;
49त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ।
49And shall begin to smite his fellowservants, and to eat and drink with the drunken;
50अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ।
50The lord of that servant shall come in a day when he looketh not for him, and in an hour that he is not aware of,
51त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।
51And shall cut him asunder, and appoint him his portion with the hypocrites: there shall be weeping and gnashing of teeth.