Nepali

King James Version

Matthew

8

1येशू डाँडाबाट ओर्ह्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए।
1When he was come down from the mountain, great multitudes followed him.
2त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
2And, behold, there came a leper and worshipped him, saying, Lord, if thou wilt, thou canst make me clean.
3येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।’ अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।
3And Jesus put forth his hand, and touched him, saying, I will; be thou clean. And immediately his leprosy was cleansed.
4तब येशूले त्यस मानिसलाई भन्नभयो, ‘हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।’
4And Jesus saith unto him, See thou tell no man; but go thy way, shew thyself to the priest, and offer the gift that Moses commanded, for a testimony unto them.
5येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।
5And when Jesus was entered into Capernaum, there came unto him a centurion, beseeching him,
6अधिकारीले भने, ‘हे प्रभु! मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।’
6And saying, Lord, my servant lieth at home sick of the palsy, grievously tormented.
7येशूले ती अधिकारीलाई भन्नुभयो, ‘म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।’
7And Jesus saith unto him, I will come and heal him.
8अधिकारीले जवाफ दिए, ‘हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्।
8The centurion answered and said, Lord, I am not worthy that thou shouldest come under my roof: but speak the word only, and my servant shall be healed.
9म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसंग पनि यस्तो शक्ति छ।’
9For I am a man under authority, having soldiers under me: and I say to this man, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth it.
10जब येशुले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ।
10When Jesus heard it, he marvelled, and said to them that followed, Verily I say unto you, I have not found so great faith, no, not in Israel.
11धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको साज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्।
11And I say unto you, That many shall come from the east and west, and shall sit down with Abraham, and Isaac, and Jacob, in the kingdom of heaven.
12तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”
12But the children of the kingdom shall be cast out into outer darkness: there shall be weeping and gnashing of teeth.
13तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, ‘तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।’ अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
13And Jesus said unto the centurion, Go thy way; and as thou hast believed, so be it done unto thee. And his servant was healed in the selfsame hour.
14येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।
14And when Jesus was come into Peter's house, he saw his wife's mother laid, and sick of a fever.
15तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
15And he touched her hand, and the fever left her: and she arose, and ministered unto them.
16त्यसै साँझ मानिसहरूले भुत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।
16When the even was come, they brought unto him many that were possessed with devils: and he cast out the spirits with his word, and healed all that were sick:
17यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो ‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो” यशैया 53:4
17That it might be fulfilled which was spoken by Esaias the prophet, saying, Himself took our infirmities, and bare our sicknesses.
18येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।
18Now when Jesus saw great multitudes about him, he gave commandment to depart unto the other side.
19त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, ‘हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।’
19And a certain scribe came, and said unto him, Master, I will follow thee whithersoever thou goest.
20येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’
20And Jesus saith unto him, The foxes have holes, and the birds of the air have nests; but the Son of man hath not where to lay his head.
21अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, ‘हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।’
21And another of his disciples said unto him, Lord, suffer me first to go and bury my father.
22तर येशूले ती मानिसलाई भन्नुभयो, ‘मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफै गाडुन्।’
22But Jesus said unto him, Follow me; and let the dead bury their dead.
23येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।
23And when he was entered into a ship, his disciples followed him.
24जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।
24And, behold, there arose a great tempest in the sea, insomuch that the ship was covered with the waves: but he was asleep.
25चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, ‘हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौ।”
25And his disciples came to him, and awoke him, saying, Lord, save us: we perish.
26येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?’ तब येशू उठनुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
26And he saith unto them, Why are ye fearful, O ye of little faith? Then he arose, and rebuked the winds and the sea; and there was a great calm.
27सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।’
27But the men marvelled, saying, What manner of man is this, that even the winds and the sea obey him!
28गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भुत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिंडने आँट गर्दैनथे।
28And when he was come to the other side into the country of the Gergesenes, there met him two possessed with devils, coming out of the tombs, exceeding fierce, so that no man might pass by that way.
29ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, ‘परमेश्वरको पुत्र तपाईं हामीबाट के चहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?’
29And, behold, they cried out, saying, What have we to do with thee, Jesus, thou Son of God? art thou come hither to torment us before the time?
30छेउको क्षेत्रमा सूँगुरहरूको बथान चरिरहेको थियो।
30And there was a good way off from them an herd of many swine feeding.
31भूतहरूले येशूलाई बिन्ती गर्न लागे, ‘यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सूंगुरहरूको बथानमा पस्न दिनुहोस्।’
31So the devils besought him, saying, If thou cast us out, suffer us to go away into the herd of swine.
32येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सूँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओह्रलिए। ती सबै झीलमा डुबे।
32And he said unto them, Go. And when they were come out, they went into the herd of swine: and, behold, the whole herd of swine ran violently down a steep place into the sea, and perished in the waters.
33ती सूँगुरका चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सूँगुरहरू र भुतहरूले सताएको विषयमा सुनाउन थाले।
33And they that kept them fled, and went their ways into the city, and told every thing, and what was befallen to the possessed of the devils.
34[This verse may not be a part of this translation]
34And, behold, the whole city came out to meet Jesus: and when they saw him, they besought him that he would depart out of their coasts.