Nepali

King James Version

Micah

4

1अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
1But in the last days it shall come to pass, that the mountain of the house of the LORD shall be established in the top of the mountains, and it shall be exalted above the hills; and people shall flow unto it.
2धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
2And many nations shall come, and say, Come, and let us go up to the mountain of the LORD, and to the house of the God of Jacob; and he will teach us of his ways, and we will walk in his paths: for the law shall go forth of Zion, and the word of the LORD from Jerusalem.
3उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।
3And he shall judge among many people, and rebuke strong nations afar off; and they shall beat their swords into plowshares, and their spears into pruninghooks: nation shall not lift up a sword against nation, neither shall they learn war any more.
4तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।
4But they shall sit every man under his vine and under his fig tree; and none shall make them afraid: for the mouth of the LORD of hosts hath spoken it.
5सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।
5For all people will walk every one in the name of his god, and we will walk in the name of the LORD our God for ever and ever.
6परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।
6In that day, saith the LORD, will I assemble her that halteth, and I will gather her that is driven out, and her that I have afflicted;
7‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।
7And I will make her that halted a remnant, and her that was cast far off a strong nation: and the LORD shall reign over them in mount Zion from henceforth, even for ever.
8अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।” किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?
8And thou, O tower of the flock, the strong hold of the daughter of Zion, unto thee shall it come, even the first dominion; the kingdom shall come to the daughter of Jerusalem.
9अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
9Now why dost thou cry out aloud? is there no king in thee? is thy counsellor perished? for pangs have taken thee as a woman in travail.
10हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।
10Be in pain, and labour to bring forth, O daughter of Zion, like a woman in travail: for now shalt thou go forth out of the city, and thou shalt dwell in the field, and thou shalt go even to Babylon; there shalt thou be delivered; there the LORD shall redeem thee from the hand of thine enemies.
11अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
11Now also many nations are gathered against thee, that say, Let her be defiled, and let our eye look upon Zion.
12तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं तिनीहरुलाई जम्मा गर्नु भएकोछ।
12But they know not the thoughts of the LORD, neither understand they his counsel: for he shall gather them as the sheaves into the floor.
13“हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”
13Arise and thresh, O daughter of Zion: for I will make thine horn iron, and I will make thy hoofs brass: and thou shalt beat in pieces many people: and I will consecrate their gain unto the LORD, and their substance unto the Lord of the whole earth.