Nepali

King James Version

Psalms

13

1हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?
1How long wilt thou forget me, O LORD? for ever? how long wilt thou hide thy face from me?
2कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
2How long shall I take counsel in my soul, having sorrow in my heart daily? how long shall mine enemy be exalted over me?
3हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
3Consider and hear me, O LORD my God: lighten mine eyes, lest I sleep the sleep of death;
4यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।
4Lest mine enemy say, I have prevailed against him; and those that trouble me rejoice when I am moved.
5हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
5But I have trusted in thy mercy; my heart shall rejoice in thy salvation.
6म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।
6I will sing unto the LORD, because he hath dealt bountifully with me.