Nepali

King James Version

Proverbs

22

1धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।
1A GOOD name is rather to be chosen than great riches, and loving favour rather than silver and gold.
2सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।
2The rich and poor meet together: the LORD is the maker of them all.
3एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।
3A prudent man foreseeth the evil, and hideth himself: but the simple pass on, and are punished.
4नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।
4By humility and the fear of the LORD are riches, and honour, and life.
5दुष्ट मानिस नाना थरीका फंदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।
5Thorns and snares are in the way of the froward: he that doth keep his soul shall be far from them.
6नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ।
6Train up a child in the way he should go: and when he is old, he will not depart from it.
7धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
7The rich ruleth over the poor, and the borrower is servant to the lender.
8अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।
8He that soweth iniquity shall reap vanity: and the rod of his anger shall fail.
9एकजना उदार योग्य मानिसले आशिषू पाउँछ। उसले आशिषू पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।
9He that hath a bountiful eye shall be blessed; for he giveth of his bread to the poor.
10यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।
10Cast out the scorner, and contention shall go out; yea, strife and reproach shall cease.
11एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।
11He that loveth pureness of heart, for the grace of his lips the king shall be his friend.
12परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।
12The eyes of the LORD preserve knowledge, and he overthroweth the words of the transgressor.
13अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”
13The slothful man saith, There is a lion without, I shall be slain in the streets.
14व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।
14The mouth of strange women is a deep pit: he that is abhorred of the LORD shall fall therein.
15नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।
15Foolishness is bound in the heart of a child; but the rod of correction shall drive it far from him.
16आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।
16He that oppresseth the poor to increase his riches, and he that giveth to the rich, shall surely come to want.
17राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।
17Bow down thine ear, and hear the words of the wise, and apply thine heart unto my knowledge.
18यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।
18For it is a pleasant thing if thou keep them within thee; they shall withal be fitted in thy lips.
19अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।
19That thy trust may be in the LORD, I have made known to thee this day, even to thee.
20तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।
20Have not I written to thee excellent things in counsels and knowledge,
21यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ। -1-
21That I might make thee know the certainty of the words of truth; that thou mightest answer the words of truth to them that send unto thee?
22गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर
22Rob not the poor, because he is poor: neither oppress the afflicted in the gate:
23परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्। -2-
23For the LORD will plead their cause, and spoil the soul of those that spoiled them.
24झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।
24Make no friendship with an angry man; and with a furious man thou shalt not go:
25नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ। -3-
25Lest thou learn his ways, and get a snare to thy soul.
26कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।
26Be not thou one of them that strike hands, or of them that are sureties for debts.
27तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढने ओछ्याउने सम्म गुमाउनु पर्नेछ। -4-
27If thou hast nothing to pay, why should he take away thy bed from under thee?
28तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ। -5-
28Remove not the ancient landmark, which thy fathers have set.
29यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन। -6-
29Seest thou a man diligent in his business? he shall stand before kings; he shall not stand before mean men.