Nepali

King James Version

Psalms

145

1म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
1I will extol thee, my God, O king; and I will bless thy name for ever and ever.
2म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
2Every day will I bless thee; and I will praise thy name for ever and ever.
3परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
3Great is the LORD, and greatly to be praised; and his greatness is unsearchable.
4परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
4One generation shall praise thy works to another, and shall declare thy mighty acts.
5तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
5I will speak of the glorious honour of thy majesty, and of thy wondrous works.
6हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
6And men shall speak of the might of thy terrible acts: and I will declare thy greatness.
7मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
7They shall abundantly utter the memory of thy great goodness, and shall sing of thy righteousness.
8परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
8The LORD is gracious, and full of compassion; slow to anger, and of great mercy.
9परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
9The LORD is good to all: and his tender mercies are over all his works.
10परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
10All thy works shall praise thee, O LORD; and thy saints shall bless thee.
11तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
11They shall speak of the glory of thy kingdom, and talk of thy power;
12परमप्रभु। यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्दछन्।
12To make known to the sons of men his mighty acts, and the glorious majesty of his kingdom.
13परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
13Thy kingdom is an everlasting kingdom, and thy dominion endureth throughout all generations.
14पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो संकटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
14The LORD upholdeth all that fall, and raiseth up all those that be bowed down.
15परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
15The eyes of all wait upon thee; and thou givest them their meat in due season.
16परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
16Thou openest thine hand, and satisfiest the desire of every living thing.
17प्रत्येक कुरा परमप्रभुले गर्नुभएको धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ भन्ने दर्शन्छ।
17The LORD is righteous in all his ways, and holy in all his works.
18जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
18The LORD is nigh unto all them that call upon him, to all that call upon him in truth.
19परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ, ध्यान दिनुहुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
19He will fulfil the desire of them that fear him: he also will hear their cry, and will save them.
20जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
20The LORD preserveth all them that love him: but all the wicked will he destroy.
21म परमप्रभुको प्रशंसा गर्नेछु! म प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु!
21My mouth shall speak the praise of the LORD: and let all flesh bless his holy name for ever and ever.