1परमप्रभुले मोशालाई भन्नुभयो,
1And the LORD spake unto Moses, saying,
2“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
2Command the children of Israel, and say unto them, My offering, and my bread for my sacrifices made by fire, for a sweet savor unto me, shall ye observe to offer unto me in their due season.
3अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।
3And thou shalt say unto them, This is the offering made by fire which ye shall offer unto the LORD; two lambs of the first year without spot day by day, for a continual burnt offering.
4एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।
4The one lamb shalt thou offer in the morning, and the other lamb shalt thou offer at even;
5अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
5And a tenth part of an ephah of flour for a meat offering, mingled with the fourth part of an hin of beaten oil.
6परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।
6It is a continual burnt offering, which was ordained in mount Sinai for a sweet savor, a sacrifice made by fire unto the LORD.
7एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।
7And the drink offering thereof shall be the fourth part of an hin for the one lamb: in the holy place shalt thou cause the strong wine to be poured unto the LORD for a drink offering.
8त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”
8And the other lamb shalt thou offer at even: as the meat offering of the morning, and as the drink offering thereof, thou shalt offer it, a sacrifice made by fire, of a sweet savor unto the LORD.
9“विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।
9And on the sabbath day two lambs of the first year without spot, and two tenth deals of flour for a meat offering, mingled with oil, and the drink offering thereof:
10नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।” मासिक बैठक
10This is the burnt offering of every sabbath, beside the continual burnt offering, and his drink offering.
11“प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
11And in the beginnings of your months ye shall offer a burnt offering unto the LORD; two young bullocks, and one ram, seven lambs of the first year without spot;
12प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र
12And three tenth deals of flour for a meat offering, mingled with oil, for one bullock; and two tenth deals of flour for a meat offering, mingled with oil, for one ram;
13प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।
13And a several tenth deal of flour mingled with oil for a meat offering unto one lamb; for a burnt offering of a sweet savor, a sacrifice made by fire unto the LORD.
14प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।
14And their drink offerings shall be half an hin of wine unto a bullock, and the third part of an hin unto a ram, and a fourth part of an hin unto a lamb: this is the burnt offering of every month throughout the months of the year.
15होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
15And one kid of the goats for a sin offering unto the LORD shall be offered, beside the continual burnt offering, and his drink offering.
16“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
16And in the fourteenth day of the first month is the passover of the LORD.
17त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।
17And in the fifteenth day of this month is the feast: seven days shall unleavened bread be eaten.
18यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
18In the first day shall be an holy convocation; ye shall do no manner of servile work therein:
19त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।
19But ye shall offer a sacrifice made by fire for a burnt offering unto the LORD; two young bullocks, and one ram, and seven lambs of the first year: they shall be unto you without blemish:
20तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
20And their meat offering shall be of flour mingled with oil: three tenth deals shall ye offer for a bullock, and two tenth deals for a ram;
21र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।
21A several tenth deal shalt thou offer for every lamb, throughout the seven lambs:
22तिनीहरूलाई प्रायश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ।
22And one goat for a sin offering, to make an atonement for you.
23तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
23Ye shall offer these beside the burnt offering in the morning, which is for a continual burnt offering.
24“यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।
24After this manner ye shall offer daily, throughout the seven days, the meat of the sacrifice made by fire, of a sweet savor unto the LORD: it shall be offered beside the continual burnt offering, and his drink offering.
25“सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।
25And on the seventh day ye shall have an holy convocation; ye shall do no servile work.
26“अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।
26Also in the day of the firstfruits, when ye bring a new meat offering unto the LORD, after your weeks be out, ye shall have an holy convocation; ye shall do no servile work:
27तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।
27But ye shall offer the burnt offering for a sweet savor unto the LORD; two young bullocks, one ram, seven lambs of the first year;
28प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
28And their meat offering of flour mingled with oil, three tenth deals unto one bullock, two tenth deals unto one ram,
29अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।
29A several tenth deal unto one lamb, throughout the seven lambs;
30तिमीहरूको प्रायश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु।
30And one kid of the goats, to make an atonement for you.
31तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
31Ye shall offer them beside the continual burnt offering, and his meat offering, (they shall be unto you without blemish) and their drink offerings.