Nepali

King James Version

Psalms

15

1हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ? तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
1Lord, who shall abide in thy tabernacle? who shall dwell in thy holy hill?
2केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
2He that walketh uprightly, and worketh righteousness, and speaketh the truth in his heart.
3यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
3He that backbiteth not with his tongue, nor doeth evil to his neighbour, nor taketh up a reproach against his neighbour.
4त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ जसले परमेश्वरलाई घृणा गर्छ। तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ। यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
4In whose eyes a vile person is contemned; but he honoureth them that fear the LORD. He that sweareth to his own hurt, and changeth not.
5उसले कसैलाई ऋण दिन्छ तर ब्याज लिंदैन। अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने ऊ सदा परमेश्वरको नजिक हुनेछ।
5He that putteth not out his money to usury, nor taketh reward against the innocent. He that doeth these things shall never be moved.