Nepali

King James Version

Psalms

20

1सङ्कष्टहरू परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्। याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
1The LORD hear thee in the day of trouble; the name of the God of Jacob defend thee;
2उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत दिऊन्।
2Send thee help from the sanctuary, and strengthen thee out of Zion;
3तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
3Remember all thy offerings, and accept thy burnt sacrifice; Selah.
4तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही दिऊन्। उहाँले तिम्रा सबै योजनाहरू सफल पारी दिऊन्।
4Grant thee according to thine own heart, and fulfil all thy counsel.
5जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं। परमेश्वरको नाउँको स्तुति गरौं। तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!
5We will rejoice in thy salvation, and in the name of our God we will set up our banners: the LORD fulfil all thy petitions.
6अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
6Now know I that the LORD saveth his anointed; he will hear him from his holy heaven with the saving strength of his right hand.
7कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
7Some trust in chariots, and some in horses: but we will remember the name of the LORD our God.
8ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए। तर हामीले जित्यौं! हामी विजेता हौं।
8They are brought down and fallen: but we are risen, and stand upright.
9परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ! परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!
9Save, LORD: let the king hear us when we call.