Nepali

King James Version

Psalms

32

1त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
1Blessed is he whose transgression is forgiven, whose sin is covered.
2त्यो मानिस खुशी हुन्छ जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
2Blessed is the man unto whom the LORD imputeth not iniquity, and in whose spirit there is no guile.
3परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
3When I kept silence, my bones waxed old through my roaring all the day long.
4परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुक्खा जमीन जस्तो भएँ।
4For day and night thy hand was heavy upon me: my moisture is turned into the drought of summer. Selah.
5तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें। मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइँन। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
5I acknowledge my sin unto thee, and mine iniquity have I not hid. I said, I will confess my transgressions unto the LORD; and thou forgavest the iniquity of my sin. Selah.
6यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
6For this shall every one that is godly pray unto thee in a time when thou mayest be found: surely in the floods of great waters they shall not come nigh unto him.
7हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई संकटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
7Thou art my hiding place; thou shalt preserve me from trouble; thou shalt compass me about with songs of deliverance. Selah.
8परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
8I will instruct thee and teach thee in the way which thou shalt go: I will guide thee with mine eye.
9यसैले घोडा अथवा गधा जस्तो मूर्ख होऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
9Be ye not as the horse, or as the mule, which have no understanding: whose mouth must be held in with bit and bridle, lest they come near unto thee.
10दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्। तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ जसले परमप्रभुमाथि भरोसा गर्छन्।
10Many sorrows shall be to the wicked: but he that trusteth in the LORD, mercy shall compass him about.
11हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
11Be glad in the LORD, and rejoice, ye righteous: and shout for joy, all ye that are upright in heart.