1परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
1Praise ye the LORD: for it is good to sing praises unto our God; for it is pleasant; and praise is comely.
2परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।
2The LORD doth build up Jerusalem: he gathereth together the outcasts of Israel.
3परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
3He healeth the broken in heart, and bindeth up their wounds.
4परमेश्वरले ताराहरू गन्नुहुन्छ र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
4He telleth the number of the stars; he calleth them all by their names.
5हाम्रो स्वामी महान् हुनुहुन्छ। उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ।
5Great is our Lord, and of great power: his understanding is infinite.
6परमप्रभु विनम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
6The LORD lifteth up the meek: he casteth the wicked down to the ground.
7परमप्रभुलाई धन्यवाद छ। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
7Sing unto the LORD with thanksgiving; sing praise upon the harp unto our God:
8परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
8Who covereth the heaven with clouds, who prepareth rain for the earth, who maketh grass to grow upon the mountains.
9परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
9He giveth to the beast his food, and to the young ravens which cry.
10युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन।
10He delighteth not in the strength of the horse: he taketh not pleasure in the legs of a man.
11परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।
11The LORD taketh pleasure in them that fear him, in those that hope in his mercy.
12हे यरूशलेम! परमप्रभुको प्रशंसा गर! हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
12Praise the LORD, O Jerusalem; praise thy God, O Zion.
13यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
13For he hath strengthened the bars of thy gates; he hath blessed thy children within thee.
14परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो। यसैले शत्रुहरूले तिमीहरुका अन्नहरू युद्धमा लगेनन्। अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
14He maketh peace in thy borders, and filleth thee with the finest of the wheat.
15परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो, यसले तुरन्तै पालन गर्यो।
15He sendeth forth his commandment upon earth: his word runneth very swiftly.
16जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिमबर्षा गराउनु हुन्छ। परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनुहुन्छ।
16He giveth snow like wool: he scattereth the hoarfrost like ashes.
17परमेश्वरले आकाशबाट चट्टानहरू बर्षाउनुलाई असिना बनाउनु भयो। उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
17He casteth forth his ice like morsels: who can stand before his cold?
18त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
18He sendeth out his word, and melteth them: he causeth his wind to blow, and the waters flow.
19परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएल लाई दिनुभयो।
19He sheweth his word unto Jacob, his statutes and his judgments unto Israel.
20परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन। परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन। परमप्रभुको प्रशंसा गर!
20He hath not dealt so with any nation: and as for his judgments, they have not known them. Praise ye the LORD.