Nepali

King James Version

Proverbs

16

1मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
1The preparations of the heart in man, and the answer of the tongue, is from the LORD.
2मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
2All the ways of a man are clean in his own eyes; but the LORD weigheth the spirits.
3तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
3Commit thy works unto the LORD, and thy thoughts shall be established.
4परमप्रभुको प्रत्येक वस्तुको लागि आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो, दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
4The LORD hath made all things for himself: yea, even the wicked for the day of evil.
5जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
5Every one that is proud in heart is an abomination to the LORD: though hand join in hand, he shall not be unpunished.
6राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
6By mercy and truth iniquity is purged: and by the fear of the LORD men depart from evil.
7परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
7When a man's ways please the LORD, he maketh even his enemies to be at peace with him.
8बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
8Better is a little with righteousness than great revenues without right.
9हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।
9A man's heart deviseth his way: but the LORD directeth his steps.
10राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।
10A divine sentence is in the lips of the king: his mouth transgresseth not in judgment.
11सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।
11A just weight and balance are the LORD's: all the weights of the bag are his work.
12राजाले दुष्ट्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।
12It is an abomination to kings to commit wickedness: for the throne is established by righteousness.
13साँचो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।
13Righteous lips are the delight of kings; and they love him that speaketh right.
14जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
14The wrath of a king is as messengers of death: but a wise man will pacify it.
15राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
15In the light of the king's countenance is life; and his favour is as a cloud of the latter rain.
16ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।
16How much better is it to get wisdom than gold! and to get understanding rather to be chosen than silver!
17धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।
17The highway of the upright is to depart from evil: he that keepeth his way preserveth his soul.
18सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
18Pride goeth before destruction, and an haughty spirit before a fall.
19अहंकारी मानिससित लूटको धन बाँडनु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।
19Better it is to be of an humble spirit with the lowly, than to divide the spoil with the proud.
20मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
20He that handleth a matter wisely shall find good: and whoso trusteth in the LORD, happy is he.
21ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउछ।
21The wise in heart shall be called prudent: and the sweetness of the lips increaseth learning.
22तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।
22Understanding is a wellspring of life unto him that hath it: but the instruction of fools is folly.
23बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।
23The heart of the wise teacheth his mouth, and addeth learning to his lips.
24आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
24Pleasant words are as an honeycomb, sweet to the soul, and health to the bones.
25कहिले कही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
25There is a way that seemeth right unto a man, but the end thereof are the ways of death.
26परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
26He that laboureth laboureth for himself; for his mouth craveth it of him.
27एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।
27An ungodly man diggeth up evil: and in his lips there is as a burning fire.
28एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।
28A froward man soweth strife: and a whisperer separateth chief friends.
29एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।
29A violent man enticeth his neighbour, and leadeth him into the way that is not good.
30जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
30He shutteth his eyes to devise froward things: moving his lips he bringeth evil to pass.
31फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
31The hoary head is a crown of glory, if it be found in the way of righteousness.
32मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
32He that is slow to anger is better than the mighty; and he that ruleth his spirit than he that taketh a city.
33चिट्ठा, मानिसहरू द्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
33The lot is cast into the lap; but the whole disposing thereof is of the LORD.