Nepali

King James Version

Psalms

108

1हे परमेश्वर, म आत्मा र हृदय सहित स्तुति-गीतहरू गाऊन र बजाउनलाई तयार छु।
1O god, my heart is fixed; I will sing and give praise, even with my glory.
2साङ्गीतहरू एवं वीणाहरूले सूर्यलाई जगाँऊ!
2Awake, psaltery and harp: I myself will awake early.
3हे परमेश्वर, हामी तपाईंलाई जातिहरू माझ गुण-गान गर्नेछौ।
3I will praise thee, O LORD, among the people: and I will sing praises unto thee among the nations.
4परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ। तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
4For thy mercy is great above the heavens: and thy truth reacheth unto the clouds.
5हे परमेश्वर, आकाशभन्दा पनि माथि उठनुहोस्! सारा संसारले तपाईंको महिमालाई देखोस्।
5Be thou exalted, O God, above the heavens: and thy glory above all the earth;
6हे परमेश्वर, आफ्ना मित्रहरू बचाउनलाई त्यसो गर्नुहोस्। मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस अनि तपाईंको महान् शक्ति बचाउनलाई प्रयोग गर्नुहोस्।
6That thy beloved may be delivered: save with thy right hand, and answer me.
7परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः “म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु! म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु। शेकेम तिनीहरूलाई दिनेछु। म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु।
7God hath spoken in his holiness; I will rejoice, I will divide Shechem, and mete out the valley of Succoth.
8गिलाद र मनस्से मेरो हुनेछ। एप्रैम मेरो शिरकवज हुनेछ, यहूदा मेरो राजदण्ड हुनेछ।
8Gilead is mine; Manasseh is mine; Ephraim also is the strength of mine head; Judah is my lawgiver;
9मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ, एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ, म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”
9Moab is my washpot; over Edom will I cast out my shoe; over Philistia will I triumph.
10कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो? कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
10Who will bring me into the strong city? who will lead me into Edom?
11हे परमेश्वर, यी सबै कुराहरू सार्थक पार्न तपाईंले मात्र मलाई सहायता गर्न सक्नु हुन्छ। तर तपाईंले हामीलाई त्यागेर जानु भयो! तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
11Wilt not thou, O God, who hast cast us off? and wilt not thou, O God, go forth with our hosts?
12हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्। मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
12Give us help from trouble: for vain is the help of man.
13परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।
13Through God we shall do valiantly: for he it is that shall tread down our enemies.